स्पाइनल इन्जुरी पीडित सुनसरीका पारस मोतेको उपचारका लागि सहयोगको अपिल
काठमाडौं स्पाइनल कर्ड इन्जुरी रोगबाट पीडित सुनसरी, इटहरी–२० तरहराका ४४ वर्षीय पारस मोतेले आफ्नो थप उपचारको लागि आर्थिक सहयोगको अपिल गरेका छन् । आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर १० वर्षदेखि उक्त रोगसँग जुध्दै आएका मोतेले पैसाको अभावले थप उपचार रोकिएको भन्दै सहयोगको याचना गरेका हुन् ।
उनले भने,‘स्पाइनल कर्ड इन्जुरीको १० वर्षअघि साथीहरुले पैसा जुटाएर दिल्लीको एक सरकारी अस्पतालमा एकपटक एम्बुलाइजेसन गरे।अझै दुईपटक अस्पतालले एम्बुलाइजेसन गर्नुपर्छ भनेको छ, तर, मसँग पैसा छैन् ।’ उनले आफ्नो थप उपचारमा आर्थिक सहयोग गर्न देश तथा विदेशमा रहेका सहयोगी मनहरुलाई आग्रह गरे । उनले एकपटक एम्बुलाइजेसन गरेको ४ लाख रुपैयाँ शुल्क लाग्ने बताए । एम्बुलाइजेसनको लागि करिब ९ महिना भारतमा बस्न पर्ने भन्दै आफूमात्र नभएर बिरामी कुरुवाको समेत खानपिनको बन्दोबस्त गर्न समस्या भएको सुनाए ।
१० वर्षअघि भारतको इन्डिया एन्ट हस्पिटलमा उपचार गराएको उनले जानकारी दिए। उनले आफुलाई सहयोग गर्न इच्छुक व्यक्तिहरुलाई एन।एम।बी बैंकको सुनसरी तरहरा शाखाको खाता नम्बर ०५५ ००८ ३९३८४०००११ र मोबाइल नम्बर ९८०४०३७४२८ मा सम्पर्क गर्न आग्रह गरे ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
भोटेकोशी बाढीपीडितलाई सरकारले बनाइदिने भयो नयाँ रेडिमेड घर
यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर
१० दिनदेखि कृष्णभीरमा पहिरो, पृथ्वी राजमार्ग अझै ठप्प
चितवनमा सार्वजनिक हुँदै चाङ्गान नेभो क्यू ०५, टेस्ट ड्राइभका लागि तयार
भोटेकोशी बाढीपछि राहत कोषमा १३ अर्बभन्दा बढी रकम जम्मा
ट्रेन्डिङ
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
२०८३ भदौ २६ गते शुक्रबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
चीनमा दोस्रो सर्वाधिक बिक्री हुने गाडी बन्यो ‘लिपमोटर बी ०३ एक्स’ (ए १०)
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
२०८३ भदौ २३ गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

