Jankari Kendra
२९ भाद्र २०८३, सोमबार
Worldlink

सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकलाई रुस्काज ब्युटि पार्लरमा विशेष छुट

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, श्रावण, १७
सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकलाई रुस्काज ब्युटि पार्लरमा विशेष छुट

काठमाडौं। सांग्रिला डेभलपमेन्ट बैंकले रुस्काज ब्युटि पार्लर एण्ड मेकअप स्टुडियोसँग सम्झौता गरेको छ । बैंकले आफ्ना ग्राहकहरुलाई बनेपा र काठमाडौंमा अवस्थित रुस्काज ब्युटि पार्लर विशेष छुट प्रदान गर्ने सम्झौता गरेको हो । उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुुख संचालन अधिकृत अपूर्व प्रसाद जोशी र ब्युटि पार्लर ब्युटि पार्लरका तर्फबाट उक्त कम्पनीका संचालिका रुस्का वैद्य श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडका भिषा डेबिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुले रुस्काज मेकअप स्टसडियो को ब्युटि कोर्समा १५ प्रतिशत, ब्युटि पमर्लर सर्भिसमा २० प्रतिशत र ब्युटि प्रडक्टमा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । बैंकले ११२ शाखा कार्यालयहरु र ३२ एटिएममार्फत बैंकिङ सेवा दिँदै आइरहेको छ ।

Top Changing Nepal

युट्युब सट्स