चितुवाको छालासहित दुई जना पक्राउ
काठमाडौं । कञ्चनपुरको कृष्णपुर नगरपालिकाबाट प्रहरीले चितुवाको छालासहित दुई जनालाई पक्राउ गरेको छ ।
कृष्णपुर नगरपालिका-३ देखतभुलीस्थित निरञ्जन मल्लको खेतमा लुकाइराखेको अवस्थामा बुधबार साँझ दुई वटा वयस्क चितुवाको छाला बरामद गरिएको हो । जिल्ला प्रहरी कार्यालयले बिहीबार पत्रकार सम्मेलन गरी बरामद गरिएको छाला र पक्राउ परेको दुवै जनालाई सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा डडेलधुराको अमरगढी नगरपालिका-३ काँडेकी ४० वर्षीय मालती मल्ल सेठ्ठी र अमरगढी नगरपालिका-२ जोसिनाका २९ वर्षीय मोहन सार्की रहेका छन् । बरामद गरिएको एउटा छालाको लम्बाइ ८ फिट ८ इन्च र चौडाइ ३ इन्च तथा अर्को छालाको लम्बाइ ७ फिट २ इन्च र चौडाइ २ फिट ८ इन्छ । दुईवटा छाला वयस्क चितुवाकै भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उक्त छाला सुदूरपश्चिमकै पहाडी क्षेत्रबाट आएको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी चक्रबहादुर शाहले भने, ‘हामीले तीन दिनदेखि यो छालाको फ्लो गरिरहेका थियौं । बोराभित्र बाँधेर खेतमा लुकाएको अवस्थामा बरामद भएको हो ।’
सम्बन्धित समाचार
बेकोले ल्यायो दसैँ विशेष उत्सव योजना – ‘यो दसैँ, हरेक पलमा खुसीको साथ’
नेपालमा पहिलो राष्ट्रिय अटिजम समिट सम्पन्न, अटिजम समावेशीकरण सम्बन्धी काठमाडौं घोषणापत्र २०२६ मा हस्ताक्षर
गोदरेज एप्लायन्सेसले ल्यायो उत्सव योजना ‘मनैदेखि वाउ !’
भव्य उद्घाटनसँगै काठमाडौंमा सुरु भयो यामाहा ब्लू फेस्ट
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट
नाडाबाट बाढी पीडितहरुका लागि राहत सामग्रीहरु वितरण
ट्रेन्डिङ
२०८३ असोज ५ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना


