ईन्द्रजाात्रका कारण आज उपत्यकाका यी स्थानमा सवारी साधन निषेध
काठमाडौं । आज काठमाडौं उपत्यकामा इन्द्रजात्रा मनाइदै छ । ईन्द्रजात्राको अवसरमा आयोजना गरिने रथयात्राका कारण बसन्तपुर हनुमानढोका दरबारक्षेत्रमा सवारी आवागमनमा रोक लगाइएको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार आज महाराजगन्ज–लाजिम्पाट–लैनचौर–दरबारमार्ग–भद्रकाली–न्यूरोड गेट सडक खण्डमा दिउँसो २ बजे साढे ४ बजेसम्म सवारी साधन प्रभावित हुने हुँदा बैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरिएको छ ।
आज दिउँसो १ बजेदेखि राति १० बजेसम्म विभिन्न स्थानमा ट्राफिक डाईभर्सन गरिने छ । मालवाहक सवारी साधनलाई विहान ९ बजेदेखि राति १० बजेसम्म रोक लगाइएको छ ।
यस्तै भोटेवहाल पिपलबोट,लगन सिलखाना,गोफल चोक, इनाखा गणेश मन्दिर, लगन चोक, भोटेवहाल, वण्डे, गुणकामदेव मार्ग, क्वाहिटी मार्ग, परोपकार, रामघाट पिपलवोट, छ्वासा पाखा, शान्ति निकुञ्ज चोक, मरु ढुङ्गे धारा, प्याफल चोक, ईन्द्र चोक, मखन गल्ली, मखन महादेव, जुद्वशालिक, झोसे चोक, जोर गणेश चोक र यंगाल चोकमा सवारी साधन प्रवेशमा रोक लगाइने छ ।
सम्बन्धित समाचार
बिजुलीको पोलमा मोटरसाइकल दुर्घटना : १५ वर्षीय किशोरको निधन
ज्योतिर्मयी बनिन ‘इन्डियन आइडल १६’ को बिजेता
सुनको मूल्यमा उच्च वृद्धि, चाँदी पनि महँगियो
यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
उपायको तीव्र विस्तार : एक वर्षमै ५४ प्रतिशत कारोबार वृद्धि, १५ सय भन्दा बढी रोजगारी सिर्जना
कस्तो छ आजको मौसम पूर्वानुमान ?
ट्रेन्डिङ
अरुवा खोलामा नुहाउने क्रममा डुबेर ९ वर्षीय बालकको ज्यान गयो
नवप्रवर्तन, अनुसन्धान र कृत्रिम बुद्धिमत्तामा लगानी बढाउनुपर्छ: एनसीसी अध्यक्ष अग्रवाल
प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ
२०८३ साउन ११ गते सोमबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
बाढीपहिरोका कारण यी राजमार्ग अवरुद्ध

