• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१० असार २०८३, बुधबार
१० असार २०८३, बुधबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

काठमाडौंको सफलतापछि सीजी मोटर्सको ‘महा मेला एक्सचेन्ज कार्निभल’ पोखरामा सुरु
  • ७ घण्टा 

वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन
  • ७ घण्टा 

दृष्टिविहीन छात्रावासका लागि कामना सेवा विकास बैंकको सहयोग, कुलर र ब्रेल पेपर प्रदान
  • ७ घण्टा 

सिजी ब्रान्डको ‘क्यान यु सल्भ द पजल’ : सीजी ब्रिजर २२ एयर कुलर विजेता बने नुवाकोटका श्याम रिजाल
  • ८ घण्टा 

सुनको मूल्यमा ठूलो गिरावट, कतिमा हुँदैछ कारोबार ?
  • ९ घण्टा 

रामचरणको ‘पेड्डी’ ले कमायो ४०० करोड बढी, आउँदैछ ओटीटीमा पनि
  • १२ घण्टा 

क्रिस्टियानो रोनाल्डो कम्तिमा दैनिक कमाउँछन् ८ करोड, कति छ त उनको सम्पत्ति ?
  • १४ घण्टा 

आज चार प्रदेशको तराई भू-भागमा अत्याधिक गर्मी हुने
  • १५ घण्टा 

२०८३ असार ११ गते बिहिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • १ दिन 

लोकप्रिय समाचार

  • १. राष्ट्रियतामाथि शंका नगर्नुस्, सीमा समस्या आफैँ समाधान गर्छौं : बालेन

  • २. सिंगो युरोप इतिहासकै सबैभन्दा गर्मीको चपेटामा, फ्रान्समा गर्मीले १८ को मृत्यु

  • ३. आज पुर्वी तराईको भू-भागमा मध्यम बर्षा हुने

  • ४. पाँच दिन नेपाल टेलिकमको इन्टरनेट र टेलिफोन सेवा आंशिक रुपमा प्रभावित हुने

  • ५. ११ महिनामै २५ अर्बभन्दा बढीका १० हजार ८ सय ४५ विद्युतीय सवारी आयात

  • ६. अमेरिकाले विश्वकप जीतेमा सवारी कम्पनि जीपले १०० गाडी निःशुल्क उपहार दिने

  • ७. किन पिउने मनतातो कागती पानी ? जान्नुहोस् स्वास्थ्यका विभिन्न फाइदाहरु

  • ८. नारायणी नदीमा हाम फालेका व्यक्तिको सकुशल उद्धार

  • ९. २०८३ असार ०८ गते सोमवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • १०. शरिरमा प्रोटिन नहुदाँ देखिने छन् यस्ता लक्षण, बेलैमा रहनुहोस सतर्क

बुद्धसिं मार्गमा बाटैभर फोहरको थुप्रो

जानकारी केन्द्र २०७९, भाद्र, ३१

काठमाडौँ । पृथ्वी राजमार्गको विकल्पको रुपमा विकास गर्न लागिएको महत्वपूर्ण मार्ग हो बुद्धसिं । यो मार्ग सदरमुकाम दमौलीबाट चितवनको घुमाउनेसम्म जोडिन्छ । यो मार्ग हुँदै घुमाउने पुग्न पृथ्वी राजमार्गभन्दा २५ किलोमिटर छोटो पर्छ । गण्डकी प्रदेश सरकारले यो मार्गको दश किलोमिटर खण्डमा कालोपत्रको तयारी पनि गरिरहेको छ ।

बुद्धसिं मार्गमा यतिबेला बाटैभर फोहरको थुप्रो छ । ल्याण्डफिल साइट नहुँदा व्यास नगरपालिकाले बुद्धसिं मार्गको सोढेंमा लगेर फोहर फाल्दै आइएको छ । फालिएको फोहर व्यवस्थित नगरिँदा यत्रतत्र फोहर छन्, दुर्गन्ध पनि उस्तै । बाटैभरि फोहर थुप्रिँदा यस मार्ग हुँदै यात्रा गर्ने यात्रुलाई पनि समस्या हुँदै आएको छ । दुर्गन्ध छल्न यहाँ यात्रा गर्नेले नाक थुन्नुपर्ने अवस्था छ ।

बुद्धसिं मार्ग हुँदै यात्रा गर्ने यात्रु पनि नाक थुनेर हिँड्नुपर्ने अवस्था रहेको व्यास–३ निवासी लक्ष्मण मल्लले बताए । “जथाभावी फोहर फालिएको छ, भिरतिर फालिएको फोहर सेती नदीमा खसेको छ”, मल्लले भने, “नगरपालिकाको व्यवस्थापन देखिएन । यसतर्फ ध्यान जानुपर्छ ।” बुद्धसिं मार्गका पूर्वअध्यक्ष एवं स्थानीयवासी विश्व बास्तोला फोहरमैला व्यवस्थापन गर्न नसकेर बाटैभरि फोहर फाल्नु स्थानीय सरकारको कमजोरी रहेको बताउछन् ।

भतेरीमा फोहर फाल्दै आएको नगरपालिकाले भतेरी मादीले कटान गरिदिएपछि चारकुनेमा जग्गा भाडामा लिएर फोहर फाल्दै आएको थियो । उक्त ठाउँ पनि फोहरले भरिएपछि फोहर फाल्ने ठाउँ नपाएर नगरपालिकाले सोढेंमा फोहर फाल्दै आएको छ । फोहर फाल्ने ठाउँको अभावमा सोढेंमा लगेर फोहर फाल्नुपर्ने बाध्यता रहेको व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिला बताउछन् । “यस विषयमा सबै सरोकारवालाको ध्यान जानुपर्छ, दीर्घकालीन रुपमा सरसफाइ केन्द्र बनाउने विषयमा नगरपालिका लागिपरेको छ”, नागिलाले भने, “फोहर फाल्ने ठाउँ नै नभएपछि अहिले तत्कालका लागि बुद्धसिं मार्गको सोढेंमा फोहर फालिएको छ ।” जथाभावी फोहर फालिएको विषयमा भने नगरपालिकाले त्यसलाई व्यवस्थित गर्ने नागिलाले बताए ।

स्थापनाको ३० वर्षसम्म पनि नगरपालिकाले सरसफाइ केन्द्र बनाउन सकेको छैन । व्यास–१० स्थित मङ्गलीगैह्रामा सरसफाइ केन्द्र बनाउने तयारी गरिँदा स्थानीयले विरोध गरेपछि नगरपालिकाले त्यसबाट पनि पछि हटेको छ ।

नगरपालिकाले स्थानीयवासीको गुनासोका आधारमा त्यस ठाउँमा सरसफाइ केन्द्र बनाउने निर्णय स्थगित गरी वैकल्पिक जग्गा खरिद प्रक्रिया अघि बढाउने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत नागिलाले बताए । व्यास नगरपालिकाले बजार क्षेत्रको वडा नं २, ३ र ४ बाट दैनिकरुपमा फोहर सङ्कलन गर्दै आएको छ । नगरपालिकाका बजार क्षेत्रबाट दैनिक ११ टन फोहर सङ्कलन हुने गरेको छ ।

नगरपालिकाले सरसफाइ केन्द्र निर्माणका लागि वालिङ नगरपालिकाले बनाएको फोहरमैला व्यवस्थापन केन्द्रको पनि अध्ययन अवलोकन गरेको थियो । नगरपालिकाले वर्षौंदेखि व्यास नगरपालिका–३ मादीस्थित भतेरीमा फोहरमैला फाल्दै आएको थियो । मादी नदीमा बर्सेनि आउने बाढीले उक्त ठाउँ कटान गरिदिएपछि फोहरमैला फाल्न समस्या भएको थियो ।

फोहरमैला फाल्ने ठाउँ मादीले कटान गरिदिएपछि नगरपालिकाले व्यास नगरपालिका–१ मा निजी जग्गा भाडामा लिएर फोहरमैला व्यवस्थापन गर्न थालेको थियो । उक्त ठाउँ पनि फोहरमैलाले भरिएपछि ठाउँ अभाव भएको थियो । नगरपालिका सरसफाइ शाखाका अनुसार व्यास नगरपालिकाको बजार क्षेत्रको वडा नम्बर २, ३ र ४ बाट दैनिक ११ टन फोहर सङ्कलन हुँदै आएको छ । त्यसमध्ये कुहिने फोहर व्यास नगरपालिका–१० दुम्सीमा मल उत्पादनमा प्रयोग गर्ने गरिएको छ ।

पृथ्वीराजमार्गको विकल्पको रुपमा रहेको बुद्धसिं मार्ग कालोपत्र गरिन लागिएको छ । दमौलीदेखि सुढेसम्मको दश किलोमिटर सडक कालोपत्रका लागि टेण्डर भइसकेको छ । पोखरा–नारायणगढ सडकको विकल्पमा तयार गरिएको बुद्धसिंह मार्गको थप स्तरोन्नति र घुमाउनेमा पुल निर्माण सम्पन्न भएपछि यस क्षेत्रका नागरिकलाई चितवन र तराईका विभिन्न जिल्लामा जान समय बचत हुन्छ ।

उक्त पुल निर्माणपछि घुमाउनेबाट तनहुँ सदरमुकाम दमौली निस्कन अहिले प्रयोग भइरहेको मुग्लिङ, आँबुखैरेनी र डुम्रे हुँदै जाने सडकभन्दा २५ किलोमिटर छोटो पर्न जान्छ । तनहुँको दमौलीबाट घुमाउनेघाटसम्म नियमितरुपमा साना बस तथा दुई पाङ्ग्रे सवारी साधन आउने जाने गरे पनि दुई पाङ्ग्रे सवारी साधन भने झोलुङ्गे पुल तरेर मुग्लिङ–नारायणगढ सडकमा निस्कन्छ भने बस तथा अन्य सवारी साधन भने पुलको अभावमा उतै रोकिन बाध्य छन् ।

चितवनको घुमाउनेमा पक्की पुल निर्माणमा ढिलाइ भइरहेको छ । विसं २०७५ माघमा सम्झौता भएको पुल विसं २०७८ पुस मसान्तसम्म सम्पन्न गर्नुपर्ने म्याद थियो । पुलको काम ३० प्रतिशत मात्रै सकिएको छ । हेटौँडास्थित मृत सञ्जीवनी कम्पनीले पुलको डिजाइन परिवर्तन र मुग्लिङ–नारायणगढ सडक आयोजनाको अवरोधका कारण काममा ढिलाइ भएको दाबी गर्दै आएको थियो । एक सय पाँच मिटर लम्बाइ र फुटपाथसहित ११ मिटर चौडाइ रहने उक्त पुल आधुनिक ‘आर्क’ डिजाइनमा बन्नेछ । पुलको लागत रु आठ करोड २६ लाख रहेको छ । रासस

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
काठमाडौंको सफलतापछि सीजी मोटर्सको ‘महा मेला एक्सचेन्ज कार्निभल’ पोखरामा सुरु
वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन
दृष्टिविहीन छात्रावासका लागि कामना सेवा विकास बैंकको सहयोग, कुलर र ब्रेल पेपर प्रदान

ताजा

काठमाडौंको सफलतापछि सीजी मोटर्सको ‘महा मेला एक्सचेन्ज कार्निभल’ पोखरामा सुरु

वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन

दृष्टिविहीन छात्रावासका लागि कामना सेवा विकास बैंकको सहयोग, कुलर र ब्रेल पेपर प्रदान

सिजी ब्रान्डको ‘क्यान यु सल्भ द पजल’ : सीजी ब्रिजर २२ एयर कुलर विजेता बने नुवाकोटका श्याम रिजाल

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.