एक माना झिँगाको साढे दुई रुपैयाँ
काठमाडौं । आतङ्क लामखुट्टेले मात्र होइन, झिँगाले पनि सिर्जना गर्छ । यतिबेला लामखुट्टेबाट आतङ्कित बनेका नेपाली छ दशकअघि झिँगाबाट आतङ्कित बनेका थिए ।
घटना २०१५ साल साउन महिनाको हो । उपत्यकावासी हैजाको प्रकोपबाट आतङ्कित बनेका थिए । तत्कालीन काठमाडौं नगरपालिकाले हैजा फैलिनुका कारण झिँगालाई ठह(याएको थियो ।
तत्कालीन स्वास्थ्यमन्त्री रणधीर सुब्बाको सभापतित्वमा २०१५ साल साउन २० गते बसेको हैजा निवारण कमिटीको बैठकले हैजा निवारण गर्न सरकारले उपलब्ध गराएको २५ हजार रुपैयाँमध्ये छ हजार रुपैयाँ उपत्यकाञ्चल कमिस्नर, दुई हजार रुपैयाँ परोपकार संस्था, दुई हजार रुपैयाँ पुलिस गोश्वाराका एसपी र एक हजार रुपैयाँ कमिटीका सेक्रेटरीलाई खर्च गर्न दिने निर्णय ग९यो । स्वास्थ्य निर्देशक रघुवर वैद्य थिए ।
कमिटीको त्यो बैठकले ‘हालको हैजा मुख्यतः झिँगाद्वारा फैलिएको हुँदा प्रत्येक खाना बेच्ने पसलमा जाली राख्न लगाउने र नराखे वा राखी झिँगा भन्केको देखिएमा पनि पुलिसद्वारा उक्त खानेकुरा फालिदिने तथा पसलेलाई सजाय गर्ने’ निर्णय गरेको थियो ।
कमिटीले झिँगा मारी सहयोग गर्ने व्यक्तिलाई पुरस्कार प्रदान गर्ने निर्णय पनि ग¥यो । एक माना मारिएको झिँगा उपत्यकाभित्रका नगरपालिकामा बुझाएमा साढे दुई रुपैयाँ पुरस्कार दिने र पुरस्कार एक महिनासम्म उपलब्ध गराइने निर्णय गरियो ।
हैजा थामिएकै थिएन । हैजाको प्रकोप बढ्दै गएपछि काठमाडौं र ललितपुरमा क्षमापूजा पनि गरिए । विश्व स्वास्थ्य सङ्गठनले २५ हजार जनालाई पुग्ने हैजाविरुद्धको सुई उपलब्ध गरायो । इन्डियन एड मिसन र इन्डियन रेडक्रस सोसाइटीले पनि उपलब्ध गरायो । सोही सालको साउन १९ गतेसम्ममा ३२ हजार जनालाई सुई लगाइएको थियो ।
सम्बन्धित समाचार
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
कोका–कोलाको ‘भरौँ खुसी’ अभियान, हवाई र बस टिकट जित्ने मौका
वीरगंजमा नयाँ शोरूम संचालनमा ल्याउँदै कजारिया रमेश टायल्सको बजार विस्तार
नबिल बैंकको नबिल भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
इन्साइट टेक्नोलोजीलाई एएसओसिआईओ डिजिटल एआई अवार्ड २०२६ मा “एआई इन साइबरसिक्युरिटी” अवार्डद्वारा सम्मानित
