आजको मौसम यस्तो छ
काठमाडौँ, । मनसुन न्यून चापीय प्रणालीको प्रभावले हाल देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा वर्षा भइरहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् प्रतिभा मानन्धरका अनुसार दिउँसो गण्डकी, लुम्बिनी र सुदूरपश्चि प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । सुदूरपश्चिममा भारी वर्षाको सम्भावना छ । राति भने सुदूरपश्चिम र पहाडी भू–भागमा हल्का वर्षाको सम्भावना छ ।
काठमाडौँ उपत्यकामा आज मौसम सामान्य बदली रहे पनि वर्षाको सम्भावना छैन । यद्यपि, शुक्रबार दिउँसो काठमाडौँमा हल्का वर्षाको सम्भावना रहेको मामौसमविद् मानन्धरले बताए । उनले भने, “बागमतीमा आज वर्षाको सम्भावना छैन् आंशिकदेखि सामान्य बदली रहने छ, भोलि साँझ बागमतीमा वर्षाको सम्भावना छ ।”
हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित रहेको महाशाखाले जनाएको छ । अहिले प्रदेश १, मधेश, गण्डकीका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । काठमाडौँको आज न्यूनतम तापक्रम २६ तथा अधिकतम तापक्रम ३० डिग्री सेल्सियस छ ।रासस
सम्बन्धित समाचार
चक्रवात ‘अर्नब’ को असर तीन प्रदेशमा केन्द्रित, सातै प्रदेशमा वर्षा जारी
चक्रवात ‘अर्नब’को असर तीव्र बन्दै, भोलि भारी वर्षाको जोखिम
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
आज पनि पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव कायम रहने
पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव कायमै
आज तराईका केही भूभागमा बिहानपख हुस्सु लाग्ने
ट्रेन्डिङ
नेपालका पाँच प्रमुख सहरमा चेरी क्यू को डेलिभरी सुरु, ४०० किलोमिटर रेन्जसहित बजारमा उपलब्ध
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
