रारातालको गहिराइ नाप्न सुरु
कालीकोट । कर्णालीको प्रमुख पर्यटकीय गन्तव्य रारातालको गहिराइ नाप्न थालिएको छ। रारातालको गहिराइ, लम्बाइ, चौडाइ, तालको पानीको गुणस्तर तथा शुद्धता र खोलानालाबाट तालमा मिसिने पानीको ल्याब टेस्ट गर्ने गरी रारातालको सर्वेक्षण सुरु गरिएको हो।
रारातालको नयाँ तथ्यांक बाहिर ल्याउन र क्षेत्रफलसँगै तालको पानीको शुद्धताको परीक्षण गर्न लागिएको निकुञ्जका संरक्षण अधिकृत बद्रिविनोद दाहालले बताए। जल तथा मौसम विज्ञान विभागको सहयोगमा, कार्डरइटु सर्भिसरजेड जेभीले भदौ दोस्रो सातादेखि सर्वेक्षणको काम सुरु गरेको थियो।
सर्वेक्षणका लागि विभागबाट २ जना र कम्पनीबाट ८ गरी १० जनाको टोली खटिएको छ। तालको भूभाग र क्षेत्रफल मापनका लागि टोपोग्राफिक र गहिराइ नाप्ने यन्त्र प्रयोग भइरहेको जेभीका इन्जिनियर राम श्रेष्ठले बताए। उनका अनुसार रारामा प्रयोग गरिएको यो प्रविधि कर्णालीमै नयाँ हो।
उनले ढिलोमा १ महिनाभित्र सर्वेक्षण पूरा गरिसकेपछि प्रतिवेदन जल तथा मौसम विज्ञान विभागलाई बुझाउने बताए। २०५४ मा गरिएको सर्वेक्षणअनुसार रारातालको गहिराइ १ सय ६७ मिटर, लम्बाइ ५ किलोमिटर र चौडाइ ३ किलोमिटर छ। राराताल १०।८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ।
समुद्र सतहदेखि २ हजार ९ सय २९ मिटर उचाइमा अवस्थित रारा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रमा मुगुको छायानाथरारा नगरपालिकासहित सोरु, खत्याड गाउँपालिका र जुम्लाको कनकासुन्दरी गाउँपालिकको भूभाग पर्छ।
भदौ लागेसँगै रारा आउने पर्यटक बढिरहेका छन्। नागरिक दैनिकबाट
सम्बन्धित समाचार
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
कोका–कोलाको ‘भरौँ खुसी’ अभियान, हवाई र बस टिकट जित्ने मौका
वीरगंजमा नयाँ शोरूम संचालनमा ल्याउँदै कजारिया रमेश टायल्सको बजार विस्तार
नबिल बैंकको नबिल भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
इन्साइट टेक्नोलोजीलाई एएसओसिआईओ डिजिटल एआई अवार्ड २०२६ मा “एआई इन साइबरसिक्युरिटी” अवार्डद्वारा सम्मानित
