• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        शुक्रबार, पुष ११, २०८२
शुक्रबार, पुष ११, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८२ साल पौष ११ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

बम्पर उपहार बिजेताको घोषणासँगै जस्मिन पेन्ट्सको विशेष अफर सम्पन्न : नेपालगञ्जकि बुढाले जितिन् जापान भ्रमणको अवसर

नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालको ४९औं वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न : आगामी पौष २५ गते निर्वाचन हुने

डिजिटल बैंकिङ कारोबारमा गरिमा विकास बैंक सम्मानित

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

आज डिसेम्बर २५ : ‘क्रिसमस डे’ मनाइँदै

नाइमाद्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई सहयोग हस्तान्तरण

कस्मेटिक, सौन्दर्य र वेलनेस क्षेत्रको वृहत ट्रेड सो ‘कस्मेटिका २०२५’ पौष ११ देखि काठमाडौँमा हुने

रोमाञ्चक फाइनल राउण्डसँगै यामाहाद्वारा प्रस्तुत एनआरआरसी २०२५ को सुखद समापन

लोकप्रिय समाचार

  • १. २०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • २. २०८२ साल पौष ०५ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ३. २०८२ साल पौष ०६ गते आईतबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ४. २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ५. लोकसेवा आयोगले माग्यो २५४ अधिकृत, कहिलेसम्म दिन सकिन्छ आवेदन ?

  • ६. सशस्त्र प्रहरीमा जागिरको अवसर, यी पदमा भर्ना खुल्यो (सूचना सहित)

  • ७. बुकिङ खुलेको पहिलो दिनमै ७०,००० भन्दा बढी अर्डर : टाटा सिएराको बजारमा धमाकेदार प्रवेश

  • ८. २०८२ साल पौष ०८ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ९. विभागले अझै गरेन अन्तरप्रादेशिक रुट इजाजत विवादको समाधान, ट्रक महासंघद्वारा मानहानी मुद्दाको चेतावनी

  • १०. २०८२ साल पौष ०९ गते बुधबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

२०७९ को चुनाव कुन कुन नेताका लागि अन्तिम होला ?

काठमाडौं । नेपालको राजनीतिमा प्रतिनिधि सभा निर्वाचन २०७९ निकै महत्वपूर्ण हुनसक्छ । यसकारण पनि यो चुनाव महत्वपूर्ण हुनसक्छ कि धेरै पाका नेताहरु सन्यासतर्फ धकेलिन सक्छन् ।

नेपाली राजनीतिको केन्द्रमा रहेका शिर्ष नेताहरुमध्ये अधिकांश ७० कटिसकेका छन् । प्रधानमन्त्री समेत रहेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा ८० को नजिक छन् । काँग्रेसका अर्का प्रभावशाली नेता रामचन्द्र पौडेल पनि ८० को नजिक पुगिरहेका छन् । यी दुई नेताका लागि यो चुनाव अन्तिम हुनसक्छ ।

काँग्रेसको विधानले दुईपटक भन्दा पार्टी सभापति बन्न नपाउने उल्लेख गरेको छ । देउवा १३औं र १४औं महाधिवेशनमा सभापति निर्वाचित भइसकेका छन् । अब उनका लागि तेस्रो कार्यकाल विधानले रोकेको छ । अबको ५ वर्षमा देउवा ८० कटिसक्छन् । पौडेल पनि ८० कट्नेछन् । यसकारण सम्भवत यो चुनाव दुवै नेताका लागि अन्तिम हुनसक्छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ७० कटेका छन् । उनले विधान परिवर्तन गरेर पार्टी अध्यक्ष बन्न सके । तर, फेरि एमाले अध्यक्ष बन्न उनका लागि विधान परिवर्तन अनिवार्य हुन्छ । सम्भवतः स्वास्थ्य, उमेरहद र विधानका कारण ओलीका लागि यो चुनाव नै अन्तिम हुनसक्छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड ७० को नजिक छन् । उनका लागि भने यो चुनाव अन्तिम नहुनसक्छ । तर, माओवादीभित्र पछिल्लो पुस्ताका वर्षमान पुन, जर्नादन शर्मा जस्ता हस्तीले प्रचण्डलाई चुनौती दिन थालिसकेका छन् ।

नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल पनि ७० पुगेका छन् । उनका लागि पनि यो चुनाव अन्तिम हुनसक्छ । एसकै सम्मानित नेता झलनाथ खनाल पनि ७० कटिसकेका छन् । पूर्वप्रधानमन्त्री खनालले यो चुनावलाई अन्तिम भनेका छन् ।

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई पनि ७० को नजिक छन् । उनले पनि यो चुनावलाई आफ्नो राजनीतिक जीवनको अन्तिम चुनावका रुपमा लिएका छन् ।

पूर्वप्रधानमन्त्रीमध्ये लोकेन्द्रबहादुर चन्द मात्र यो चुनावमा प्रतिष्पर्धामा उत्रने छैनन् । ८० कटेका चन्द स्वास्थ्यका कारण प्रायः निष्कृय नै छन् ।
लोसपा अध्यक्ष महन्थ ठाकुर ८० पुगेका छन् । उनका लागि यो चुनाव सम्भवतः अन्तिम हुनसक्छ । ठाकुर प्रत्यक्षतर्फ चुनावमा भाग लिने नलिने निश्चित छैन ।

जसपा अध्यक्ष उपेन्द्र यादव भने ६० पार गरेका छन् । उनी अझै केही वर्ष राजनीतिमा सक्रिय हुने सम्भावना देखिन्छ ।

काँग्रेसका प्रभावशाली नेता डा। शेखर कोइराला पनि ७० कटेका छन् । उनी पनि अझै कम्तिमा २ वटा चुनावमा भाग लिने गरी सक्रिय देखिन्छन् । काँग्रेस नेताहरु कृष्णप्रसाद सिटौला पनि ७० कटेका छन् । प्रकाशमान सिंह, डा। सशांक कोइराला, सुजाता कोइराला, पूर्णबहादुर खड्का ७० को नजिक छन् । उनीहरु अझै कम्तिमा २ वटा प्रतिनिधि सभा चुनावमा भाग लिने सम्भावनासहित सक्रिय छन् ।

राजनीतिक दल र स्वतन्त्रहरुबाट युवा उमेरकाहरु जर्बजस्त अगाडि बढेकाले ७० कटेका नेताहरु दबाबमा छन् । उमेर, स्वास्थ्य, प्रविधिसँगै नयाँ पुस्ताको चुनौतीले धेरै नेताहरुले २०७९ को प्रतिनिधि सभा चुनाव आफ्ना लागि अन्तिम भन्न थालेका छन् । यसकारण पनि यो चुनाव रोचक हुने आँकलन गरिएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बम्पर उपहार बिजेताको घोषणासँगै जस्मिन पेन्ट्सको विशेष अफर सम्पन्न : नेपालगञ्जकि बुढाले जितिन् जापान भ्रमणको अवसर
    नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालको ४९औं वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न : आगामी पौष २५ गते निर्वाचन हुने
    डिजिटल बैंकिङ कारोबारमा गरिमा विकास बैंक सम्मानित

    लोकप्रिय

    २०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०५ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०६ गते आईतबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    लोकसेवा आयोगले माग्यो २५४ अधिकृत, कहिलेसम्म दिन सकिन्छ आवेदन ?

    ताजा

    २०८२ साल पौष ११ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    बम्पर उपहार बिजेताको घोषणासँगै जस्मिन पेन्ट्सको विशेष अफर सम्पन्न : नेपालगञ्जकि बुढाले जितिन् जापान भ्रमणको अवसर

    नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालको ४९औं वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न : आगामी पौष २५ गते निर्वाचन हुने

    डिजिटल बैंकिङ कारोबारमा गरिमा विकास बैंक सम्मानित

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    हालैका पोस्टहरू

    • २०८२ साल पौष ११ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?
    • बम्पर उपहार बिजेताको घोषणासँगै जस्मिन पेन्ट्सको विशेष अफर सम्पन्न : नेपालगञ्जकि बुढाले जितिन् जापान भ्रमणको अवसर
    • नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालको ४९औं वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न : आगामी पौष २५ गते निर्वाचन हुने
    • डिजिटल बैंकिङ कारोबारमा गरिमा विकास बैंक सम्मानित
    • यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.