• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
११ असार २०८३, बिहीबार
११ असार २०८३, बिहीबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
  • ९ घण्टा 

प्लाटाको निर्णायक गोलमा जर्मनीमाथि इक्वेडरको रोमाञ्चक पुनरागमन जित, अन्तिम ३२ मा प्रवेश
  • ९ घण्टा 

यस्तो छ आजको मौसम पुर्वानुमान
  • १० घण्टा 

२०८३ असार १२ गते शुक्रबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १० घण्टा 

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च शिक्षा क्षेत्र सुदृढ बनाउन रणनीतिक सहकार्य
  • १ दिन 

काठमाडौंको सफलतापछि सीजी मोटर्सको ‘महा मेला एक्सचेन्ज कार्निभल’ पोखरामा सुरु
  • १ दिन 

वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन
  • १ दिन 

दृष्टिविहीन छात्रावासका लागि कामना सेवा विकास बैंकको सहयोग, कुलर र ब्रेल पेपर प्रदान
  • १ दिन 

सिजी ब्रान्डको ‘क्यान यु सल्भ द पजल’ : सीजी ब्रिजर २२ एयर कुलर विजेता बने नुवाकोटका श्याम रिजाल
  • १ दिन 

लोकप्रिय समाचार

  • १. यामाल बने यस विश्वकपको सबैभन्दा कान्छो गोलकर्ता, स्पेन ४-० ले बिजयी

  • २. विपन्न परिवारको स्वास्थ्य बीमा गाउँपालिकाले तिर्ने, मैवा खोलाले ल्यायो ४३ करोड ६१ लाखको बजेट

  • ३. एप्पलले ल्याउँदै विश्वकै सबैभन्दा पातलो आईफोन, अत्याधुनिक सुधारसहित

  • ४. सोमबार सम्भव हुन नसकेको रास्वपाको बन्द सत्र आजवाट सुरू हुने

  • ५. क्रिस्टियानो रोनाल्डो कम्तिमा दैनिक कमाउँछन् ८ करोड, कति छ त उनको सम्पत्ति ?

  • ६. सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

  • ७. २०८३ असार १० गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ८. पहिलो पटक एकै पटक सार्बजनिक भयो मन्त्री परिषदका १५ निर्णय

  • ९. सुनको मूल्य प्रतितोला एक हजार चार सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

  • १०. वाणिज्य बैंकमा गैरबैंकिङ सम्पत्ति बढ्यो, कुन बैंकमा कति ?

चोयाका पोशाक लगाउने भरीबहादुर

जानकारी केन्द्र २०७९, आश्विन, ९

गलेश्वर । बाँस र निगालाको चोयाबाट बनाइएका घरायसी प्रयोजनका समाग्रीहरु त हामी सबैले प्रयोग गर्दै आएका छौँ तर शिरदेखि पाउसम्मै चोयाबाट बुनेका पोशाक लगाएर गाउँका मेलापातदेखि सहरमा हुने पर्व, महोत्सवमा पुग्नाका साथै सोही पोशाकबाट आम्दानीसमेत गर्ने कोही व्यक्ति देखेको छैन भने म्याग्दीको मालिका गाउँपालिका वडा नं २ रुमको बेली गाउँमा जानुहोस् । टोपीदेखि जुत्तासम्म चोयाकै पोशाक लगाएर जीविकोपार्जन गर्दै आएका व्यक्ति छन्, रुम बेली तल्लो गाउँका ४९ वर्र्षीय भरीबहादुर पर्तेल । विगत दुई वर्षदेखि चोयाका पोशाक तयार पारी तिनलाई लगाएर विभिन्न मेला पर्वमा प्रदर्शन गरी उनले जीविकोपार्जन गर्दै आएका छन् । जङ्लबाट निगालो ल्याइ त्यसबाट चोया निकालेर उनले टोपी,कोट,इस्टकोट,पाइन्ट,जाँगे,जुता,झोला,मनिव्यागलगाएत पोशाकहरु बनाउने र आफूले बनाएका ती पोशाकहरु लगाएर गाउँघर तथा शहरबजारमा पुग्ने गर्छन् ।

आधुनिक युगमा पनि पर्तेलले चोयाँका पोशाक लगाएर डुलेको देख्दा कति मानिसहरु छक्कै पर्ने गर्दछन् भने कतिले उनको कलालाई सम्मान गर्दै पैसा दिएर प्रोत्साहन पनि गर्ने गर्दछन् । शौखिन व्यक्तिहरुले पर्तेलले बनाएका चोयाका कपडा किनेर घरमा सजाउने समेत गरेका छन् ।
“मेरो आम्दानीको श्रोत भनेकै यही कला हो । मैले चोयाबाट शिरदेखि पाउसम्म लगाउने पोशाक बुन्न जानेको छु, उनी भन्छन् ।
पर्तेलको घरमा चार छोरा,एक छोरी र श्रीमती छन् । छोराहरु अलग भएर बसेका छन् भने छोरीको विवाह भइसकेकाले घरमा दुई दम्पतिमात्र छन् । बिहान उठेर नजिकको जङ्लमा गई निगालो ल्याउने, चोया बनाउने र त्यसकै पोशाक तथा अन्य कृषि सामाग्रीहरु बुनेर दिन विताउने गरेका उनी चोयाका पोशाक बेचेरै वर्षमा रु एक लाख बराबरको आम्दानी गर्दै आएको बताउछन् । चोयाका पोशाक लगाएर गाउँघर र सहर बजार जाँदा मानिसहरुले त्यस्ता पोशाक लगाएको देखेर खशी हुँदै पैसा समेत दिने गरेका र अहिलेसम्म त्यसरी रु ६० हजार भन्दा बढी कमाएको पर्तेलको भनाइ छ ।

हिजोआज गाउँघरका युवायुवतीले उनले लगाउने चोयाका पोशाक मागेर लगाइ टिकटक बनाउने र त्यसबापत रु एक सय दिने गरेका छन् । पर्तेल भन्छन्, “अहिले त मेरा चोयाका पोशाक भाडामा समेत जाने गरेका छन्, केटाकेटीहरुले मेरा पोशाक लगाएर मोवाइलमा फोटो खिच्छन्, टिकटक बनाउछन् र बदलामा मलाई पैसा दिने गरेका छन् ।”

शनिवार बेलीको जन विकास आधारभूत विद्यालयमा आयोजित एक कार्यक्रममा चोयाका पोशाकहरु प्रदर्शन गरेर नै उनले रु तीन हजार भन्दाबढी आम्दानी गरे । पर्तेलको सीपको सम्मान गर्नु पर्ने र उनलाई प्रोत्साहित गरेर यस्तो कला प्रवद्र्धनमा जोड दिनुपर्ने स्थानीय समाजसेवी विष्णु पुन बताउछन्। ।

पर्तेलले पोशाकका अतिरिक्त चोयाँबाट डोका, नाम्ला, भकारी,थुन्सेलगायत घरायसी कृषि सामाग्रीहरु पनि बनाउने गरेका छन् । यस्ता सामाग्रीहरु गाउँघरमा फाट्ट फुट्ट विक्री हुने गरे पनि यो पेशा व्यवसायिक हुन नसकेकाले आफूले पोशाक बनाएर प्रर्दशन तथा विक्री वितरण गर्न थालेको उनको भनाइ छ ।

आफूले बनाएका चोयाका पोशाक जिल्लाका नेताहरु र प्रशासन प्रमुखहरुलाई उपहार दिने र त्यसको बजारीकरणमा सहयोग गर्न अपिल गर्ने आफ्नो चाहना भएको पर्तेल बताउछन् ।

“चोयाका पोशाक बनाउन सजिलो छैन, निकै मिहिनेत गर्नुपर्छ,” उनी भन्छन्, “यस्ता पोशाकले हाम्रो पुरानो जीवन र पुर्खाहरुको त्यतिबेलाको अवस्थालाई पनि सम्झाउँछन् ।”स्थानीय सरकार वा सम्वन्धित निकायले सहयोग गरेमा आफूले अझ राम्रा हस्तकलाका सामाग्रीहरु बनाउन सक्ने पर्तेलको भनाइ छ ।

 

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
प्लाटाको निर्णायक गोलमा जर्मनीमाथि इक्वेडरको रोमाञ्चक पुनरागमन जित, अन्तिम ३२ मा प्रवेश
यस्तो छ आजको मौसम पुर्वानुमान

ताजा

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

प्लाटाको निर्णायक गोलमा जर्मनीमाथि इक्वेडरको रोमाञ्चक पुनरागमन जित, अन्तिम ३२ मा प्रवेश

यस्तो छ आजको मौसम पुर्वानुमान

२०८३ असार १२ गते शुक्रबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.