बडीमालिका क्षेत्रमा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा, टेलिफोन र इन्टरनेट सञ्चालन
काठमाडौं। सुदूरपश्चिम प्रदेशको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य बडीमालिका क्षेत्रमा नेपाल टेलिकमले टुजी तथा फोरजी मोबाइल सेवा सञ्चालनमा ल्याएको छ। समुद्री सतहबाट करिब ४ हजार २ सय मिटरको उचाइमा रहेको बडीमालिका क्षेत्रमा आज सोमवारदेखि मोबाइल तथा इन्टरनेट सेवा औपचारिक रूपमा सञ्चालनमा आएको नेपाल टेलिकमले जनाएको छ।
अत्यन्तै विकट र भौगोलिक रूपमा चुनौतीपूर्ण क्षेत्रमा सेवा विस्तारका लागि नेपाल टेलिकमले प्राविधिक टोलीसहित नेपाली सेनाको हेलिकप्टरमार्फत उपकरण तथा जडान सामग्री ढुवानी गरी टावर निर्माण तथा जडानको काम अघि बढाएको थियो। उच्च हिमाली क्षेत्रमा चुनौतीपूर्ण परिस्थितिबीच प्राविधिक टोलीले निरन्तर काम गरेपछि सेवा सञ्चालनमा ल्याउन सफल भएको टेलिकमले जनाएको छ।
फोरजी सेवा सञ्चालनमा आएसँगै त्रिवेणी नगरपालिका–५ र ६, बडीमालिका नगरपालिका–५ र ६ तथा बाजुरा सदरमुकाम मार्तडीबाट बडीमालिका जाने पदमार्गमा पर्ने प्रसिद्ध त्रिवेणी पाटन लगायतका क्षेत्र दूरसञ्चार सेवाको पहुँचमा जोडिएका छन्। टावर निर्माण तथा सेवा सञ्चालनको प्राविधिक कार्यमा नेपाल टेलिकमका इन्जिनियर सुदर्शन आचार्य, प्राविधिक अधिकृत माधव बुढाथोकी र सिभिल इन्जिनियर दिपक भट्ट लगायतका प्राविधिक सहभागी थिए।
उच्च हिमाली क्षेत्रमा सञ्चार सेवा विस्तार भएसँगै स्थानीय बासिन्दाका साथै बडीमालिका दर्शनका लागि पुग्ने भक्तजन, तीर्थयात्री तथा पदयात्रीलाई सञ्चार सम्पर्कमा सहजता हुने टेलिकमले विश्वास लिएको छ। नेपाल टेलिकमका प्रवक्ता डा। कमल लामिछानेका अनुसार विकट तथा पर्यटकीय क्षेत्रमा दूरसञ्चार पहुँच विस्तार गर्ने क्रममा बडीमालिकामा सेवा सञ्चालन गरिएको हो।
सम्बन्धित समाचार
श्रमिकलाई चाडपर्व खर्च दिन विभागको निर्देशन,नदिए उजुरी गर्न आग्रह
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
एलजीको वाटर प्युरिफायर नेपाली बजारमा
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
नबिल बैंकको ४२औँ वार्षिक साधारणसभा सम्पन्न, पाँच प्रतिशत बोनस शेयरसहित १५.८० प्रतिशत लाभांश प्रस्ताव पारित
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
युनाइटेड डिलर्स समिट २०८३ थाइल्याण्डको पटायामा सम्पन्न
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
