• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        सोमबार, कार्तिक ०४, २०८२
सोमबार, कार्तिक ०४, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८२ साल कार्तिक ०३ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

स्वास्थ्य बीमा नवीकरणमा थप शुल्क तत्काल लागु नहुने, बोर्डको निर्णय

तिहारमा कस्तो रहला देशभरको मौसम ?

थप ५० रुग्ण आयोजनाको ठेक्का तोड्दै सरकार

ग्लोबल आइएमई बैंक दोस्रो पटक ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड” बाट सम्मानित

सुनको मूल्य तोलामा चार हजार आठ सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?

आज कार्तिक कृष्ण त्रयोदशी : काग तिहार मनाइँदै

२०८२ साल कार्तिक ०२ गते आइतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

कात्तिकमा निक्षेपको ब्याजदर घट्यो,अधिकांश वाणिज्य बैंकको दर घटाउने निर्णय

लोकप्रिय समाचार

  • १. २०८२ साल असोज ३१ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • २. २०८२ साल असोज २८ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ३. अब झन्झट बिना निरन्तर सेवा : नेपाल टेलिकमको जीएसएम पोस्टपेडमा ‘रिकरिङ अनलिमिटेड प्याक’

  • ४. २०८२ साल असोज २९ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ५. २०८२ साल असोज ३० गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ६. बिवाइडीद्वारा एक करोड ४० लाख गाडी उत्पादन, ब्राजिलका राष्ट्रपति लुला बने विशेष गाडीको मालिक

  • ७. २०८२ साल कार्तिक ०२ गते आइतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ८. हालसम्मकै उच्च बिन्दुमा पुग्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

  • ९. तिहार बिदामा पनि बैंकिङ सेवा दिन राष्ट्र बैङ्कको आग्रह

  • १०. पेट्रोलको मूल्य घट्यो, अब कुन ठाउँमा कति मुल्य ?

सामाजिक सुरक्षाभत्ता वितरण गर्न शिविर

काठमाडौँ । साकेला गाउँपालिकाले सञ्चालन गरेको सामाजिक सुरक्षाभत्ता भुक्तानी शिविरमा चार सय ८३ जना लाभग्राहीले सेवा लिएका छन् । नेपाल एसबिआई बैंकसँगको सहकार्यमा गाउँपालिकाले वृद्धावस्थाका ज्येष्ठ नागरिक, अशक्त अवस्थाका नागरिक तथा आफै हिँडेर बैंकसम्म जान नसक्ने चार सय ८३ लाभग्राहीलाई उनीहरुको गाउँटोलमै लगेर रु ६६ लाख ७२ हजार तीन सय रकम वितरण गरेको हो ।

शिविरमा उपस्थित हुन नसक्ने अन्य लाभग्राहीले भने एसबिआई बैंकको साकेला शाखा र देशभर सञ्चालनमा रहेको जुनसुकै शाखाबाट भत्ता रकम बुझ्ने व्यवस्था गरिएको सामाजिक सुरक्षा शाखाप्रमुख डिएम चाम्लिङ राईले जानकारी दिए । गाउँपालिकाले हिन्दू नेपालीहरुको महान् चाड दसैँरतिहार तथा छठ पर्वका अवसर पारेर गत असोज ४ देखि ११ गतेसम्म भुक्तानी शिविर सञ्चालन गरेको हो ।

असोज ४ गते वडा नं ५ मात्तिमबिर्तामा सञ्चालन गरिएको शिविरबाट ९० जना लाभग्राहीलाई रु १२ लाख ४९ हजार रकम भुक्तानी गरिएको जनाइएको छ । असोज ५ गते वडा नं १ बाँझेच्यानडाँडामा सञ्चालन भएको शिविरमा ८२ जना लाभग्राहीको लागि रु १२ लाख ९२ हजार, असोज ६ गते वडा नं १ डाँडागाउँमा सञ्चालन गरिएको शिविरबाट ७८ जना लाभग्राहीको लागि रु १० लाख २५ हजार रकम वितरण गरिएको छ । असोज ७ गते वडा नं २ रतन्छामा सञ्चालन गरिएको शिविरबाट एक सय १० जना लाभग्राहीले रु १४ लाख ९२ हजार रकम भुक्तानी लिएका छन् भने असोज ९ गते वडा नं ४ मात्तिममा सञ्चालन गरिएको शिविरबाट ५९ जना लाभग्राहीले रु आठ लाख ९८ हजार र असोज–११ गते वडा नं ३ खिदिमामा सञ्चालन गरिएको शिविरमा ६४ जना लाभग्राहीले रु आठ लाख ४५ हजार रकम भुक्तानी लिएका छन् ।

शिविरमा बैंकका शाखा प्रबन्धक असिम इङ्नाम लिम्बू र गाउँपालिकास्थित सामाजिक सुरक्षा शाखाका कर्मचारीहरुको सक्रिय सहभागिता रहेको थियो । चालु आर्थिक वर्ष २०७९र८० का लागि गाउँपालिकामा रु एक करोड २३ लाख छ हजार तीन सय ३० भत्ता रकम निकासा गरिएको गाउँपालिकाले जनाएको छ ।

सामाजिक सुरक्षाभत्ता प्राप्त गर्ने लाभग्राहीको सेवालाई मध्यनजर गर्दै गाउँपालिका र बैंकको सहकार्यमा वर्षको तीन पटक वडावडामा भुक्तानी शिविर सञ्चालन गर्ने गरिएको गाउँपालिका प्रमुख रविप्रकाश राईले जानकारी दिए । साकेला गाउँपालिकामा सबै प्रकारका सामाजिक सुरक्षाभत्ता प्राप्त गर्ने लाभग्राहीको सङ्ख्या चालु आर्थिक वर्ष एक हजार तीन सय १५ जना कायम रहेका छन् ।

सरकारले ६८ वर्ष पूरा गरेका ज्येष्ठ नागरिकको लागि प्रतिमहिना रु चार हजार, ६० वर्ष उमेर पुगेका दलित, ६० वर्ष उमेर पूरा भएका एकल महिला तथा विधवालाई रु दुई हजार ६ सय ६० दरले सामाजिक सुरक्षाभत्ता उपलब्ध गराउँदै आएको छ । पूर्ण अपाङ्गता भएका व्यक्तिका लागि रु तीन हजार नौ सय ९०, अति अशक्त अपाङ्गता भएका नागरिकले रु दुई हजार एक सय २८, लोपोन्मुख अवस्थाका आदिवासी जनजातिको लागि रु तीन हजार नौ सय ९० र दलित तथा क्षेत्र तोकिएका पाँच वर्षमुनिका बालबालिकालाई रु पाँच सय ३२ का दरले सामाजिक सुरक्षा भत्ता प्रदान गर्दै आएको छ ।

सरकारद्वारा प्रदान गरिने सामाजिक सुरक्षाभत्ता रकम वर्षको चार पटक प्रत्येक तीनरतीन महिनामा बैंकमार्फत वितरण हुने गरेको छ । साकेला गाउँपालिकाले आर्थिक वर्ष २०७७÷७८ को दोस्रो चौमासिकदेखि नेपाल एसबिआई बैंकको साकेला शाखाबाट भत्ता रकम वितरण गर्दै आइएको छ ।

जिल्लाकै सबैभन्दा थोरै पाँच वडामात्र रहेको उक्त गाउँपालिकामा कर्मचारीमार्फत सामाजिक सुरक्षाभत्ता वितरण गर्दा व्यापक अनियमितता भएको गुनासो आएपछि बैंकमार्फत वितरण सुरु गरिएको हो । साकेला गाउँपालिकामा एकै आर्थिक वर्ष रु ८७ लाख ४१ हजार ६ सय रकम दुरुपयोग भएको पाइएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलेसमेत छानबिन सुरु गरेको छ ।

यद्यपि, अख्तियारले अहिलेसम्म छानबिन प्रतिवेदन बुझाएको छैन । एउटै नाम, एउटै जन्म मिति, एउटै नागरिकता नम्बर र एउटै ठेगाना राखेर कर्मचारीहरुले वर्षौंदेखि रकम बुझ्दै आएको जानकारी पाएपछि सामाजिक सुरक्षाभत्ता वितरणमा अनियमितता भएको जानकारी बाहिरिएको हो ।

दस स्थानीय तह रहेको जिल्लामा उक्त गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरणमा भएको अनियमितता रोक्ने प्रयास सुरु गरेपछि अन्य स्थानीय तहले पनि पहल थालेको छ । जिल्लाका सबै स्थानीय तहले आ–आफ्नो पायक पर्ने ठाउँमा सञ्चालित बैंकसँग परामर्श गरेर सम्झौता गर्ने क्रम धमाधम भइरहेको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    स्वास्थ्य बीमा नवीकरणमा थप शुल्क तत्काल लागु नहुने, बोर्डको निर्णय
    तिहारमा कस्तो रहला देशभरको मौसम ?
    थप ५० रुग्ण आयोजनाको ठेक्का तोड्दै सरकार

    लोकप्रिय

    २०८२ साल असोज ३१ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    २०८२ साल असोज २८ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    अब झन्झट बिना निरन्तर सेवा : नेपाल टेलिकमको जीएसएम पोस्टपेडमा ‘रिकरिङ अनलिमिटेड प्याक’

    २०८२ साल असोज २९ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    २०८२ साल असोज ३० गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    ताजा

    २०८२ साल कार्तिक ०३ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    स्वास्थ्य बीमा नवीकरणमा थप शुल्क तत्काल लागु नहुने, बोर्डको निर्णय

    तिहारमा कस्तो रहला देशभरको मौसम ?

    थप ५० रुग्ण आयोजनाको ठेक्का तोड्दै सरकार

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • २०८२ साल कार्तिक ०३ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल
    • स्वास्थ्य बीमा नवीकरणमा थप शुल्क तत्काल लागु नहुने, बोर्डको निर्णय
    • तिहारमा कस्तो रहला देशभरको मौसम ?
    • थप ५० रुग्ण आयोजनाको ठेक्का तोड्दै सरकार
    • ग्लोबल आइएमई बैंक दोस्रो पटक ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड” बाट सम्मानित

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.