Jankari Kendra
१७ भाद्र २०८३, बुधबार
Worldlink

च्याम्पियन्स लिगमा पीएसजीको विजयी सुरूआत, नेइमारको पासमा एमबाप्पेको गोल

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, भाद्र, २२
च्याम्पियन्स लिगमा पीएसजीको विजयी सुरूआत, नेइमारको पासमा एमबाप्पेको गोल

एजेन्सी । च्याम्पियन्स लिगको नयाँ सिजनमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले विजयी सुरूवात गरेको छ । मंगलबार राति भएको पहिलो खेलमा पीएसजीले युभेन्टसमाथि २–१ गोल अन्तरको जित हात पारेको हो। पीएसजीलाई जिताउन दुबै गोल केलियान एम्बाप्पेले गरे । वेस्टन म्याकिनेएले युभेन्टसका लागि सान्त्वना गोल फर्काए ।

खेलको पाँचौ मिनेटमा गोल गर्दै एम्बाप्पेले पिएसजीलाई सुरूआती अग्रता दिलाए । नेइमारको पासमा उनले गोल गरेका हुन् । यस्तै खेलको २२ औं मिनेटमा हाकिमीको पासमा उनले टोलीको अग्रता दोब्बर पारे । पहिलो हाफ २-० ले अघि रहेको पिएसजीले दोस्रो हाफमा एक गोल व्यहोर्‍यो ।

युभेन्टसका कोस्टिकको पासमा वेस्टन म्याकिनेएले ५३ औं मिनेटमा गोल गर्दै खेलमा फर्कने संकेत देखाए । तर त्यसपछि दुबै टोलीबाट गोल हुन नसकेपछि पिएसजीले खेल २-१ ले जित्यो । यो जितसँगै च्याम्पियन लिगमा समूह एचमा पिएसजीले विजयी सुरूआत गरेको हो ।

Top Changing Nepal

युट्युब सट्स