Jankari Kendra
३० आश्विन २०८३, शुक्रबार

दशैं बिदाको अवधिभर काठमाडौं महानगरले निःशुल्क एम्बुलेन्स सेवा दिने

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, आश्विन, १७
दशैं बिदाको अवधिभर काठमाडौं महानगरले निःशुल्क एम्बुलेन्स सेवा दिने

काठमाडौं । नेपालीहरुको महानपर्व बडा दशैं बिदाको अवधिभरमा काठमाडौं महानगरपालिकाले निःशुल्क एम्बुलेन्स सेवा दिने भएको छ । दशैं बिदामा प्राय एम्बुसेन्स सेवा बन्द हुने र नागरिक बिरामी पर्दा एम्बुलेन्स नपाउने समस्या नपरोस् भन्दै महानगरले नागरिकको सेवाका लागि निःशुल्क एम्बुलेन्स सेवा दिन थालेको हो ।

एम्बुलेन्स सेवाका लागि १०२ तथा डेंगु समस्याबारे जानकारी लिन ११८० मा फोन गरेर सेवा लिन सकिने महानगरले एक सूचना प्रकाशित गरी जानकारी दिएको छ । महानगरले हाल काठमाडौंसहित देशैभरिमा डेंगु रोग महामारीकै रूपमा फैलिरहेकाले नागरिकको उपचारका लागि स्वास्थ्य सेवा पनि उपलब्ध गराउने जनाएको छ ।

Top Changing Nepal

ट्रेन्डिङ

युट्युब सट्स