• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        सोमबार, कार्तिक ०४, २०८२
सोमबार, कार्तिक ०४, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८२ साल कार्तिक ०३ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

स्वास्थ्य बीमा नवीकरणमा थप शुल्क तत्काल लागु नहुने, बोर्डको निर्णय

तिहारमा कस्तो रहला देशभरको मौसम ?

थप ५० रुग्ण आयोजनाको ठेक्का तोड्दै सरकार

ग्लोबल आइएमई बैंक दोस्रो पटक ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड” बाट सम्मानित

सुनको मूल्य तोलामा चार हजार आठ सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?

आज कार्तिक कृष्ण त्रयोदशी : काग तिहार मनाइँदै

२०८२ साल कार्तिक ०२ गते आइतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

कात्तिकमा निक्षेपको ब्याजदर घट्यो,अधिकांश वाणिज्य बैंकको दर घटाउने निर्णय

लोकप्रिय समाचार

  • १. २०८२ साल असोज ३१ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • २. २०८२ साल असोज २८ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ३. अब झन्झट बिना निरन्तर सेवा : नेपाल टेलिकमको जीएसएम पोस्टपेडमा ‘रिकरिङ अनलिमिटेड प्याक’

  • ४. २०८२ साल असोज २९ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ५. २०८२ साल असोज ३० गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • ६. बिवाइडीद्वारा एक करोड ४० लाख गाडी उत्पादन, ब्राजिलका राष्ट्रपति लुला बने विशेष गाडीको मालिक

  • ७. २०८२ साल कार्तिक ०२ गते आइतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ८. हालसम्मकै उच्च बिन्दुमा पुग्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

  • ९. तिहार बिदामा पनि बैंकिङ सेवा दिन राष्ट्र बैङ्कको आग्रह

  • १०. पेट्रोलको मूल्य घट्यो, अब कुन ठाउँमा कति मुल्य ?

दसैँलाई सहकारीका खसीबोका

बलेवा । सडकमा हिमालपारिका खसी भरिभराउ छन् । बजारमा हिमालपारिका खसी  च्याङ्ग्रा किन्ने भीड देखिन्छ । मुस्ताङबाट आएका च्याङ्ग्राको सामान्य मूल्य रु ४५ हजारभन्दा माथि नै छ । मध्यम परिवारले समेत प्रयोग गर्न नसक्ने गरी महँगिएको च्याङ्ग्राको मूल्यले यहाँका कतिपय गाउँसँग भने साइनो राख्दैनन् ।

बागलुङका ग्रामीण क्षेत्रका किसानको सक्रियतामा गठन भएका सहकारी र कृषक समूह आफैँले खसीबोका उत्पादन गर्छन् । समूह र सहकारीका सदस्यलाई चाहिने खसीबोका राखेर बाँकी बिक्री गर्छन् र दसैँ खर्च चलाउँछन् । दसैँलाई लक्षित गरेर समूह तथा सहकारीहरूले स्थानीय जातको बसीबोका खरिद–बिक्री सुरु गरेका छन् ।

चाडपर्वमा हुने मासुको खपतलाई पूर्ति गर्न सहकारीले संस्थामा आवद्ध सेयर सदस्यले उत्पादन गरेका खसीबोका एकीकृत गरी बजारीकरण थालेका हुन् । पशुवस्तुको मूल्य शृङ्खलामा आधारित साना किसानहरूको संस्था सवलीकरण परियोजनाअन्तर्गत गठन भएका सहकारीहरूले हरेक वर्ष दसैँ र तिहारलाई लक्षित गरी स्थानीय जातका खसीबोका खरिद बिक्री गर्दै आएको परियोजनाको बजार सहजकर्ता रीतादेवी शर्माले जानकारी दिइन्।

यो वर्ष बागलुङको काठेखोला गाउँपालिका–४ तंग्रामको वसन्त सामाजिक उद्यमी महिला सहकारीले छ सय पाँच, वसन्त सामाजिक महिला उद्यमी सहकारीले छ सय, जैमिनी नगरपालिका–३ को रुद्रताल सहकारीले सात सय २५, भाग्यदय सहकारीले चार सय ७५, पर्वतको फलेवास नगरपालिका–१० को हराभरा सामाजिक महिला उद्यमी सहकारीले सात सय ५०, महाशिला गाउँपालिका–६ को सक्रिय सामाजिक महिला उद्यमी सहकारीले सात सय १० खसीबोका बिक्री गर्ने लक्ष्य छ ।

पर्वतको महाशिला गाउँपालिका–८ को पैयुकोट सामाजिक उद्यमी महिला सहकारीले आठ सय ८०, फलेवास नगरपालिका–८ को ठानामौला सामाजिक महिला उद्यमी सहकारीले तीन सय ९०, बरपाण्डेथुम सहकारी संस्था कास्कीले तीन सय ५५, मिजुरे सहकारी संस्था कास्कीले आठ सय ४५ वटा खसीबोका बिक्री गर्ने योजना छ । “सेयर सदस्यसँग खसीबोका सङ्कलन गरेर बजार पठाउन थालेका छौँ” वसन्त सामाजिक महिला उद्यमी सहकारी संस्थाका प्रबन्धक हेमा विकले भनिन्, “दसैँको दुई दिनमा ३३५ वटा विक्री गरेका छौँ ।” सहकारीले नै बजारको खोजी गर्ने हुँदा कृषकलाई बजारीकरणको चिन्ता छैन ।

कृषकले पालेका खसीबोका सहकारीको माध्यस्तमार्फत बिक्री हुन थालेपछि बाख्रापालक कृषक उत्साहित छन् । “हामीलाई बजारको चिन्ता छैन”, कृषक तंग्रामकी मनकुमारी पुनले भनिन्, “जति भए पनि सहकारीले खरिद गरेर बिक्री गरिदिन्छ ।”

चाडपर्वमा मात्रै होइन अन्य समयमा समेत यहाँका किसानले राम्रो खसीबोका उत्पादन गर्ने गरेका छन् । हिमाली च्याङ्ग्राको मूल्यवृद्धिका कारण स्थानीय जातका खसीबोकाको माग अत्यधिक बढेको किसानहरू बताउँछन् ।

उत्पादन लागत र बजार मूल्यको हिसाब गर्दा हुने मुनाफाबाट किसान सन्तुष्ट छन् । “पहिले बजार खोज्दै जानुपथ्र्यो, अहिले ग्राहक घर–घरमा आउन थालेका छन्”, विकले भने, “हिमाली क्षेत्र र तराई भागबाट आउने खसीबोका कम हुँदा स्थानीय उत्पादनले बजार पाएको छ ।”

सहकारीले आफ्ना सदस्यसँग २५ किलोसम्मको खसी रु पाँच सय १० मा खरिद गरी श्र पाँच सय २० मा र २५ किलोमाथिका खसीकोका प्रतिकेजी रु पाँच सय ५० मा खरिद गरी रु पाँच सय ६० मा बिक्री गर्दै आएका छन् । गैरसरकारी संस्था विवाइसी बागलुङले स्थानीय व्यवस्थापनमा सञ्चालित हेफर इन्टरनेशनलको साना किसान सवलीकरण परियोजनाअन्तर्गत गठित तीन जिल्लाका सहकारीमा छ हजार दुई सय ७८ जना सेयर सदस्य आबद्ध छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    स्वास्थ्य बीमा नवीकरणमा थप शुल्क तत्काल लागु नहुने, बोर्डको निर्णय
    तिहारमा कस्तो रहला देशभरको मौसम ?
    थप ५० रुग्ण आयोजनाको ठेक्का तोड्दै सरकार

    लोकप्रिय

    २०८२ साल असोज ३१ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    २०८२ साल असोज २८ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    अब झन्झट बिना निरन्तर सेवा : नेपाल टेलिकमको जीएसएम पोस्टपेडमा ‘रिकरिङ अनलिमिटेड प्याक’

    २०८२ साल असोज २९ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    २०८२ साल असोज ३० गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    ताजा

    २०८२ साल कार्तिक ०३ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    स्वास्थ्य बीमा नवीकरणमा थप शुल्क तत्काल लागु नहुने, बोर्डको निर्णय

    तिहारमा कस्तो रहला देशभरको मौसम ?

    थप ५० रुग्ण आयोजनाको ठेक्का तोड्दै सरकार

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • २०८२ साल कार्तिक ०३ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल
    • स्वास्थ्य बीमा नवीकरणमा थप शुल्क तत्काल लागु नहुने, बोर्डको निर्णय
    • तिहारमा कस्तो रहला देशभरको मौसम ?
    • थप ५० रुग्ण आयोजनाको ठेक्का तोड्दै सरकार
    • ग्लोबल आइएमई बैंक दोस्रो पटक ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड” बाट सम्मानित

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.