पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव कायमै
काठमाडौं। हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव कायम रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागका साथै कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागमा आंशिक बादली लागेको छ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।
दिउँसो देशका हिमाली र पहाडी भूभागमा आंशिक बादली लाग्ने तथा तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कर्णाली प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानमा तथा कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ।
राति भने देशको हिमाली भूभागमा आंशिक बादली लाग्ने तथा पहाडी र तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ। तराईका थोरै भूभागमा बिहानपख हुस्सु लाग्ने सम्भावना छ। गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमपात हुन सक्नेछ।
कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थान तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ। यसबाट बच्न तथा सतर्कता अपनाउन महाशाखाले सर्वसाधारण र सरोकारवाला निकायहरूलाई नियमित रूपमा पछिल्लो मौसमी सूचना जानकारीमा राखी आवश्यक पूर्वतयारी गर्न अनुरोध गरेको छ।
सम्बन्धित समाचार
रामाडा बाइ विन्डह्यामको गन्तव्य प्रवर्द्धन यात्रा, पूर्वी नेपाललाई पर्यटनको नयाँ केन्द्र बनाउने लक्ष्य
विराटनगरमा खुल्यो नेपालको सबैभन्दा ठूलो २८ औँ सीजी डिजीटल शोरुम
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
काठमाडौँको सफलतापछि अब क्षेत्रीय २० शहरहरूमा एकै साथ नयाँ ‘ब्लु यामाहा एक्सएसआर १५५’ को अनावरण
आज तराईका केही भूभागमा बिहानपख हुस्सु लाग्ने
राष्ट्रिय परिचयपत्र नहुँदा पनि बैंकिङ सेवा लिन सकिने
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
