सन्तान स्याहार गर्न फिल्मबाट ब्रेक लिँदै रणवीर कपुर
काठमाडौँ । फिल्म ‘ब्रह्मास्त्र’ को सफलताको स्वाद चाखिरहेका अभिनेता रणवीर कपुर चाँडै पिता बन्दैछन्। हालैमात्र परिवार र केही नजिकका साथीमाझ रणवीरकी अभिनेत्री पत्नी आलिया भट्टको ‘गोद भराई’ गरिएको छ। रणवीरको हातमा फिल्मको लामै सूची छ । तर, पनि उनी केही समयका लागि फिल्मी व्यस्तताबाट अलग्गिने भएका छन्।
चाँडै पिता बन्न लागेपछि रणवीर सन्तानको जन्म समय सन्तानसँग बस्नका लागि केही समयसम्म फिल्मबाट ब्रेक लिन चाहन्छन्। अर्थात सन्तान स्याहार गर्न उनी ‘पितृत्व अवकाश’ लिँदैछन्। यसका लागि उनले अहिलेसम्म कुनै पनि फिल्ममा हस्ताक्षर गरेका छैनन् । सन्तानको जन्मपछि आमा आलिया काममा फर्किने भएकाले रणवीर अधिकांश समय सन्तानसँगै बिताउन चाहन्छन्।
‘रणवीर पिता बनेपछि पेटरनिटी ब्रेक लिन चाहन्छन्। उनी पिता बन्नका लागि निकै उत्साहित छन् । उनले आलियालाई सन्तान जन्मिएपछि काममा फर्कन आग्रह गर्दै आफूले सन्तानको हेरविचार गर्ने सुझाव दिएका छन्,’ आलिया र रणवीरका नजिकका एक साथीको भनाइ उदृत गर्दै भारतीय सञ्चार माध्यमले लेखेका छन्।
आलिया करण जोहारको ‘रकी और रानीकी प्रेम कहानी’ को रोकिएको काम पुरा गर्नेछिन्। त्यसपछि उनी सञ्जय लीला भन्सालीको ‘बैजू बावरा’ तिर लाग्नेछिन्। यता रणवीर सन्दीप रेड्डी बंगाको फिल्म ‘एनिमल’ को काम तिब्र रुपमा पुरा गर्ने दौडधुपमा छन्। उनले अहिलेसम्म अन्इ कुनै पनि प्रोजेक्ट स्वीकारेका छैनन्।
सम्बन्धित समाचार
रसुवा बाढीमा अहिलेसम्म ७२ जनाको शव फेला
नामी भिगोको विशेष अफर समाप्त, नयाँ बुकिङ एमआरपीमै
स्कोडाद्वारा नेपालमा नयाँ जेनेरेसन कोडियाक सार्वजनिक: “रियल लक्जरी, एज इट सुड बी”
तिब्बतबाट रसुवामा पस्यो ठूलो बाढी,नदी आसपसका क्षेत्रमा जोखिम
नाडा अटो शो २०२६ मा यामाहा नेपालले नयाँ एक्सएसआर १५५ को अनावरण गर्ने
अत्याधुनिक फिचरले भरिएको फराइजनको भी ७ ई ईभी भ्यान नाडा अटो शोमा सार्वजनिक
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा


