शङ्खरापुर नगरपालिकामा निःशुल्क घरदैलो स्वास्थ्य सेवा कार्यक्रम सुरु
काठमाडौं । शङ्खरापुर नगरपालिकामा नगर प्रमुखसँग निःशुल्क घरदैलो स्वास्थ्य सेवा कार्यक्रम सुरु भएको छ । नगरप्रमुख रमेश नापितले वडा नम्बर १ छाप भञ्ज्याङमा उक्त कार्यक्रम शुभारम्भ गर्दै सबैभन्दा विकट क्षेत्रको रुपमा रहेको सिन्धुपाल्चोक जिल्लासँग सीमा यस स्थानको घरदैलोमै आएर निःशुल्क स्वास्थ्य सेवा सुरु गरिएकोे जानकारी गराउनुभयो ।
उहाँले भन्नुभयो, “बृद्ध हुनुभएका बुबाआमा जसलाई उपचारका लागि समस्या परिरहेको छ, उहाँहरुका लागि आज हामीले निःशुल्क उपचार सुरु गरेका छौँ, उहाँहरुको स्वास्थ्यमा यहाँ उपचार नहुने समस्या देखिएमा शङ्खरापुर नगर अस्पताल वा सुष्मा कोइराला मेमोरियल अस्पतालमा पठाउने व्यवस्था मिलाएका छौँ, नगरवासीमा रोग नै नलागोस् र लागेको छ भने त्यसको उपचारका लागि घरदैलो सेवा सुरु गरेका हौँ, निःशुल्क स्वास्थ्य सेवा पाउनु जनताको अधिकार र चाहना पनि हो, हामी निर्वाचित भएर आइसकेपछि निःशुल्क स्वास्थ्य सेवा दिने काम सुरु गरेका छौँ ।”
आर्थिकरुपमा नगरपालिका कमजोर रहे पनि मन बलियो बनाएर निःशुल्क स्वास्थ्य सेवा सुरु गरिएको र नगरवासीलाई स्वास्थ्य जस्तै शिक्षा क्षेत्र, भौतिक पूर्वाधार विकास र स्वस्छ खानेपानी दिनका लागि प्रयत्नशील भएर लागिपरेको नगरप्रमुख नापितले जानकारी दिनुभयो ।
नगर उपप्रमुख समिता श्रेष्ठले जनताको स्वास्थ्य अवस्था सुधार गर्नका लागि कार्यपालिका बैठकबाट नगर प्रमुखसँग निःशुल्क घरदैलो स्वास्थ्य सेवा कार्यक्रम अघि बढाइएको उल्लेख गर्नुभयो ।
यो कार्यक्रमबाट जनतालाई प्रत्यक्षरुपमा फाइदा पुग्छ भनेर सुरु गरेको बताउँदै उहाँले शिक्षा र स्वास्थ्य क्षेत्रमा विकास नगरी पूर्णरुपमा शङ्खरापुर नगरपालिकाको विकास गर्न नसकिने उल्लेख गर्नुभयो ।
उप प्रमुख श्रेष्ठले सुष्मा कोइराला अस्पतालबाट निःशुल्क स्वास्थ्य सेवा दिनेगरी सम्झौता भएको जानकारी गराउनुभयोे । कार्यक्रममा वडा नम्बर ६ का अध्यक्ष एवं नगर प्रवक्ता राधाकृष्ण श्रेष्ठले यो कार्यक्रम शङ्खरापुर नगरवासीका लागि अत्यन्तै खुसीको विषय भएको बताउनुभयो ।
शङ्खरापुरबासीलाई सर्वसुलभरुपमा स्वास्थ्य सेवा दिन सुष्मा कोइराला अस्पतालसँग नगरपालिकाले सम्झौता गरेर सात प्रकारका सेवा निःशुल्क र ११ वटा स्वास्थ्य सेवामा ३० देखि ६० प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ ।
कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वासुदेव खनालले जनताका लागि भौतिक पूर्वाधारको विकासका साथै मानव विकासको महत्वपूर्ण आयामलाई सँगसँगै लिएर जानुपर्ने बताउनुभयो ।
निःशुल्क स्वास्थ्य सेवा कार्यक्रममा दुई चिकित्सक, एकजना नर्स, एकजना ल्याव टेक्निसियन, एकजना फर्मासिष्ट र महिला स्वास्थ्य स्वयंसेविकाले पहिलो दिन ६३ महिला र ३९ पुरुष गरी एक सय एकजनको उपचार गरिएको थियो । यो कार्यक्रम क्रमिकरुपमा नगरपालिकाका सबै वडामा सञ्चालन गरिने भएको छ । रासस
सम्बन्धित समाचार
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
कोका–कोलाको ‘भरौँ खुसी’ अभियान, हवाई र बस टिकट जित्ने मौका
वीरगंजमा नयाँ शोरूम संचालनमा ल्याउँदै कजारिया रमेश टायल्सको बजार विस्तार
नबिल बैंकको नबिल भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
इन्साइट टेक्नोलोजीलाई एएसओसिआईओ डिजिटल एआई अवार्ड २०२६ मा “एआई इन साइबरसिक्युरिटी” अवार्डद्वारा सम्मानित
