तीन सय सवारीसाधन कारबाहीमा
बर्दिबास । बर्दिबासस्थित जिल्ला ट्राफिकले चाडबाडलक्षित सुरक्षा अभियान सञ्चालन गरेको छ । ट्राफिकको यस अभियानमा यातायात व्यवसायीले समेत लिखित सहमति जनाएका छन् ।
अभियानअन्तर्गत चाडबाडका बेला सवारी नियम उल्लङ्घन गर्ने त्यस्ता तीन सयभन्दा बढी सवारी कारबाहीको दायरामा परेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दिबासले अभियानअन्तर्गत तीन दिनको अवधिमा ३१७ सवारीसाधन कारबाहीमा परेको जनाएको छ ।
बर्दिबासस्थित जिल्ला ट्राफिक प्रमुख ट्राफिक प्रहरी निरीक्षक उदयसिंह सिजापतिका अनुसार सवारी नियम उल्लङ्घनका विभिन्न नौ अवस्था निर्धारण गरी जिल्लाका प्रमुख सडक मार्गमा बुधबारदेखि सघन जाँच सुरु गरेको हो । त्यस क्रममा शुक्रबारसम्म १३३ मोटरसाइकल, ८१ कारजिप, ७० मालवाहक ट्रक र ट्याङ्कर, १२ यात्रु बसलगायत कारबाहीमा परेका छन् ।
ट्राफिक कार्यालयको रेकर्ड शाखाका अनुसार यस अवधिमा कारबाहीमा परेकामध्ये सबैभन्दा बढी क्षमताभन्दा बढी भार बोक्ने ९ओभर लोड० ७७ सवारीमाथि कारबाही गरिएको छ । सवारी लाइसेन्स नबोकेका २३ र प्रयोजनविपरीत ‘लगेज लोड’ गर्ने १८ यात्रु सवारी, सिट बेल्ट नलगाएका १६, सिट क्षमताभन्दा बढी यात्रु बोक्ने १४ तथा बत्तीको अवस्था ठीक नभएका १३ सवारीसाधन कारबाहीको दायरामा परेका थिए ।
सम्बन्धित समाचार
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
कोका–कोलाको ‘भरौँ खुसी’ अभियान, हवाई र बस टिकट जित्ने मौका
वीरगंजमा नयाँ शोरूम संचालनमा ल्याउँदै कजारिया रमेश टायल्सको बजार विस्तार
नबिल बैंकको नबिल भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
इन्साइट टेक्नोलोजीलाई एएसओसिआईओ डिजिटल एआई अवार्ड २०२६ मा “एआई इन साइबरसिक्युरिटी” अवार्डद्वारा सम्मानित
