• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
११ असार २०८३, बिहीबार
११ असार २०८३, बिहीबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
  • १३ घण्टा 

प्लाटाको निर्णायक गोलमा जर्मनीमाथि इक्वेडरको रोमाञ्चक पुनरागमन जित, अन्तिम ३२ मा प्रवेश
  • १३ घण्टा 

यस्तो छ आजको मौसम पुर्वानुमान
  • १४ घण्टा 

२०८३ असार १२ गते शुक्रबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १५ घण्टा 

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च शिक्षा क्षेत्र सुदृढ बनाउन रणनीतिक सहकार्य
  • १ दिन 

काठमाडौंको सफलतापछि सीजी मोटर्सको ‘महा मेला एक्सचेन्ज कार्निभल’ पोखरामा सुरु
  • १ दिन 

वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन
  • १ दिन 

दृष्टिविहीन छात्रावासका लागि कामना सेवा विकास बैंकको सहयोग, कुलर र ब्रेल पेपर प्रदान
  • १ दिन 

सिजी ब्रान्डको ‘क्यान यु सल्भ द पजल’ : सीजी ब्रिजर २२ एयर कुलर विजेता बने नुवाकोटका श्याम रिजाल
  • १ दिन 

लोकप्रिय समाचार

  • १. यामाल बने यस विश्वकपको सबैभन्दा कान्छो गोलकर्ता, स्पेन ४-० ले बिजयी

  • २. विपन्न परिवारको स्वास्थ्य बीमा गाउँपालिकाले तिर्ने, मैवा खोलाले ल्यायो ४३ करोड ६१ लाखको बजेट

  • ३. एप्पलले ल्याउँदै विश्वकै सबैभन्दा पातलो आईफोन, अत्याधुनिक सुधारसहित

  • ४. सोमबार सम्भव हुन नसकेको रास्वपाको बन्द सत्र आजवाट सुरू हुने

  • ५. क्रिस्टियानो रोनाल्डो कम्तिमा दैनिक कमाउँछन् ८ करोड, कति छ त उनको सम्पत्ति ?

  • ६. सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

  • ७. २०८३ असार १० गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ८. पहिलो पटक एकै पटक सार्बजनिक भयो मन्त्री परिषदका १५ निर्णय

  • ९. सुनको मूल्य प्रतितोला एक हजार चार सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

  • १०. वाणिज्य बैंकमा गैरबैंकिङ सम्पत्ति बढ्यो, कुन बैंकमा कति ?

दसैँ नजिकिएपछि गाउँ–गाउँमा सरसफाइ

जानकारी केन्द्र २०७९, आश्विन, १३

काठमाडौँ । हिन्दूहरूको महान् पर्व दसैँ नजिकिएपछि कैलालीका गाउँ–गाउँमा सरसफाइ गर्न थालिएको छ । नागरिकहरु स्वस्फूर्तरुपमा आफ्नो गाउँ सफा राखौँ भनी वर्षात्मा भएको झाडी तथा सडका सफा गर्न थालेका हुन् । टीकापुर १ बनगाउँ दक्षिणपुरुवामा दशैँको तयारी र डेङ्गुलगायत रोगबाट बच्न सहयोग पुग्ने भन्दै सडक सफा गरिएको हो । वडघरका खुशीराम चौधरीले लामखुट्टेको टोकाइबाट लाग्ने रोगबाट बच्न र गाउँ सफा राख्न स्थानीयवासी आफैँले सफाइ गर्न थालेको बताए ।

सरसफाइमा महिला पुरुषसहित करिब डेढ सय सहभागी थिए । स्थानीयवासीले करिब दुई किलोमिटर सडक सफा गरेको उनले बताए । “हामीले हरेक वर्ष चाडपर्वका समयमा सरसफाइ गर्ने गरेका छौँ, सडकमा रहेका खाल्डाखुल्डी पुर्नाका साथै सडकमा रहेका झारपात काटेका हौँ’’, उनले भने, “हामीले सडक तथा कुला मर्मतका साथै सफा पनि गर्दै आएका छौँ ।”

सरसफाइमा सहभागी सुस्मिता चौधरीले गाउँघर सफा भएमा चाडपर्व रमाइलो हुने भएकाले आफू पनि सरसफाइमा सहभागी भएको बताए । “वर्षात्मा परेका खाल्डाखुल्डीसमेत पुर्न थालेका छौँ, यस वर्ष एक साताअघिसम्म पानी परिरहेकाले जताततै पानी जमेको छ । पानी जमेका ठाउँमा लामखुट्टे जन्मने भएकाले पुर्न थालेका हौँ”, उनले भने, “सरसफाइ गरेमा लामखुट्टेको टोकाइबाट लाग्ने डेङ्गुलगायत रोग र अन्य रोगबाट समेत बच्न सकिन्छ ।”

उता जानकी गाउँपालिका–४ कञ्चनपुरमा समेत स्थानीयवासीले सरसफाइ गरेका छन् । कञ्चनपुरमा रहेका तीनवटा विद्युत् सहकारी संस्थाका उपभोक्ताले करिब चार किलोमिटर सडक सरसफाइ गरेका हुन् । रोशनी, शिवप्रकाश र जगन्नाथ विद्युत् सहकारी संस्थाका करिब पाँच सय उपभोक्ताले टोल–टोलमा मिलेर सरसफाइ गरेका हुन् । “उपभोक्ताले दशैँको स्वागतका लागि घरआँगन तथा सडक सरसफाइ र सडक छेउमा रहेका झालापाताले विद्युत् आपूर्तिमा करेन्ट लाग्नेजस्ता समस्याबाट बच्न सरसफाइ गरेका हुन्”, स्थानीय अगुवा परशुराम महतोले भने, “यसका साथै विभिन्न सरुवा रोगबाट बच्नसमेत सहयोग पुग्छ । हामीले धानखेती भित्र्याउने समयअघि सडकमा रहेका खाल्डाखुल्डी पुर्न सल्लाहसमेत गरेका छौँ ।”

सरसफाइ नहुँदा सडकभरि झारपातले भरिएका थिए । सडकमा भएका अनावश्यक झारपात र फोहर व्यवस्थापन गरिएको जानकी–४ का तेतरानी चौधरीले बताए । “हामीले सबैलाई घरआँगन पनि सफा गर्न भनेका छौँ, साथै हामी पनि सरसफाइमा खटेका छौँ । अब नियमित सरसफाइ गर्ने सल्लाहसमेत भएको छ ।”यसका साथै नागरिकलाई सडकमा गाईवस्तु नबाँध्न आग्रह गरिएको छ । सडकमा गाईवस्तु बाँध्दा दुर्गन्धित हुनाका साथै सडक दुर्घटना बढ्ने भएकाले सो आग्रह गरिएको तेतरानीले बताए ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
प्लाटाको निर्णायक गोलमा जर्मनीमाथि इक्वेडरको रोमाञ्चक पुनरागमन जित, अन्तिम ३२ मा प्रवेश
यस्तो छ आजको मौसम पुर्वानुमान

ताजा

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

प्लाटाको निर्णायक गोलमा जर्मनीमाथि इक्वेडरको रोमाञ्चक पुनरागमन जित, अन्तिम ३२ मा प्रवेश

यस्तो छ आजको मौसम पुर्वानुमान

२०८३ असार १२ गते शुक्रबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.