• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२० चैत २०८२, शुक्रबार
२० चैत २०८२, शुक्रबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८२ चैत २२ गते आइतबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • ९ घण्टा 

नेपालमा ट्रायम्फ स्क्रयाम्बलर ४०० एक्स सी सार्वजनिक,यस्तो छ मूल्य
  • ११ घण्टा 

रोकिएको मतदाता नामावलि अद्यावधिक कार्यक्रम आइतबारदेखि पुनःसूरु
  • १२ घण्टा 

आज काठमाडौँका केही क्षेत्रमा ४ घण्टा विद्युत आपूर्ति अवरुद्ध हुने
  • २१ घण्टा 

सीजी मोटर्सद्वारा नेपालका लागि नयाँ पिकअप ‘रिडारा इर्कोन ४x४’ सार्वजनिक
  • १ दिन 

२०८२ चैत २१ गते शनिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १ दिन 

नयाँ शैक्षिक सत्रपछि मात्रै विद्यार्थी भर्ना गर्न सर्वोच्चको आदेश
  • १ दिन 

LG Launches New Year Campaign “Design Your Dream Home” with Offers up to 41% Off & Free Gifts
  • २ दिन 

नेपाल प्रहरीमा प्राविधिक पदमा ४०० भन्दा बढीका लागि आवेदन खुला
  • २ दिन 

लोकप्रिय समाचार

  • १. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • २. हनुमान जन्मजयन्ती मनाइँदै

  • ३. नेपालमा एमजी एस ५ इभीः यस्ता छन् फिचरहरु

  • ४. अन्तर्राष्ट्रिय उपलब्धिहरूमार्फत आफ्नो उत्कृष्टताको विरासतलाई निरन्तर दिँदै कजारिया

  • ५. यस वर्षको एसइई भोलिबाट सुरु, ५ लाख १२ हजार ४२१ विद्यार्थी सहभागी

  • ६. LG Launches New Year Campaign “Design Your Dream Home” with Offers up to 41% Off & Free Gifts

  • ७. प्रधानमन्त्रीदेखि सांसदसम्म दैनिक मापसे जाँच गर्न हर्क साम्पाङको माग

  • ८. निकट भविष्यमा थ्रीजी सेवा क्रमशः बन्द गरी फोरजी सेवामा रूपान्तरण गर्दै नेपाल टेलिकम

  • ९. २०८२ चैत १७ गते मंगलबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • १०. बजाजको क्यूआर क्याम्पेन, भाग्य चम्काउन एक स्क्यान

पाँच वर्षमुनिका बच्चामा कान पाक्ने समस्या बढी

जानकारी केन्द्र २०७९, भाद्र, २७

काठमाडौँ । टीकापुरका रमिला जोशीका दुई सन्तान छन् । उनका दुवै सन्तान साना हुँदा कान पाकेर हैरानी भयो । लामो उपचारपछि कान पाक्ने समस्या समाधान भयो ।

“पहिलो बच्चा हुर्काउँदा पनि काम पाकेर हैरानी भयो, जतिपटक रुघाखोकी लाग्थ्यो, त्यतिपटक बच्चाको कान पाक्ने समस्या पनि हुन्थ्यो”, उनले भने, “दोस्रो बच्चा हुर्काउँदा धेरै सचेत थिए । दोस्रो बच्चा पनि कान पाकेर दुःख पाएँ ।” उनका बच्चाको कान पाक्ने समस्या लामो उपचारपछि निको भएको उनी बताउछन् । “अहिले बच्चा ठूला भए, उनीहरूमा समस्या छैन”, उनी भन्छन्, “अहिले पनि नुहाउँदा कानमा रुइ हालेर नुहाउने, नदी खोलामा ननुहाउने, रुघाखोकी लागेमा तुरुन्तै उपचारमा जानेजस्ता कार्य गर्छौँ ।”

टीकापुरकै सुधा विकको बच्चा अहिले एक वर्षको छ । उनको बच्चा छ महिनाको भएदेखि बच्चाको कान पाक्ने समस्या छ । बच्चालाई रुघा लागेको समयमा बच्चाको कान पाक्छ । उपचार गरे निको हुन्छ, फेरि पाक्ने समस्याले सताएको उनको भनाइ छ । “बच्चा बिरामी भएका बेला निकै दुःख हुन्छ, अझ कान पाकेका बेला बच्चा कान समातेर निकै रुन्छ”, उनले भने, “सरसफाइ र स्याहारमा ध्यान दिँदादिँदै पनि बच्चालाई कान पाक्ने समस्या भयो ।”

उनी कतिपयले दूध चुसाउँदा सुतेर खुवाउन नहुने, कानमा दूध वा पानी पसेमा पाक्छ भनेकाले आफू सतर्कता अपनाउँदा–अपनाउँदै पनि समस्या भएको बताउछन् । “रातिको समयमा पनि स्तनपान गर्दा सचेत रहन्थे, तर पनि कहाँनेर कमजोरी भयो”, उनी भन्न्छ, “अहिले चिकित्सकको सल्लाहअनुसार उपचार गरिरहेकी छु ।”

उनकी निर्मला चौधरीको बच्चालाई कान पाक्ने समस्या बल्झिएपछि लामो समय उपचार गर्नुप¥यो । बच्चाको कान पाकेर समयमै उपचार नपाउँदा उनको बच्चाको कानबाट पिप बग्न थालेपछि उनी उपचारमा आए । “श्रीमान् घरमा हुनुहुन्थेन, बाहिर गएर उपचार गर्ने रकम थिएन”, उनले भनिन्, “पछि बच्चाको कानबाट पिप बग्न थालेपछि समूहबाट ऋण लिएर उपचारमा गए । लामो समयसम्म बच्चालाई औषधि खुवाउनु र कानमा राख्नुप¥यो, अहिले सञ्चो भएको छ ।”

बालबालिकामा विभिन्न समस्या देखिन सक्छन् । साना बालबालिका ठूला बालबालिकाका तुलनामा बढी बिरामी हुन्छन् । पाँच वर्षमुनिका बालबालिकामा कान पाक्ने समस्या बढी हुनेहँुदा समयमै उपचार गर्नुपर्ने चिकित्सक बताउँछन् । चिकित्सकका अनुसार नाक र कान जोड्ने एक किसिमको पाइप हुन्छ । यसले कानमा भएको हावाको प्रेसरलाई व्यवस्थापन गर्छ ।

बच्चामा रुघाखोकी लागेपछि त्यही पाइप हुँदै कानमा सङ्क्रमण हुने भएकाले कान पाक्छ र त्यसैले दुखाइ हुने टीकापुर अस्पतालका बालरोग विशेषज्ञ डा अमरनाथ ठाकुर बताउछन् । “सानो उमेरका बालबालिकालाई बढी रुघा लाग्ने भएकाले उनीहरुमा कान पाक्ने समस्या देखिन्छ”, उनी भन्छन्, “बालबालिकालाई रुघा लाग्नेबित्तिकै उपचार गर्नुपर्छ । कान पाक्ने समस्या बारम्बार भयो र राम्रोसँग उपचार गरिएन भने ती बालबालिकाको कानको जालीमा प्वाल पर्नसक्छ ।” समस्यमै उपचार नपाए कानको जालीमा प्वाल परेपछि हरेकपटक रुघा लाग्दा कानबाट पिप निस्कने समस्या हुनसक्ने भएकाले सतर्कता आवश्यक रहेको उनी बताउछन् । “साना बालबालिकाले आफ्नो सरसफाइ आफैँ गर्न सक्दैनन्, यस्तो बेलामा रुघाखोकी बढी लाग्नसक्छ । रुघाखोकी लाग्नेबित्तिकै उपचार गर्नुपर्छ”, उनी भन्छन्, कान पाकेका बच्चाको समयमै उपचार नभएमा बालबालिकाको सुनाइमा समस्या हुनसक्छ ।” रासस

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
नेपालमा ट्रायम्फ स्क्रयाम्बलर ४०० एक्स सी सार्वजनिक,यस्तो छ मूल्य
रोकिएको मतदाता नामावलि अद्यावधिक कार्यक्रम आइतबारदेखि पुनःसूरु
आज काठमाडौँका केही क्षेत्रमा ४ घण्टा विद्युत आपूर्ति अवरुद्ध हुने

ताजा

२०८२ चैत २२ गते आइतबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

नेपालमा ट्रायम्फ स्क्रयाम्बलर ४०० एक्स सी सार्वजनिक,यस्तो छ मूल्य

रोकिएको मतदाता नामावलि अद्यावधिक कार्यक्रम आइतबारदेखि पुनःसूरु

आज काठमाडौँका केही क्षेत्रमा ४ घण्टा विद्युत आपूर्ति अवरुद्ध हुने

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.