नागार्जुन नगरपालिकाले सबै वडामा बजार अनुगमन गर्ने
काठमाडौं । नागार्जुना नगरपालिकाको आइतबार नगर प्रमुखमोहनबहादुर बस्नेतको अध्यक्षतामा बसेको नगर कार्यपालिकाको बैठकले चाडपर्वलाई लक्षित गरी हुन सक्ने कृत्रिम अभावलाई ध्यानमा राखी नगरपालिकाको दशवटै वडामा बजार अनुगमन गर्ने निर्णय गरेको छ । चाडपर्वमा कृत्रिम अभाव सिर्जना गरी हुन सक्ने कालोबजारीलाई नियन्त्रण गर्नका लागि नगरपालिकाले दशवटै वडामा बजार अनुगमन गर्ने सम्पुर्ण गरेको हो ।
त्यस्तै विजयादशमी, दीपावली तथा छठ पर्वको अवसरमा सम्णर्प नगरबासीहरुको सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दै शुभकामना व्यक्त गर्ने निर्णय गरेको छ । नगरपालिकाबाट सम्पादन हुने सबै प्रक्रियागत विषय निर्दिष्ट गर्न एवं सबै कार्यलाई पारदर्शीरुपमा नियमन गर्न एवं लिजालाई पुर्णरुपमा सफल बनाउन विभिन्न कार्यविधि स्वीकृत गर्ने निर्णय गरेको छ । बालबिबाह बिरुद्ध सम्बन्धी कार्यविधि २०७९, सडक बालबालिका व्यस्थापन खर्च कार्यविधि, बालकल्याण गृह कार्यविधि, विद्यालयहरुको शुल्क निर्धारण कार्यविधि, पर्वप्राथमिक विद्यालय व्यवस्थापन निर्देर्शिका, विद्यालयहरुको छात्रवृत्ति सम्बन्धी कार्य सम्पादन कार्यविधि, सुचना तथा अभिलेख केन्द्रको स्थापना तथा सञ्चालन कार्यविधि, विषयगत समितिको कार्यसञ्चालन कार्यविधि र क्षमता विकास योजना कार्यविधि २०७९ स्वीकृत गरिएको छ । नेपाल सरकार स्वास्थ्य बीमा बोर्डको प्राप्त पत्र अनुसार स्वास्थ्य बीमा कार्यक्रमलाई अगाडि बढाउन नगर प्रमुखको संयोजकत्वमा रहने गरी समिति गठन गर्ने निर्णय गरिएको छ ।
बैठकमा नगर उपप्रमुख सुशिला अधिकारी र प्रमुख प्रशासकीय अधिकृत ईश्वरीप्रसाद ढकाल लगायत सबै वडाध्यक्ष र कार्यपालिकाको सदस्यहरुको उपस्थितिमा उक्त निर्णय भएको नगरपालिका द्धारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।
सम्बन्धित समाचार
नामी भिगोको विशेष अफर समाप्त, नयाँ बुकिङ एमआरपीमै
स्कोडाद्वारा नेपालमा नयाँ जेनेरेसन कोडियाक सार्वजनिक: “रियल लक्जरी, एज इट सुड बी”
तिब्बतबाट रसुवामा पस्यो ठूलो बाढी,नदी आसपसका क्षेत्रमा जोखिम
नाडा अटो शो २०२६ मा यामाहा नेपालले नयाँ एक्सएसआर १५५ को अनावरण गर्ने
अत्याधुनिक फिचरले भरिएको फराइजनको भी ७ ई ईभी भ्यान नाडा अटो शोमा सार्वजनिक
नाडा अटो शोमा हाइगरको ३१ सिटे प्रिमियम ईभी कोच सार्वजनिक
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा

