के तपाईंलाईं बढी नै रिस उठ्छ? नियन्त्रणका लागि खानुस् यी खानेकुरा..
हामीले जस्तो खाना खान्छौँ, हामी त्यस्तै हुन्छौँ भन्ने अङ्ग्रेजी भनाई छ । यसले हामीले खाएको खानाले हामीलाई प्रत्यक्ष असर गर्छ भन्ने भाव बोक्छ । हाम्रा पुर्खादेखि हालका विशेषज्ञहरु पनि स्वास्थ्य रहन स्वास्थ्य खाना जरुरी छ भन्दै आइरहेका छन् । त्यस्तै, अध्यनहरुले खानाको सम्बन्ध मस्तिष्कसँग जोडिएको हुन्छ भन्ने पुष्टि गरेको छ । आज हामी रिस नियन्त्रण गर्न ठोस सहयोग पुर्याउने केही खानेकुराको चर्चा गर्नेछौँ ।
१. नरिवल
नरिवलको अतिरिक्त म्याग्नेसियमले निद्रा बढाउँछ र दिमागलाई शान्त बनाउँछ । यसले ग्लुकोजको मात्रा पनि कम गरी तनावलाई कम गर्छ । जसकारण दिमाग शान्त हुन्छ ।
२. सुन्तला
सुन्तलामा भिटामिन सी, फाइबर र क्यारोटिनोइड्स जस्ता केही एन्टिअक्सिडेन्ट हुन्छन् । जसले डोपामाइनलाई बढाउँछ र मुड स्विङलाई नियन्त्रण गर्छ । यसले शरीरमा पानीको मात्रा पनि बढाउँछ र यसको स्वादले रिस कम गर्न मद्दत गर्छ ।
३. हरियो सागसब्जी
हरियो सागसब्जीमा भएको एन्टिअक्सिडेन्टले मुडलाई शान्त बनाउँछ । त्यस्तै, यसमा पाइने पोषक तत्वले चिन्ता कम गर्न र मांसपेशीलाई आराम दिन सहयोग पुर्याउँछ । रिस उठ्दा मटर, काँक्रा र हरियो सागपात खाँदा रिस कम हुन्छ ।
४.ओमेगा-३ पाइने खानेकुरा
ओमेगा-३ फ्याटी एसिडको मात्रा धेरै भए डिप्रेसनसँग लड्न मद्दत पुग्छ । जुन फ्ल्याक्ससिड, चिया सिड र ओखरमा पाइन्छ । त्यस्तै, बदाम, काजू र पास्ता जस्ता चीज पनि खान सकिन्छ । यसले शरीरमा ओमेगा–३ फ्याटी एसिड बढाउँछ र रिस नियन्त्रण गर्छ ।
५. भिटामिन ‘डी’युक्त खानेकुरा
भिटामिन ‘डी’ युक्त खानेकुरा, जस्तैः माछा, अण्डाको पहेंलो भाग र च्याउ खाँदा रिस नियन्त्रणमा मद्दत पुग्छ । डाक्टरको सल्लाह अनुसार सप्लिमेन्ट पनि लिन सकिन्छ ।
सम्बन्धित समाचार
मष्तिष्क सक्रिय र ब्यायाम गराउन पजल खेल सबैभन्दा बढी उत्तम
स्वास्थ्य बीमा बोर्डद्वारा २५ अर्ब ४८ करोडभन्दा बढी दाबी भुक्तानी
मुटुको धड्कन बन्द भएको ४० घण्टापछि चीनियाँ नागरिक जिबितै
युनाइटेड सिमेन्टद्वारा धुनीबेँसीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, १४३ जना लाभान्वित
स्वास्थ्य बीमामा नागरिकको पहुँच विस्तार गर्दै इसेवा र सहारा हेल्थ इन्सुरेन्स : रु.१,३९९ बाट सुरु हुने योजनामा रु.६ लाखसम्मको बीमा सुरक्षा
मनसुनसँगै डेङ्गीको त्रास : उच्च सतर्कता अपनाउन विशेष आग्रह
ट्रेन्डिङ
प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ
अरुवा खोलामा नुहाउने क्रममा डुबेर ९ वर्षीय बालकको ज्यान गयो
नवप्रवर्तन, अनुसन्धान र कृत्रिम बुद्धिमत्तामा लगानी बढाउनुपर्छ: एनसीसी अध्यक्ष अग्रवाल
२०८३ साउन १० गते आईतबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘ बेस्ट कमर्सियल बैंक,(नेपाल)’ सम्मान

