• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
११ असार २०८३, बिहीबार
११ असार २०८३, बिहीबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
  • १२ घण्टा 

प्लाटाको निर्णायक गोलमा जर्मनीमाथि इक्वेडरको रोमाञ्चक पुनरागमन जित, अन्तिम ३२ मा प्रवेश
  • १२ घण्टा 

यस्तो छ आजको मौसम पुर्वानुमान
  • १३ घण्टा 

२०८३ असार १२ गते शुक्रबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १३ घण्टा 

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च शिक्षा क्षेत्र सुदृढ बनाउन रणनीतिक सहकार्य
  • १ दिन 

काठमाडौंको सफलतापछि सीजी मोटर्सको ‘महा मेला एक्सचेन्ज कार्निभल’ पोखरामा सुरु
  • १ दिन 

वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन
  • १ दिन 

दृष्टिविहीन छात्रावासका लागि कामना सेवा विकास बैंकको सहयोग, कुलर र ब्रेल पेपर प्रदान
  • १ दिन 

सिजी ब्रान्डको ‘क्यान यु सल्भ द पजल’ : सीजी ब्रिजर २२ एयर कुलर विजेता बने नुवाकोटका श्याम रिजाल
  • १ दिन 

लोकप्रिय समाचार

  • १. यामाल बने यस विश्वकपको सबैभन्दा कान्छो गोलकर्ता, स्पेन ४-० ले बिजयी

  • २. विपन्न परिवारको स्वास्थ्य बीमा गाउँपालिकाले तिर्ने, मैवा खोलाले ल्यायो ४३ करोड ६१ लाखको बजेट

  • ३. एप्पलले ल्याउँदै विश्वकै सबैभन्दा पातलो आईफोन, अत्याधुनिक सुधारसहित

  • ४. सोमबार सम्भव हुन नसकेको रास्वपाको बन्द सत्र आजवाट सुरू हुने

  • ५. क्रिस्टियानो रोनाल्डो कम्तिमा दैनिक कमाउँछन् ८ करोड, कति छ त उनको सम्पत्ति ?

  • ६. सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

  • ७. २०८३ असार १० गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ८. पहिलो पटक एकै पटक सार्बजनिक भयो मन्त्री परिषदका १५ निर्णय

  • ९. सुनको मूल्य प्रतितोला एक हजार चार सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

  • १०. वाणिज्य बैंकमा गैरबैंकिङ सम्पत्ति बढ्यो, कुन बैंकमा कति ?

दशैंको खास विशेषता मीठोमसिनो खाने हो, मासु र मदिराको लोभमा दशा नबनोस् दशैं

जानकारी केन्द्र २०७९, आश्विन, १३

काठमाडौँ । दशैंको खास विशेषता हो, मीठोमसिनो खाने । यतिबेला धेरैको भान्सामा खसीको पक्कु वा मासुजन्य परिकार पाक्छ । आफन्तलाई घरमा निम्त्याएर होस् वा पाहुना लाग्दा, मीठोमसिनो खानै पर्छ । यो पर्वमा नेपाली समाजले अत्याधिक मासुको खपत गर्छ । मासुमा पनि खसी अनिवार्य जस्तै हुन्छ, भलै यसपाली त्यस्तो माहौल नभएपनि । सामाजिक धारणा के छ भने, दशैंको मेलोमेसोमा कम्तीमा एउटा खसी भएपनि काट्नैपर्ने प्रचलन छ ।

तर, दशैंको खानपानमा मुख बरिएन भने दशैं दशामा बद्लिन सक्छ । दीर्घरोगी र खासगरी मुटुका समस्या भएकाहरुले खानपानमा लोभ गर्नुहुन्न । गाउँघरतिर रक्ती अर्थात रगतबाट बन्ने परिकार पनि निकै रुचाइन्छ । तर, मुटुका समस्या भएकाहरुले रक्ती खानु हानिकारक छ । यसमा नुनुको मात्रा अत्याधिक हुन्छ । त्यसैले उच्च रक्तचाप बढाउँछ । अर्कोतिर हामीले खाने मासु कति स्वस्थ छ रु कस्तो पशु बध गरिएको हो रु कसरी भण्डारण गरिएको छ भन्ने कुरामा ध्यान दिन जरुरी छ ।

खसी रोगी छ भने उक्त रोगको किटाणु रगतमा बसेको हुन्छ । जसले मुटुमा संक्रमण गर्न सक्ने हुदाँ सकेसम्म यस्ता खानेकुराको सेवनबाट बच्नुपर्छ । दशैंमा धेरै खानेकुरा पकाउने, पटक पटक पकाएर वा तताएर खाने, दुई–चार दिनसम्म राखेर खाने प्रवृत्ति पनि देखिन्छ । तर, त्यसरी मासु वा कुनैपनि खानेकुरा पटक पटक पकाउँदा त्यसको पोषक तत्व नष्ट हुनेमात्र होइन, विषाक्त पनि हुन्छ । यसले रोगको भय अरु थपिदिन्छ ।

नेपाली समाजमा कवाफ मासु पकाउँदा बोसोको प्रयोग अत्याधिक हुने गर्छ । जबकी मुटुका रोग भएकाहरुले सकभर बोसोरहित मासुको प्रयोग गर्नु पर्छ । त्यस्तै चिल्लोको प्रयोग पनि सकेसम्म कम गर्नु पर्छ । बढी मसला, बेसार तथा पिरोको प्रयोगले मुटुलाई खासै असर गर्दैन । बोसोयुक्त मासुले मुटुलाई हदैसम्मको हानी गर्दछ ।

मासु नै खाएपनि थोरै थोरै मासुको सेवन गर्नु उचित हुन्छ । एकैपटक ठूलो परिणाममा मासुको सेवनले पनि मुटुलाई असर पार्न सक्छ । मासु खाँदा एक कचौरा मासुको साथमा दुुई कचौरा काक्रो, गाँजर, मुला लगायतका सलादका साथमा गेडागुडी मिसाइएको खानेकुरा,रेसादार तरकारी तथा फलफुलको सेवन अत्याधिक मात्रामा गर्न जरुरी छ । उच्च फाइबरयुक्त खानेकुराको सेवनले चिल्लो काट्न मद्दत गर्छ । त्यसबाहेक, मासुमा पहिले नै नुन भएको हुदाँ कुनै पनि मासु खाँदा नुनको प्रयोग सकेसम्म कम गर्न जरुरी छ ।

मदिराको मात्रा

दशैंको बेला नेपाली समाजले अत्याधिक खपत गर्छ, मदिरा पनि । अक्सर पारिवारिक जमघटमा मदिरा पिउने प्रवृत्ति बढ्दो छ । त्यसैगरी पाहुनाको सत्कार गर्न पनि मदिरा टक्र्याउने गरिन्छ । अर्कोतिर आफन्त, साथीभाई तासको खालमा जमेर मदिरा पिउने बानी पनि धेरैको छ । एकातिर चिल्लोचाप्लो, मसलेदार मासु, अर्कोतिर मदिरा । ज्यानले कसरी थेग्न सक्ला रु

यसले स्वास्थ्यलाई नराम्ररी खराब बनाउँछ नै । उच्च रक्तचाप, मुटु रोगमा त यो विष समान नै हो । मदिरा मात्र होइन, कोक, फेन्टा समेत त्यती धेरै पिउनु उचित हुँदैन । नियन्त्रित मात्रामा पिएर रमाइलो गरे हुन्छ । साथै मदिरा पिउनुअघि पर्याप्त पानी पिउने । मदिरासँग मासुजन्य सितन नखाने । बरु फलफूल, सलाद खाने गरौं ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
प्लाटाको निर्णायक गोलमा जर्मनीमाथि इक्वेडरको रोमाञ्चक पुनरागमन जित, अन्तिम ३२ मा प्रवेश
यस्तो छ आजको मौसम पुर्वानुमान

ताजा

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

प्लाटाको निर्णायक गोलमा जर्मनीमाथि इक्वेडरको रोमाञ्चक पुनरागमन जित, अन्तिम ३२ मा प्रवेश

यस्तो छ आजको मौसम पुर्वानुमान

२०८३ असार १२ गते शुक्रबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.