दसैँमा खानेकुराहरू कसरी मिलाएर खाने ?
काठमाडौँ । दसैँ भन्ने बित्तिकै ठुलाबडाको आर्सीवाद थाप्ने र मीठो मसिनो खाने चाडका रूपमा बुझिन्छ । त्यसैले दसैँको खानपान विशेष हुने गर्छ । यद्यपि दसैँको खान्कीमा रमाउँदा केही कुरामा भने सतर्क हुनु पर्दछ । दसैँमा धेरैले, एकै पटक टन्न मासु पकाउने, खाने गर्दछन् । जो हानिकारक हुन सक्छ । त्यसैले दसैँको खानपानमा सावधानी अपनाउनै पर्छ ।
– मदिरा खानु अघि पानी
कतिपय मानिस दसैँ मदिरा पिउँछन् । सकेसम्म मदिरा नपिएकै राम्रो । तर पिउनै परे पनि सलादको मात्रा बढाउने र मदिरा सेवन गर्नुअघि पर्याप्त पानी वा जुस सेवन गर्नुपर्छ । यसले मदिराको असर कम हुन्छ ।
– शारीरिक काम गर्ने
धेरै मानिस दसैँमा आराम गरेर बिताउँछन् । तर टन्न मीठो मसिनो खाएपछि त्यस अनुरूप शारीरिक काम वा व्यायाम पनि गर्नु पर्दछ । अन्यथा खाएको कुरा पचाउन सकिँदैन । त्यसैले शारीरिक गतिविधिमा जोड दिनुपर्छ र व्यायामलाई निरन्तरता दिनुपर्छ ।
– यी कुरामा सावधानी
खानपानका विषयमा धेरैले गर्ने गल्ती हो, एकसाथ धेरै परिकार बनाएर खाने । अझ यसमा माछा मासु, दुधदही, मिठाई, फलफूल सेवन गर्छौ । तर सबै खानेकुरा एकसाथ मिसाएर सेवन गर्दा त्यसको रासायनिक प्रतिक्रिया हुन्छ र फुड पोइजन हुनसक्छ । त्यसैले आपसमा खान नमिल्ने खानेकुरा खानु हुँदैन । यो पाचन प्रणालीको लागि घातक हुन्छ ।
– दही र फल
कतिपयले दही र फल एकसाथ सेवन गर्छन् । अझ दही, फल मिसाएर डिजर्टसमेत बनाउने गरिन्छ । तर दही र फल एकसाथ सेवन गर्दा त्यसबाट एसिड पैदा हुन्छ ।
– कागती र दूध
कागती र दूध यी दुवै फाइदाजनक छन् । तर अलग अलग खाँदा । दूध र कागती एकसाथ मिसाएर सेवन गर्दा स्वास्थ्यका लागि राम्रो मानिँदैन । यसले पेटमा समस्या पैदा गर्छ ।
– सलाद खाने
दसैँमा माछा मासु लगायतका कुनै परिकार खाँदा अनिवार्य त्यस परिकार सङ्ग सलाद खानु पर्दछ । अन्यथा अपच हुनसक्छ ।
सम्बन्धित समाचार
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
कोका–कोलाको ‘भरौँ खुसी’ अभियान, हवाई र बस टिकट जित्ने मौका
वीरगंजमा नयाँ शोरूम संचालनमा ल्याउँदै कजारिया रमेश टायल्सको बजार विस्तार
नबिल बैंकको नबिल भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
इन्साइट टेक्नोलोजीलाई एएसओसिआईओ डिजिटल एआई अवार्ड २०२६ मा “एआई इन साइबरसिक्युरिटी” अवार्डद्वारा सम्मानित
