हवाइ टिकट रद्द गरेर कहाँ हराए सन्दीप लामिछाने ?
काठमाडौं । नेपाली क्रिकेट टोलीका पुर्व कप्तान सन्दीप लामिछाने अहिले सम्पर्कविहीन भएका छन्। सन्दीपले आफूमाथि लागेको बलात्कारको आरोप अस्वीकार गर्दै नेपाल फर्किन्छु भनेको सात दिन बितिसकेको छ। तर विहिबारसम्म पनि उनी नेपाल फर्केका छैनन्। २ दिन लाग्ने बाटोमा ६ दिनसम्म नआए पछि सन्दीप कता गए भनेर जनसमुदायमा चासो बढ्दै गएको छ।
शुक्रबार उनले आफूमाथि लागेको आरोपको खण्डन गर्दै नेपाल चाँडै फर्कन्छु भनि आफ्नो फेसबुक मार्फत बताएका थिए। टिकटको प्रकिया सकेर जतिसक्दो चाँडो नेपाल आउने उनको भनाइ थियो। उनले आफू निर्दोष भएको र नेपालको कानुनमा पूर्ण विश्वास राखेको प्रतिक्रिया दिएका थिए। साथै सीपीएलबाट बिदा लिएर केही दिनमै स्वदेश फर्कने निर्णय समेत गरेको उनले बताएका थिए।
आफूमाथि लागेको सबै आरोपहरूको सामना गर्न तयार छु भनेका उनी अहिले सम्पर्कविहीन भएका छन्। सन्दीपले वेस्ट इन्डिजबाट सामाजिक सञ्जालमा सो प्रतिक्रिया दिएका थिए। उनलाई वेस्टइन्डिज बाट काठमाडौ झर्न समान्य तय २ दिन मात्र लाग्छ। सन्दीप आइतबार वा सोमबार सम्ममा नेपाल आइसक्ने अनुमान गरिएको थियो। तर उनी अझै फर्किएका छैनन्।
उजुरी परेको १ हप्तासम्म पनि सन्दिप प्रहरीको सम्पर्कमा नआएको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भरतबहादुर बोहोराले बताए । सन्दीप पछिल्लो समय क्यानसँग पनि सम्पर्कमा आएका छैनन्। उनको परिवारले सन्दीप बुधबारसम्म नेपाल आइसक्ने बताएका थिए।
सम्बन्धित समाचार
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
कोका–कोलाको ‘भरौँ खुसी’ अभियान, हवाई र बस टिकट जित्ने मौका
वीरगंजमा नयाँ शोरूम संचालनमा ल्याउँदै कजारिया रमेश टायल्सको बजार विस्तार
नबिल बैंकको नबिल भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
इन्साइट टेक्नोलोजीलाई एएसओसिआईओ डिजिटल एआई अवार्ड २०२६ मा “एआई इन साइबरसिक्युरिटी” अवार्डद्वारा सम्मानित
