Jankari Kendra
२९ भाद्र २०८३, सोमबार
Worldlink

शिव परियारले बलात्कृत किशोरिलाई ‘पेशेवर’ भनेपछि‘

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, भाद्र, २३
शिव परियारले बलात्कृत किशोरिलाई ‘पेशेवर’ भनेपछि‘

काठमाडौं। गायक शिव परियार बतात्कृत किशोरिलाई ‘पेशेवर’ भन्दै सञ्जालमा स्टाटस राखेपछि विवादमा तानिएका छन्। उनले क्रिकेटर सन्दीप लामिछानेमाथि बलात्कारको जाहेरी परेपछि ओक्रोशित हुँदै फेसबुकमा स्टाटस लेखेका थिए।बलात्कारलाई व्यवसाय बनाउनेहरूको भण्डाफोर नगरे नेपाल बलात्कारीहरूको देश भन्ने नजिर स्थापित हुन सक्ने भन्दै परियारले स्टाटस पोस्ट गरेका थिए।

उनले सरकारलाई सम्बोधन गर्दै ‘यो पेशेवर पीडित भनाउँदाहरुलाई व्यवस्थित गरी कारवाही गर्ने कुनै कानूनको धारा होला निरु कि नेपालको गरिमा विश्वमा राख्न सक्ने सबैलाई सिध्याउने खेल हुँदैछ यहाँ’ भनेर लेखेका छन्।

उनले गिरोह नै लागेकाले तत्काल उपचार गर्न समेत आग्रह गरे। उनले स्टाटस राखेपछि धेरैले बिरोध गर्न सुरु गरेका छन्। अहिले उनले लेखेको स्टाटसको स्क्रिन सर्ट सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

Top Changing Nepal

युट्युब सट्स