सिटिजन्स बैंकले विस्तार गर्यो उपत्यकामा थप ३ शाखा
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले काठमाडौँ उपत्यकामा थप ३ वटा शाखा कार्यालय विस्तार गरेको छ ।
बैंकले शाखा विस्तार गर्ने क्रममा आफ्नो १७८औं, १७९औं तथा १८०औं शाखा भक्तपुरको सूर्यविनायक, काठमाण्डौंको धुम्बराही र ललितपुरको थसिखेल गरी थप ३ वटा शाखाहरु सञ्चालनमा ल्याएको हो । काठमाण्डौं उपत्यमा बैंकको शाखा सङ्ख्या ३५ र वाग्मती प्रदेशमा ४९ पुगेको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेले नयाँ शाखाहरुमा आयोजित आरम्भ समारोहमा सम्पूर्ण कर्मचारीलाई प्रुडेन्ट बैंकिङ्ग र सुशासनमा कुनै सम्झैता नगरी काम गर्न बताए । बैंकले यस शाखामार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवा प्रदान गरी साना तथा कर्पोरट व्यवसायीहरुमाझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखेको छ ।
त्यस्तै, बैंकले सुविधाजनक बचत खाता योजना, लकर सेवा, ए.टि.एम.सेवा, घर तथा सवारी कर्जा, मुद्दती निक्षेप योजना, साना व्यवसायी कर्जा, लगायतका वित्तीय सेवाहरु छिटो र छरितो ढंगमा ग्राहकमाझ लयाउने प्रतिबद्धता जनाएको छ । हाल बैंकले देशैभरी १८० शाखा, १३१ ए.टि.एम. र ९६ शाखा रहित बैंकिङ्ग ईकाईबाट सेवाहरु दिइरहेको छ ।
सम्बन्धित समाचार
ग्राहकको मागपछि जेको जे५ प्रो को विशेष अफर : अब रु. ४७ लाख ९९ हजारमै
टोयोटाको विजय उत्सव सुरु : दशैंसम्म आकर्षक अफर
कामना सेवा विकास बैंकले बोलायो साधारणसभा, १५ प्रतिशत नगद लाभांश प्रस्ताव
बडीमालिका क्षेत्रमा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा, टेलिफोन र इन्टरनेट सञ्चालन
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
आज देशभर मनसुनी वायुको प्रभाव कायमै,विभिन्न स्थानमा वर्षा हुने
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा

