भिभोको वाई२२एस र वाई१६ स्मार्टफोन सार्वजनिक
काठमाडौं । भिभोले आज लोकप्रिय वाई सिरिजअन्तर्गत दुई नयाँ मोडलहरू – वाई२२एस र वाई१६ नेपालमा सार्वजनिक गरेको छ ।
आज सार्वजनिक भएका वाई२२एस र वाई१६ पर्याप्त स्टोरेज, सहज कार्यसम्पादन, उत्कृष्ट लुकका साथ प्रविधि, नवीनता र डिजाइनमा केन्द्रित ग्राहकहरुका लागि उपयुक्त स्मार्टफोन भएको भिभोले दाबी गरेको छ ।
भिभो वाई सिरिज नेपालमा बजेटमैत्री र युवा उन्मुखी स्मार्टफोनहरू भनेर परिचित छन् । भिभाले वाई सिरिजमा ठूलो सफलता हासिल गरेको जनाएको छ । यसलाई कायम राख्न आफ्नो प्रयोगकर्ताहरुका लागि नयाँ–नयाँ स्मार्टफोनहरू विकास गर्दै आइरहेको छ ।
भिभो नेपालका सीईओ माइकलले भने,“नेपालमा वाई सिरिजले धेरै माया पाएको छ र युवा ग्राहकहरूको हृदयमा एक विशेष स्थान बनाउँन सफल भएको छ । प्रयोगकर्ताहरुले दिनुभएको मायालाई बर्करार राख्न हामीले डिजाइन, कार्यसम्पादन र दक्षता अभिवृद्धि गर्ने मूल विचारका साथ बजारमा वाई२२एस र वाई१६ सार्वजनिक गरेका छौं । स्टाइलिश डिजाइन, विशाल ब्याट्री, व्यापक स्टोरेज र शक्तिशाली प्रदर्शनका साथ, वाई१६ र वाई२२एस ग्राहकहरुको व्यस्त समयतालिकालाई व्यवस्थापन गर्नका लागि उपयुक्त साथी हुनेछ । हरेक पक्षमा उत्कृष्ट स्मार्टफोन खोज्न ग्राहकहरुका लागि हामीले वाई सिरिज एक गो–टु शोलुसनको रुपमा विकास गरेका छौं ।”
कम्पनीको अनुसार वाई२२एस मा स्न्यापड्रेगन ६८० प्रोसेसर, ६जीवी र्याम र १२८ जीवी रोम रहेको छ जसले प्रयोगकर्ताहरूले बिना कुनै ढिलाइ एकै साथ धेरै एपहरू चलाउन सक्छन् । विस्तारित र्याम सुविधाले निष्क्रिय रोमको स्पेस प्रयोग गर्छ र रोमलाई पनि १ टेराबाईट सम्म मेमोरी कार्डको साहेताले एक्सटेन्ड गर्न मिल्छ । वाई२२एस एआई पावर–सेभिङ टेक्नोलोजीको साथ आउँछ र यसमा ५०००एमएएच ब्याट्री र १८ वाट फास्ट चार्ज रहेको छ जसले दिनभर टिक्ने चार्ज प्रदान गर्दछ । यो ५०एमपी रियर क्यामेरामा ठूलो सेन्सरको साथ आउँछ र ८एमपी एचडी फ्रन्ट क्यामेरामा भिडियो फेस ब्यूटी छ जसले प्रयोगकर्ताहरूलाई सिनेमेटिक तस्वीरहरू लगातार क्लिक गर्न मद्दत गर्दछ । पछाडि र अगाडिका क्यामेराहरूलाई क्रमशः सुपर नाइट मोड र सुपर नाइट सेल्फी मोडसँग अप्टिमाइज गरिएको छ, जसले प्रयोगकर्तालाई कम उज्यालोमा पनि उत्कृष्ट तस्वीरहरु लिन अनुमति दिन्छ । यसबाहेक, मल्टी–स्टाइल पोट्र्रेटमा फेस ब्यूटी, बोकेह, र अन्य शैलीहरू वाई२२एस मा समावेश छन् जसमार्फत प्रयोगकर्ताहरूले व्यक्तिगत पोट्र्रेट बनाउन सक्छन् । रातको समयमा पनि विस्तृत र जीवन्त तस्वीरहरु खिच्दै वाई२२एस ले स्मार्टफोन फोटोग्राफीलाई अझ स्मार्ट बनाएको जनाएको छ ।
यस्तै, वाई१६ ले केही प्रभावशाली स्पेसिफिकेशनहरू, २।५डी कर्भेचर र फ्ल्याट फ्रेम ट्रेंडी डिजाइन प्रदान गर्दछ । वाई१६ को एपिअरेन्स आकर्षक रहेको छ । यो स्मार्टफोन ४जीवी र्याम र ६४जीवी रोम भेरियन्टमा आउँछ । यसमा भएको मिडियाटेक हेलियो पी३५ अक्टा–कोर प्रोसेसरले सहज मल्टी–टास्किङ र अधिकतम कार्यक्षमता प्रदान गर्दछ । वाई१६ मा क्यामेरा सेटअपले अझ बढि आकर्षण थपेको छ र प्रयोगकर्ताहरूलाई १३एमपी एआई डुअल क्यामेराको साथ आकर्षक शटहरू क्लिक गर्न सक्षम बनाउँछ ।
वाई२२एस स्टारलिट ब्लू र समर सायन कलरमा रु २७ हजार ९ सय ९९ मुल्यमा मिनिमालिस्टिक आउटलुकको साथ उपलब्ध छ । त्यस्तै वाई१६ प्राकृतिक लुक– स्टेलर ब्ल्याक र ड्रिजलिंग गोल्ड कलर भेरियन्टमा रु १९ हजार ९ सय ९९ मा उपलब्ध छ ।
सम्बन्धित समाचार
नामी भिगोको विशेष अफर समाप्त, नयाँ बुकिङ एमआरपीमै
स्कोडाद्वारा नेपालमा नयाँ जेनेरेसन कोडियाक सार्वजनिक: “रियल लक्जरी, एज इट सुड बी”
तिब्बतबाट रसुवामा पस्यो ठूलो बाढी,नदी आसपसका क्षेत्रमा जोखिम
नाडा अटो शो २०२६ मा यामाहा नेपालले नयाँ एक्सएसआर १५५ को अनावरण गर्ने
अत्याधुनिक फिचरले भरिएको फराइजनको भी ७ ई ईभी भ्यान नाडा अटो शोमा सार्वजनिक
नाडा अटो शोमा हाइगरको ३१ सिटे प्रिमियम ईभी कोच सार्वजनिक
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा

