कुन देशमा कति बजे छ टीकाको उत्तम साइत ?
काठमाडौँ । यस वर्ष विजयादशमीको साइत भोलि बिहान ११ः५१ बजे उत्तम रहेको छ । नेपाल पञ्चांग निर्णायक विकास समितिका अनुसार बिहान १०ः३४ बजे देवी विसर्जन गरी ११ः५१ बजेको साइतमा मान्यजनबाट देवीको प्रसादका रूपमा टीका लगाउन सकिनेछ । पूर्वी मोहडा गरेर टीका लगाउनुपर्ने पनि समितिले जनाएको छ ।
विजयादशमीका दिन दिनभर टीका लगाउन सकिने भए पनि साइतमै टीका लगाउन चाहनेका लागि यो साइत दिइएको समितिले जनाएको छ । राज्य सञ्चालकले भने समितिले तोकेकै साइतमा मान्यजनबाट टीका, प्रसाद थाप्नुपर्नेछ ।
देवीको प्रसादका रूपमा देशका धेरै भागमा कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट टीका र आशीर्वाद थाप्ने गरिन्छ । केही भागमा भने विजयादशमीका दिनमात्र देवीको प्रसादका रूपमा टीका थाप्ने गरिन्छ ।
समितिले विश्वका विभिन्न देशका लागि स्थानीय समय अनुसार उत्तम साइत सार्वजनिक गरेको छ । भारतमा १०ः४५, अमेरिकाको न्युयोर्कमा ११ः११ को समयमा टीका लगाउन सकिनेछ । अमेरिकाका विभिन्न सहर अनुसार साइतको समय पनि फरक रहेको छ ।

सम्बन्धित समाचार
बाढीपीडितका लागि नाडाले १० लाख सहयोग गर्ने
ग्लोबल आइएमई बैंकद्वारा प्रधानमन्त्री राहत कोषमा ५ करोड रुपैयाँ सहयोग
पाँच अर्ब निकास गरेर बाढीपीडितको उद्दार र पुनर्निमाणमा लाग्यो चीन
रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या १६५ नाघ्यो
भारतबाट नेपाललाई दोस्रो चरणमा थप ३७.५ टन सहयोग
सेतो चिनीले साँच्चै बढाउँछ त डाइबिटिज ? जान्नुहोस वास्तविकता
ट्रेन्डिङ
२०८३ भदौं ११ गते बिहिवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा
नेपाल इको प्यानलद्धारा कर्मचारी तथा परिवारका सदस्यको वार्षिक स्वास्थ्य र आँखा परीक्षण


