Jankari Kendra
२३ श्रावण २०८३, शनिबार
Worldlink

विभिन्न साना तीन दलबीच चुनावी एकता घोषणा, साझा चिन्ह लाटोकोसेरो

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०७९, आश्विन, १४
विभिन्न साना तीन दलबीच चुनावी एकता घोषणा, साझा चिन्ह लाटोकोसेरो

काठमाडौं । आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनलाई लक्षित गरेर विभिन्न साना तीन दलबीच चुनावी सहकार्यको घोषणा भएको छ । यसरी सहकार्य गर्नेमा नेशनलिस्ट पिपल्स पार्टी, एकीकृत राष्ट्रवादी प्रजातान्त्रिक पार्टी र राष्ट्रिय यथार्थवादी पार्टी रहेका छन् । स्वतन्त्र वैकल्पिक एकता अभियानको पहल र नेश्नलिस्ट पिपल्स पार्टीको सहकार्यमा लाटोकोसेरो चुनावी अभियान घोषणा गरिएको छ ।

बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर उक्त अभियान घोषणा गरिएको जानकारी दिइएको हो । तीन वैकल्पिक धारका राजनीतिक दल नेशनलिस्ट पिपल्स पार्टी, एकीकृत राष्ट्रवादी प्रजातान्त्रिक पार्टी र राष्ट्रिय यथार्थवादी पार्टीले आउँदो मंसिर ४ को निर्वाचनमा लाटोकोसेरो चुनाव चिन्ह सहित चुनावी मैदानमा एक भई उत्रने प्रतिबद्धतासहित उक्त अभियानको घोषणा गरेका हुन् ।

देशलाई सुशासन र समृद्धि प्राप्त गर्न प्रणालीगत सुधारका लागि वैकल्पिक राजनीतिक शक्तिको उदय अनिवार्य भएको अभियानको ठहर छ । मुलुकमा आफन्तवाद, नातावाद, कृपावाद, गृहवाद र टुटफुटवाद बढ्दै गएको भन्दै यसको उचित व्यवस्थापन गरी सुशासन कायम गर्न वैकल्पिक राजनीतिक शक्तिको उदय निर्विकल्प बनेको अभियानले जनाएको छ ।अभियानले स्वतन्त्र र वैकल्पिक अभियन्ता तथा शक्तिहरुसँग पनि एकता गर्दै नेपालको राजनीतिमा सशक्त तेस्रो ध्रुव बन्दै पहिलो संसदीय दलको रूपमा स्थापित हुने दिशामा सहकार्यको लागि आह्वान गरेको छ ।

पत्रकार सम्मेलनमा बोल्दै एकिकृत राष्ट्रवादी प्रजातान्त्रिक पार्टीका संस्थापक अध्यक्ष त्रिलोक बहादुर चन्दले अहिलेका नेताहरुले देश लुटिरहेको भन्दै देश दोहनबाट रोक्न राष्ट्रवादी शक्तिहरु राष्ट्रिय एकतामा बाधिएको बताएका छन । नेपालका सबै क्षेत्रहरु लोकसेवा, सेना लगायत सबै ठोकसेवामा परिवर्तन भएको उनले आरोप लगाए । उनले नेपाली सेनाले ०५२ र ०५८ सालमा विद्रोहीहरुलाई समर्थन गर्नेलाई पनि संरक्षण गरेको टिप्पणी गरे । अहिले देशको अवस्थाबाट जनता आत्तिएको भन्दै उनले आगामी मंसिर ४ गते जनताले सहि निर्णय गर्ने विश्वास व्यक्त गरे । उनले आफ्नो पार्टीले सुदुरपश्चिमका ४४ क्षेत्रबाट उम्मेदवारी दिने बताए ।

राष्ट्रिय यर्थाथवादी नेपाल पार्टीका अध्यक्ष विष्णु कार्कीले देशको परिवर्तनका लागि एउटा पार्टीले मात्र केहीगर्न नसक्ने भएकोले एकतामा बाधिएको सुनाए । व्यक्तिको सिद्धान्तले नभई आवश्यकताको सिद्धान्तले सच्चा राजनीतिमा अघि बढ्नुपर्छ भनेर अभियान अगाडी बढेको उनले स्पष्ट पारे ।

उनले सम्पुर्ण राष्ट्रवादी शक्ति एक हुनुपर्ने अहिलेको आवश्यकता रहेको औंल्याए । दलका नेताहरुलाई जनताले रुचाउन छाडेको दाबी गर्दै उनले पछिल्लो अवस्थामा एक पार्टीले मात्र चुनाव जित्ने अवस्था नरहेको बताए । उनले योग्य उम्मेदवारहरुलाई सहयोग गर्न देशभरका मतदातालाई आग्रह गरे । कार्यक्रमममा डा। रणबहादुर चन्द, ईं डा। शंकर ढकाल, कान्तबहादुर पौडेल, ई। तेजनारायण यादव, ताराबहादुर कुँवर, मिना कटुवाल बुढाथोकी, यमकुमार बुर्जामगर, सुवाससिंह धामी, जानकी चन्दलगायतले आ–आफ्नो धारणा राखेका थिए ।

Top Changing Nepal

युट्युब सट्स