ग्राहकको मागपछि जेको जे५ प्रो को विशेष अफर : अब रु. ४७ लाख ९९ हजारमै
काठमाडौं । ग्राहकहरूको उत्साहजनक प्रतिक्रिया र बढ्दो मागलाई ध्यानमा राख्दै नेपालमा जेको तथा ओमोडा सवारीसाधनको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स प्रा.लि.ले जेको जे५ प्रो का लागि विशेष ‘नाडा विशेष योजना’ सार्वजनिक गरेको छ। सीमित अवधिका लागि उपलब्ध यस योजनाअन्तर्गत प्रिमियम विद्युतीय एसयूभी जेको जे५ प्रो अब रु. ४७ लाख ९९ हजार मा खरिद गर्न सकिने कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार, नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा उपलब्ध गराइएको अफरलाई ग्राहकको बढ्दो मागका कारण थप विस्तार गरिएको हो। जेको जे५ प्रो मा १८५ एमएम ग्राउन्ड क्लियरेन्स, प्यानोरामिक मुनरुफ, १५५ किलोवाट क्षमताको विद्युतीय मोटर, १९ भन्दा बढी एडीएएस तथा सुरक्षा सुविधा र ५०.७ किलोवाट आवर क्षमताको ब्याट्री उपलब्ध रहेको कम्पनीले बताएको छ।
जेको जे५ ले अन्तर्राष्ट्रिय बजारमा समेत आफ्नो बलियो उपस्थिति स्थापित गरिसकेको कम्पनीको दाबी छ। थाइल्यान्ड र इन्डोनेसियामा सर्वाधिक बिक्री हुने विद्युतीय एसयूभीमध्ये अग्रस्थानमा रहेको जेको जे५ ले प्रदर्शन, प्रविधि, व्यावहारिकता र मूल्यको संयोजनमार्फत ग्राहकको ध्यान आकर्षित गरेको कम्पनीको विश्वास रहेको छ।
नेपाली बजारका लागि तयार गरिएको जेको जे५ प्रो मा ४८० लिटरको बुटस्पेस, प्यानोरामिक मुनरुफ, १९ भन्दा बढी एडीएएस तथा सुरक्षा सुविधा र पूर्ण आकारको स्पेयर टायरजस्ता सुविधा उपलब्ध छन्। १८५ एमएमको उच्च ग्राउन्ड क्लियरेन्सले नेपालको विविध सडक तथा भौगोलिक अवस्थाका लागि थप सहजता प्रदान गर्ने कम्पनीको भनाइ छ।
कम्पनीका अनुसार, ग्राहकको स्वामित्व अनुभवलाई थप सहज बनाउन जेको जे५ प्रो मा ११ वर्ष वा २ लाख ४० हजार किलोमिटरसम्मको विस्तारित वारेन्टी उपलब्ध गराइएको छ। शक्तिशाली विद्युतीय मोटर, उच्च ग्राउन्ड क्लियरेन्स, पर्याप्त बुटस्पेस, प्रिमियम सुविधा, उन्नत सुरक्षा प्रविधि र दीर्घकालीन वारेन्टीका कारण जेको जे५ प्रो नेपाली बजारमा प्रिमियम विद्युतीय एसयूभी खोज्ने ग्राहकका लागि आकर्षक विकल्प बनेको कम्पनीले जनाएको छ।
अन्तर्राष्ट्रिय बजारमा हासिल गरेको सफलता र ग्राहककेन्द्रित स्वामित्व प्याकेजका कारण जेको जे५ प्रो ले नेपालको तीव्र गतिमा विस्तार भइरहेको विद्युतीय सवारीसाधन बजारमा आफ्नो उपस्थिति थप मजबुत बनाउने अपेक्षा कम्पनीको रहेको छ।
सम्बन्धित समाचार
श्रमिकलाई चाडपर्व खर्च दिन विभागको निर्देशन,नदिए उजुरी गर्न आग्रह
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
एलजीको वाटर प्युरिफायर नेपाली बजारमा
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
नबिल बैंकको ४२औँ वार्षिक साधारणसभा सम्पन्न, पाँच प्रतिशत बोनस शेयरसहित १५.८० प्रतिशत लाभांश प्रस्ताव पारित
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
युनाइटेड डिलर्स समिट २०८३ थाइल्याण्डको पटायामा सम्पन्न
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
