खाना खाएलगत्तै २ मिनेट हिँडे पनि धेरै फाइदा पुग्छ सुगर बिरामीलाई
एजेन्सी । खाना खाए लगत्तैको २ मिनेट मात्र हिँड्दा मधुमेह (सुगर) का बिरामीका लागि धेरै फाइदा हुने एक अध्ययनले देखाएको छ । खाना लगत्तैको हिँडाइले शरीरमा चिनीको मात्रा घटाउन सहयोग पुर्याउने अध्ययनको निष्कर्ष रहेको न्युयोर्क टाइम्सले उल्लेख गरेको छ ।
खाना लगत्तैको हिँडाइपछिको मेटाबोलोजिम आधारित रहेर अध्ययन गरिएको हो । सामान्य मधुमेहका बिरामीहरूले बिहान वा बेलुकाको खानापछि न्यूनतम १५ मिनेट हिँड्दा उनीहरू मधुमेहको दोस्रो स्टेजमा प्रवेश हुनबाट जोगिने अध्ययनको निष्कर्ष छ । अध्ययनमा सहभागी भएकाहरूको मुटुको धड्कन, इन्सुलिन र रगतमा चिनीको मात्रा जाँच गरिएको थियो । खानालगत्तैको हिँडाइले रगतमा चिनीको मात्रा पहिलाभन्दा कम देखिएको थियो।
खानालगत्तै गरिने हरेक शारीरिक क्रियाकलाप मधुमेह बिरामीहरूका निम्ति फाइदाजनकै हुन्छ । छोटो समय हिँड्दा पनि उहाँहरूलाई निकै फाइदा पुग्छ,’ डाक्टर केर्श पटेलले भने। हिँड्न सम्भव नभए उभिँदा पनि लाभ हुने चिकित्सहरूको भनाइ छ। कम्तीमा पनि ३० मिनेट उभिन उनीहरूले सुझाएका छन्।
खानालगत्तै हिँड्दा शरीरका मांशपेशीहरूले ग्लुकोजलाई सोस्ने भएकाले रगतमा चिनीको मात्रा कम हुने अनुसन्धानकर्ता जेसी इन्चोस्पेले भनिन्,’खाना लगत्तै हिँड्दा बढी भएको ग्लुकोजलाई मांशपेसीले सोस्छ यसले अलिकति रगतमा चिनीको मात्रा कम गर्न सहयोग पुर्याउँछ।’ ६० देखि ९० मिनेट हिँड्दा नतिजा अझै राम्रो हुने अध्ययनमा देखिएको छ। खाना लगत्तैको एक घन्टाको समयमा रगतमा चिनीको मात्रा अझ बढ्ने भएकाले त्यसलाई घटाउन हिँडाइ प्रभावकारी हुने उनीहरूको दाबी छ।
सम्बन्धित समाचार
नवप्रवर्तन, अनुसन्धान र कृत्रिम बुद्धिमत्तामा लगानी बढाउनुपर्छ: एनसीसी अध्यक्ष अग्रवाल
अरुवा खोलामा नुहाउने क्रममा डुबेर ९ वर्षीय बालकको ज्यान गयो
प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ
नोआ लाइल्स बने विश्वको सबैभन्दा छिटो दौडने खेलाडी
बाढीपहिरोका कारण यी राजमार्ग अवरुद्ध
देशभर मनसुनी वायुको प्रभाव कायमै : यी प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
ट्रेन्डिङ
२०८३ साउन १० गते आईतबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘ बेस्ट कमर्सियल बैंक,(नेपाल)’ सम्मान
२०८३ साउन ९ गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
गर्मीमा छाला डढ्ने समस्यावाट बच्न अपनाउनुहोस् यी पाँच उपाय
अफ्रिकन वुमेन्स फुटबल भोलिदेखि, १६ राष्ट्र सहभागी हुदैँ

