• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        सोमबार, कार्तिक ०४, २०८२
सोमबार, कार्तिक ०४, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८२ साल कार्तिक ०३ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

स्वास्थ्य बीमा नवीकरणमा थप शुल्क तत्काल लागु नहुने, बोर्डको निर्णय

तिहारमा कस्तो रहला देशभरको मौसम ?

थप ५० रुग्ण आयोजनाको ठेक्का तोड्दै सरकार

ग्लोबल आइएमई बैंक दोस्रो पटक ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड” बाट सम्मानित

सुनको मूल्य तोलामा चार हजार आठ सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?

आज कार्तिक कृष्ण त्रयोदशी : काग तिहार मनाइँदै

२०८२ साल कार्तिक ०२ गते आइतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

कात्तिकमा निक्षेपको ब्याजदर घट्यो,अधिकांश वाणिज्य बैंकको दर घटाउने निर्णय

लोकप्रिय समाचार

  • १. २०८२ साल असोज ३१ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • २. २०८२ साल असोज २८ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ३. अब झन्झट बिना निरन्तर सेवा : नेपाल टेलिकमको जीएसएम पोस्टपेडमा ‘रिकरिङ अनलिमिटेड प्याक’

  • ४. २०८२ साल असोज २९ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ५. २०८२ साल असोज ३० गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ६. बिवाइडीद्वारा एक करोड ४० लाख गाडी उत्पादन, ब्राजिलका राष्ट्रपति लुला बने विशेष गाडीको मालिक

  • ७. २०८२ साल कार्तिक ०२ गते आइतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ८. हालसम्मकै उच्च बिन्दुमा पुग्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

  • ९. तिहार बिदामा पनि बैंकिङ सेवा दिन राष्ट्र बैङ्कको आग्रह

  • १०. पेट्रोलको मूल्य घट्यो, अब कुन ठाउँमा कति मुल्य ?

‘पर्यटकीय गन्तव्यलाई कलामार्फत विश्वमाझ पु(याउनु जरुरी’

काठमाडौँ । फेवातालको किनार ड्यामसाइडस्थित नेपाल पर्यटन बोर्डको कार्यालय परिसरभित्र लस्करै कला सजाएर राखिएका छन् । पोखराको पर्यटनको मुख्य याम सुरु भइसकेका कारण त्यहाँ रहेको बोर्डको कार्यालय तथा अध्यागमन कार्यालयमा यतिखेर चहलपहल बढिरहेको छ ।

विभिन्न कामसहित त्यहाँ कार्यालयमा पुग्ने अधिकांशतः विदेशी पर्यटकको ध्यान त्यहाँ प्रदर्शनमा राखिएका कलाले आकर्षित गरेको छ । कलाका क्षेत्रमा पानी रङगको सहरका रुपमा पहिचान बनाएको पोखरामा विश्व पर्यटन दिवसका अवसरमा अप्टिमिष्ट क्लब अफ लेखनाथको आयोजना एवं नेपाल पर्यटन बोर्डको प्रवद्र्धन र नगेन आर्ट एकेडेमीको सहकार्यमा कलाकार नगेन सिंहको एकल कला प्रदर्शनी गरिएको हो । उक्त प्रदर्शनीमा कलाकार सिंहले तयार गरेका जीवन जगतका विभिन्न यथार्थता झल्किएका कला राखिएका छन् ।

सिंहको उक्त बाह्रौँ एकल कला प्रदर्शनीमा हिमालदेखि तराईसम्मका विभिन्न कलामा पानी रङगको प्रयोगदेखि अल्कोहल कलर, एक्लोरिक कलर आदिको प्रयोग गरिएको छ । प्रदर्शनीमा हिमाली, पहाडी तथा तराईका मनोरम भूभाग, खोलानालादेखि पशुवस्तुका चित्र कोरिएका छन् । प्रदर्शनीमा राखिएका हिमाली तथा पहाडी बस्तीसँगै अमूर्त कलाले पनि त्यहाँ पुग्ने जोकोहीको मन लोभ्याएको छ । ‘रिथिङकिङ टुरिजम आर्ट एक्जिविसन’ नाम दिइएको कला प्रदर्शनीमा विभिन्न ३३ कला प्रदर्शनमा राखिएको कलाकार नगेन सिंहले बताउनुहुन्छ ।

“प्रदर्शनीमा नेपाली जीवन जगतका यथार्थता, प्रकृति, संस्कृति आदिलाई समेटिएका कला राखिएका छन्”, उहाँ भन्नुहुन्छ,“नेपालका हरेक पर्यटकीय गन्तव्यलाई कलामार्फत विश्वमाझ पु¥याउनु जरुरी छ, प्रदर्शनीमार्फत पोखरासहित समग्र नेपालको पर्यटन प्रवद्र्धनमा योगदान पुग्ने विश्वास लिएको छु ।”कोरोना प्रभावित पर्यटनको पुर्नरुत्थानमा कलाकर्मीको पनि महत्वपूर्ण भूमिका हुने बताउँदै उहाँले यसका लागि राज्यले उनीहरूको भूमिकालाई उचित स्थान दिएर अघि बढ्नुपर्ने बताउनुहुन्छ ।

“कला अझै राज्यको प्राथमिकतामा परेको छैन”, उहाँ भन्नुहुन्छ, “कलाकर्मी जबसम्म आफ्ना कलामार्फत बाँच्न सक्ने अवस्था राज्यले तयार गर्दै तवसम्म यो क्षेत्रको विकास हुनसक्दैन ।” पर्यटन समाजका धेरै कुरासँग जोडिएको बताउनुहुने नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयका प्रमुख काशीराज भण्डारी कलाका माध्यमबाट जीवन जगतको यथार्थता चित्रण हुने धारणा राख्नुहुन्छ ।
कला आफैँमा महत्वपूर्ण पहिचान भएको बताउँदै उहाँ भन्नुहुन्छ, “फ्रान्सको लुभ्र कला सङग्रहालय जस्ता धेरै स्थल कलाकारिताकै माध्यमबाट विश्वमाझ परिचित भएको यथार्थतालाई हामीले बुझ्नु जरुरी छ । ”

कला तत्कालीन समयको जीवन्त चित्रण गर्ने माध्यम समेत भएको बताउँदै उहाँले प्रत्येक ऐतिहासिक बस्तु तथा सन्दर्भ कलाका माध्यमबाट पछिल्लो पुस्ता माझ हस्तान्तरण हुन सक्ने बताउनुभयो । कलाका माध्यमबाट समाजमा सचेतना समेत जगाउने सकिने प्रदर्शनीको आयोजक संस्था अप्टिमिष्ट क्लब अफ लेखनाथका अध्यक्ष रोशन अधिकारी बताउनुहुन्छ ।

कलाकारिताको प्रवद्र्धन र विकास क्लबको प्राथमिकतामा रहेको बताउँदै उहाँले यस प्रदर्शनीलाई एउटा महत्वपूर्ण अवसरमा रुपमा लिएको धारणा राख्नुहुन्छ । “समाजमा धेरै लुकेका वास्तविकतालाई कलाका माध्यमबाट खोतल्न सकिन्छ”, उहाँले भन्नुहुन्छ, “कलाकार सिंहको यस प्रदर्शनीमा तिनै विविधतायुक्त यथार्थतालाई कलामार्फत प्रस्तुत गरिएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    स्वास्थ्य बीमा नवीकरणमा थप शुल्क तत्काल लागु नहुने, बोर्डको निर्णय
    तिहारमा कस्तो रहला देशभरको मौसम ?
    थप ५० रुग्ण आयोजनाको ठेक्का तोड्दै सरकार

    लोकप्रिय

    २०८२ साल असोज ३१ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    २०८२ साल असोज २८ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    अब झन्झट बिना निरन्तर सेवा : नेपाल टेलिकमको जीएसएम पोस्टपेडमा ‘रिकरिङ अनलिमिटेड प्याक’

    २०८२ साल असोज २९ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    २०८२ साल असोज ३० गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    ताजा

    २०८२ साल कार्तिक ०३ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    स्वास्थ्य बीमा नवीकरणमा थप शुल्क तत्काल लागु नहुने, बोर्डको निर्णय

    तिहारमा कस्तो रहला देशभरको मौसम ?

    थप ५० रुग्ण आयोजनाको ठेक्का तोड्दै सरकार

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • २०८२ साल कार्तिक ०३ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल
    • स्वास्थ्य बीमा नवीकरणमा थप शुल्क तत्काल लागु नहुने, बोर्डको निर्णय
    • तिहारमा कस्तो रहला देशभरको मौसम ?
    • थप ५० रुग्ण आयोजनाको ठेक्का तोड्दै सरकार
    • ग्लोबल आइएमई बैंक दोस्रो पटक ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड” बाट सम्मानित

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.