Jankari Kendra
६ आश्विन २०८३, मंगलवार
Worldlink

त्रिविले एक वर्षसम्म स्नातक पहिलो वर्षको नतिजा नदिएपछि समस्या..

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, श्रावण, १२
त्रिविले एक वर्षसम्म स्नातक पहिलो वर्षको नतिजा नदिएपछि समस्या..

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले २०७८ साउनमा भएको स्नातक प्रथम वर्षको परीक्षाको नतिजा अझै सार्वजनिक नगरेपछि विद्यार्थीहरु अन्यौलमा परेका छन् ।

स्नातक तहको तेस्रो वर्षको परीक्षा कोभिड महामारीका कारण सरेर चैतमा मात्र भएको थियो । जसको नतिजा पनि सार्वजनिक भएको छैन । जसकारण, स्नातकोत्तर तहको पहिलो सेमेष्टर फागुनभित्र भर्ना हुनुपर्नेमा अझै पनि भर्ना गरिएको छैन । त्रिवि अन्तर्गतका क्याम्पस तथा विभागका स्नातकोत्तर तहको पहिलो सेमेष्टर विद्यार्थी विहीन भएको देखिएको ।

परीक्षा नियन्त्रक पुष्पराज जोशीले भने कतिपय विषयको नतिजा सार्वजनिक हुन थालेको र सम्भवत साउन महिनाभित्र सार्वजनिक गरिने बताए ।

 

Top Changing Nepal

युट्युब सट्स