• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        आइतबार, पुष १३, २०८२
आइतबार, पुष १३, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

मुस्कान छर्दै नामी : सहारा इन्टरनेशनल नेपाल चिल्ड्रेन होमका बालबालिकाले गरे शोरूमको भ्रमण

१२ जिल्लाका सीडीओ हेरफेर, कारागार व्यवस्थापन विभागमा नयाँ महानिर्देशक

भुपु लिम्बुको नयाँ गीत ‘धानको बाला’ सार्वजनिक

शरीरमा देखिने यी लक्षणले दिन्छन् ठूलो बिरामीको संकेत

नेपाल कम्युनिभर्सिटी र काठमाडौं विश्वविद्यालयको सहकार्यमा समुदायकेन्द्रित स्नातकोत्तर कार्यक्रम संचालन हुँदै

प्रसारण लाइनमुनिको जग्गा कित्ताकाट गर्न पाइने, नयाँ व्यवस्था लागू

सुन-चाँदीको मुल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार?

२०८२ साल पौष ११ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

लोकप्रिय समाचार

  • १. २०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • २. २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ३. २०८२ साल पौष ०८ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ४. २०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ५. २०८२ साल पौष ०९ गते बुधबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ६. रोमाञ्चक फाइनल राउण्डसँगै यामाहाद्वारा प्रस्तुत एनआरआरसी २०२५ को सुखद समापन

  • ७. शरीरमा देखिने यी लक्षणले दिन्छन् ठूलो बिरामीको संकेत

  • ८. ‘नेपाल उड, इन्टेरियर तथा फर्निचर अन्तर्राष्ट्रिय प्रदर्शनी २०८२’ शुक्रबारबाट सुरु

  • ९. आज पनि बढ्यो सुनचाँदीको मूल्य, निरन्तर बनाउँदै नयाँ रेकर्ड

  • १०. पुष्प खेतीमा आधुनिकता : ग्लोबल आइएमई बैंकले दिने भयो ‘हरितगृह कर्जा’

दसैँ नजिकिएपछि गाउँ–गाउँमा सरसफाइ

काठमाडौँ । हिन्दूहरूको महान् पर्व दसैँ नजिकिएपछि कैलालीका गाउँ–गाउँमा सरसफाइ गर्न थालिएको छ । नागरिकहरु स्वस्फूर्तरुपमा आफ्नो गाउँ सफा राखौँ भनी वर्षात्मा भएको झाडी तथा सडका सफा गर्न थालेका हुन् । टीकापुर १ बनगाउँ दक्षिणपुरुवामा दशैँको तयारी र डेङ्गुलगायत रोगबाट बच्न सहयोग पुग्ने भन्दै सडक सफा गरिएको हो । वडघरका खुशीराम चौधरीले लामखुट्टेको टोकाइबाट लाग्ने रोगबाट बच्न र गाउँ सफा राख्न स्थानीयवासी आफैँले सफाइ गर्न थालेको बताए ।

सरसफाइमा महिला पुरुषसहित करिब डेढ सय सहभागी थिए । स्थानीयवासीले करिब दुई किलोमिटर सडक सफा गरेको उनले बताए । “हामीले हरेक वर्ष चाडपर्वका समयमा सरसफाइ गर्ने गरेका छौँ, सडकमा रहेका खाल्डाखुल्डी पुर्नाका साथै सडकमा रहेका झारपात काटेका हौँ’’, उनले भने, “हामीले सडक तथा कुला मर्मतका साथै सफा पनि गर्दै आएका छौँ ।”

सरसफाइमा सहभागी सुस्मिता चौधरीले गाउँघर सफा भएमा चाडपर्व रमाइलो हुने भएकाले आफू पनि सरसफाइमा सहभागी भएको बताए । “वर्षात्मा परेका खाल्डाखुल्डीसमेत पुर्न थालेका छौँ, यस वर्ष एक साताअघिसम्म पानी परिरहेकाले जताततै पानी जमेको छ । पानी जमेका ठाउँमा लामखुट्टे जन्मने भएकाले पुर्न थालेका हौँ”, उनले भने, “सरसफाइ गरेमा लामखुट्टेको टोकाइबाट लाग्ने डेङ्गुलगायत रोग र अन्य रोगबाट समेत बच्न सकिन्छ ।”

उता जानकी गाउँपालिका–४ कञ्चनपुरमा समेत स्थानीयवासीले सरसफाइ गरेका छन् । कञ्चनपुरमा रहेका तीनवटा विद्युत् सहकारी संस्थाका उपभोक्ताले करिब चार किलोमिटर सडक सरसफाइ गरेका हुन् । रोशनी, शिवप्रकाश र जगन्नाथ विद्युत् सहकारी संस्थाका करिब पाँच सय उपभोक्ताले टोल–टोलमा मिलेर सरसफाइ गरेका हुन् । “उपभोक्ताले दशैँको स्वागतका लागि घरआँगन तथा सडक सरसफाइ र सडक छेउमा रहेका झालापाताले विद्युत् आपूर्तिमा करेन्ट लाग्नेजस्ता समस्याबाट बच्न सरसफाइ गरेका हुन्”, स्थानीय अगुवा परशुराम महतोले भने, “यसका साथै विभिन्न सरुवा रोगबाट बच्नसमेत सहयोग पुग्छ । हामीले धानखेती भित्र्याउने समयअघि सडकमा रहेका खाल्डाखुल्डी पुर्न सल्लाहसमेत गरेका छौँ ।”

सरसफाइ नहुँदा सडकभरि झारपातले भरिएका थिए । सडकमा भएका अनावश्यक झारपात र फोहर व्यवस्थापन गरिएको जानकी–४ का तेतरानी चौधरीले बताए । “हामीले सबैलाई घरआँगन पनि सफा गर्न भनेका छौँ, साथै हामी पनि सरसफाइमा खटेका छौँ । अब नियमित सरसफाइ गर्ने सल्लाहसमेत भएको छ ।”यसका साथै नागरिकलाई सडकमा गाईवस्तु नबाँध्न आग्रह गरिएको छ । सडकमा गाईवस्तु बाँध्दा दुर्गन्धित हुनाका साथै सडक दुर्घटना बढ्ने भएकाले सो आग्रह गरिएको तेतरानीले बताए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    मुस्कान छर्दै नामी : सहारा इन्टरनेशनल नेपाल चिल्ड्रेन होमका बालबालिकाले गरे शोरूमको भ्रमण
    १२ जिल्लाका सीडीओ हेरफेर, कारागार व्यवस्थापन विभागमा नयाँ महानिर्देशक
    भुपु लिम्बुको नयाँ गीत ‘धानको बाला’ सार्वजनिक

    लोकप्रिय

    २०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०८ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०९ गते बुधबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    ताजा

    २०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    मुस्कान छर्दै नामी : सहारा इन्टरनेशनल नेपाल चिल्ड्रेन होमका बालबालिकाले गरे शोरूमको भ्रमण

    १२ जिल्लाका सीडीओ हेरफेर, कारागार व्यवस्थापन विभागमा नयाँ महानिर्देशक

    भुपु लिम्बुको नयाँ गीत ‘धानको बाला’ सार्वजनिक

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    हालैका पोस्टहरू

    • २०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?
    • मुस्कान छर्दै नामी : सहारा इन्टरनेशनल नेपाल चिल्ड्रेन होमका बालबालिकाले गरे शोरूमको भ्रमण
    • १२ जिल्लाका सीडीओ हेरफेर, कारागार व्यवस्थापन विभागमा नयाँ महानिर्देशक
    • भुपु लिम्बुको नयाँ गीत ‘धानको बाला’ सार्वजनिक
    • शरीरमा देखिने यी लक्षणले दिन्छन् ठूलो बिरामीको संकेत

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.