दशैँ बजारमा छुटका नाममा लुट
काठमाडौं । दसैँका बेला उपभोक्ताले खानेकुरादेखि लत्ताकपडा, जुत्ताचप्पललगायतका सामान पनि नयाँ किन्ने गर्छन् । त्यसैले पनि अन्य समयको तुलनामा चाडपर्वमा कपडा र जुत्ता, चप्पललगायतका सामानको कारोबार धेरै हुने गरेका छन् ।
सडकपेटीदेखि डिपार्टमेन्टल स्टोरसम्म दशैँलाई लक्षित गरेर खानेकुरादेखि कपडा, जुत्ताचप्पललगायतका सामान १०० प्रतिशतसम्म छुट भन्दै बिक्रीका लागि राखिएका छन् । छुट भनिएका बजारमा किन्ने उपभोक्ताको त्यत्तिकै भीड छ । दशैँ पर्व हुनेखानेको मात्रै नभएर हुँदा खानेको पनि भएकाले सबै वर्गका नागरिक बजारमा भीड लाग्छ ।
न्युरोडमा सारी, कुर्था, टप्स् पसलमा काम गर्ने एक कर्मचारीले भने, “दशैँअगाडि एक हजारमा बिक्री गर्दै आएको टप्स् अहिले प्रतिपिसमा ५०० रुपैयाँ बढाई एक हजार पाँच सय रुपियाँ पु¥याएर प्रतिपिसमा २० प्रतिशत छुट भनिएको छ, यो मात्रै होइन, सारी र कुर्था पनि त्यस्तै छ ।’’ “बच्चाका कपडामा त अझ पहिलेभन्दा दोब्बरभन्दा बढी मूल्य वृद्धि गरिएको छ । ती सामान ‘फिक्स’ मूल्य भनेर सेलमा राखिएको छ । उपभोक्ता फ्रीमा पाएजस्तै गरी भीड लागेर पानी पिउन पनि पाइँदैन,” उनले थपे ।
यस्तै रञ्जना गल्लीमा जुत्ता पसलका काम गर्ने विनोद न्यौपानेले सकेसम्म सेल भनेर बिक्रीमा राखेको पसलमा सामान नकिन्न सल्लाह दिए। उनले भने, “सेल भनेका ठाउँमा धेरै ठूलो खेल हुन्छ । त्यसमा उपभोक्ता सचेत हुनुपर्छ, कि गुणस्तरमा समस्या हुन्छ कि मूल्यमा गडबड, त्यसैले सकेसम्म त्यस्तोमा सचेत हुनुपर्छ ।” भृकुटीमण्डपमा राखिएको जुत्ताचप्पलको छुट मेलामा दुई छोरासहित उत्साहित भएर जुत्ता किन्न आएका बद्री अधिकारी जुत्तै नकिनी फर्किए । मेलामा छुटमा जुत्ता पाइन्छ भन्ने समाचार सुनेर आएका उनले भने “जुत्ता मेलामा केको छुट हुनुरु छुटका नाममा लुट रहेछ । न राम्रो न सस्तो, कालोबजारी यहीँ छ । बजारमा सजिलै एक हजार पाँच सयमा पाइने जुत्ता यहाँ दुई हजार पाँच सय रुपियाँ तोकेर २० प्रतिशत छुट भनेर झुक्काइएको छ ।”
उपभोक्ता अधिकारकर्मीले चाडपर्वका बेलामा बजारमा छुट र सेलका नाममा सीमित व्यापारीले लुट मच्चाउँदासमेत सरकारका नियमनकारी निकाय रमिते बनेको आरोप लगाएका छन् ।
उपभोक्ता अधिकार तथा अनुसन्धान मञ्चका अध्यक्ष माधव तिम्लिसेनाले चाडपर्वका बेलामा यस पटक मात्रै होइन, हरेक वर्ष सेल र छुटका नाममा आमउपभोक्तामा भ्रम सिर्जना गरेर ठूलो परिणाममा ठगी हुने गरेको बताए। उनले भने, “छुट र सेलका नाममा कति लुट हुन्छ भन्ने कुरा त तीन वर्षअगाडि दरबारमार्ग र न्युरोडको जुत्ता पसलले गरेको कामले पुष्टि हुन्छ ।”
सरकारका नियमनकारी निकायले मूल्यको अनुगमन गर्न नसक्दाको परिणाम भएको उनको भनाइ छ । अनुगमन त खाली साना लगानीका पसल अनुगमन गरेर उपभोक्तालाई झुक्याउने काम मात्रै भएको उनको आरोप छ । गोरखापत्र दैनिकबाट
सम्बन्धित समाचार
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
कोका–कोलाको ‘भरौँ खुसी’ अभियान, हवाई र बस टिकट जित्ने मौका
वीरगंजमा नयाँ शोरूम संचालनमा ल्याउँदै कजारिया रमेश टायल्सको बजार विस्तार
नबिल बैंकको नबिल भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
इन्साइट टेक्नोलोजीलाई एएसओसिआईओ डिजिटल एआई अवार्ड २०२६ मा “एआई इन साइबरसिक्युरिटी” अवार्डद्वारा सम्मानित
