• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
११ असार २०८३, बिहीबार
११ असार २०८३, बिहीबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
  • १६ घण्टा 

प्लाटाको निर्णायक गोलमा जर्मनीमाथि इक्वेडरको रोमाञ्चक पुनरागमन जित, अन्तिम ३२ मा प्रवेश
  • १६ घण्टा 

यस्तो छ आजको मौसम पुर्वानुमान
  • १७ घण्टा 

२०८३ असार १२ गते शुक्रबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १७ घण्टा 

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च शिक्षा क्षेत्र सुदृढ बनाउन रणनीतिक सहकार्य
  • १ दिन 

काठमाडौंको सफलतापछि सीजी मोटर्सको ‘महा मेला एक्सचेन्ज कार्निभल’ पोखरामा सुरु
  • १ दिन 

वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन
  • १ दिन 

दृष्टिविहीन छात्रावासका लागि कामना सेवा विकास बैंकको सहयोग, कुलर र ब्रेल पेपर प्रदान
  • १ दिन 

सिजी ब्रान्डको ‘क्यान यु सल्भ द पजल’ : सीजी ब्रिजर २२ एयर कुलर विजेता बने नुवाकोटका श्याम रिजाल
  • १ दिन 

लोकप्रिय समाचार

  • १. सुनको मूल्य प्रतितोला एक हजार चार सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

  • २. वाणिज्य बैंकमा गैरबैंकिङ सम्पत्ति बढ्यो, कुन बैंकमा कति ?

  • ३. शाहरूखको सानो सहयोगले बन्यो सबैभन्दा बढी कमाउने चौंथो मराठी फिल्म

  • ४. नबिल बैंकको ‘ए’ रेटिङ पुन : पुष्टि, वित्तीय मजबुतीमा थप विश्वास

  • ५. रामचरणको ‘पेड्डी’ ले कमायो ४०० करोड बढी, आउँदैछ ओटीटीमा पनि

  • ६. रास्वपा महाधिवेशनका कारण मालवाहक सवारीलाई वैकल्पिक मार्ग प्रयोग गर्न महासंघको आग्रह

  • ७. कस्तो छ आजको मौसम पूर्वानुमान ?

  • ८. टिभीएस एनटर्क १२५ रेस एक्सपी ‘ब्लेज ब्लु’ नेपालमा सार्वजनिक

  • ९. धनगढी उपमहानगरको २ अर्ब ६४ करोडको बजेट, पूर्वाधार र रोजगारीमा जोड

  • १०. अब विश्वकपका इरानी खेलाडी दुई दिन अघि नै अमेरिका जान पाउने

जलविद्युतलाई हाइट्रोजन ऊर्जा र युरिया मल उत्पादनमा प्रयोग गर्ने तयारी छस् मन्त्री भुसाल

जानकारी केन्द्र २०७९, आश्विन, २४

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिञ्चाईमन्त्री पम्फा भुसालले नेपालका जलश्रोतलाई जलविद्युतमा विकास गरी हाइड्रोजन ऊर्जा, यमोनिया र युरिया मल उत्पादनमा प्रयोग गर्ने सरकारको लक्ष्य रहेको बताएकी छन् । सोमवार काठमाडौंमा भएको ग्रीन हाइड्रो सम्मेलनमा बोल्दै मन्त्री भुसालले जलविद्युतको स्रोतको रुपमा विद्युत प्रयोग गर्ने, प्रतिव्यक्ति विद्युत खपत बढाउने, जलविद्युतलाई हाइट्रोजन ऊर्जा, यमोनिया र युरिया मल उत्पादनमा प्रयोग गर्ने सरकारको लक्ष्य रहेको बताएकी हुन् ।

उनले जलविद्युतलाई हाइड्रोजन ऊर्जा, यमोनिया र युरिया मल उत्पादनमा प्रयोग गर्ने विषयमा मन्त्रालयले आवश्यक तयारी गरेको पनि बताइन् । मन्त्री भुसालले जलविद्युतको प्रयोगबाट हाइड्रोजनबाट रासायनिक मलको उत्पादनका विषयमा पूर्व सम्भाव्यता अध्ययन गरिसकेको बताइन् । उनले हाइड्रोजन ऊर्जा उत्पादनको कार्य अगाडि बढाउन ऊर्जा मन्त्रालयको पहलमा नेपाल विद्युत प्राधिकरण र कोरियाको ग्लोबल ग्रिन इन्स्टिच्युटबीच समझदारी भएको जानकारी दिइन् ।

मन्त्री भुसालले सन् २०३० भित्रै दिगो विकास र सन् २०२६ मध्यम आय भएको मुलुकको लक्ष्य प्राप्त गर्न सबल अर्थतन्त्रको विकास हुन आवश्यक रहेको दाबी गरिन् । उनले विश्वले अहिले हाइड्रोजन ऊर्जाको विषयमा चासो र प्राथमिकतासहित नीति निर्माण र प्रविधिको विकास गर्ने, खपतको क्षेत्र निर्धारण गरी अध्ययन अनुसन्धानहरू गरिरहेकाले नेपाल सरकारले पनि हाइड्रोजन उर्जाको विषयमा छिटै आवश्यक नीति निर्माण गर्नु आवश्यक रहेको बताइन् ।

उनले भनिन्, ‘नेपालले जलविद्युतको विकास गरी हामीले जलविद्युतको स्रोतको रुपमा विद्युत प्रयोग गर्ने, प्रतिव्यक्ति विद्युत खपत बढाउने, जलविद्युतलाई हाइड्रोजन ऊर्जा, यमोनिया र युरिया मल उत्पादनमा प्रयोग गर्ने सरकारको लक्ष्य रहेको छ । यसका लागि ऊर्जा मन्त्रालयले आवश्यक तयारी समेत गरेको छ । मन्त्रालयले कार्यदल गठन गरेर जलविद्युतको प्रयोगबाट हाइड्रोजनबाट रासायनिक मलको उत्पादनको पूर्व सम्भाव्यता अध्ययन गरिसकेको छ । हाइड्रोजन ऊर्जा उत्पादनको कार्य अगाडि बढाउन ऊर्जा मन्त्रालयको पहलमा नेपाल विद्युत प्राधिकरण र कोरियाको ग्लोबल ग्रीन इन्स्टिच्युटबीच समझदारी भएको छ । सन् २०३० भित्रै दिगो विकासको लक्ष्य प्राप्त गर्ने र सन् २०२६ मध्यम आय भएको मुलुकको लक्ष्य प्राप्त गर्न सबल अर्थतन्त्रको विकास हुन आवश्यक छ । विश्वले अहिले हाइड्रोजन ऊर्जाको विषयमा विषेश चासो र प्राथमिकता सहित अध्ययन अनुसन्धानहरू गरिरहेको छ । विकासशील मुलुकहरुको ग्रीन हाइड्रोजन ऊर्जा उत्पादनका सम्बन्धमा नीति निर्माण र प्रविधिको विकास गर्ने, खपतको क्षेत्र निर्धारण गरी विश्वका विकासशील मुलुकहरु अगाडि बढेको अवस्थामा नेपालले पनि यो विषयमा छिटै आवश्यक नीति निर्माण गर्नु आवश्यक छ ।’

मन्त्री भुसालले भनिन्– ‘हाइड्रोजन ऊर्जा उत्पादनको लागि नेपालले अग्रणी भूमिका निर्वाह गर्ने विश्वास छ । नेपालको जलश्रोतलाई जलविद्युतमा परिणत गर्ने र जलविद्युतको प्रयोग गरी, जलश्रोतलाई हरित हाइड्रोजनका रुपमा विकास गर्ने विषय नेपालको आर्थिक समृद्धि,ऊर्जा तथा खाद्य सुरक्षाका साथै दिगो विकासको दृष्टिले निकै महत्वपूर्ण छ । हरित उर्जामा सबै जनताको पहुँच पुर्याउनका लागि जलविद्युत आयोजनाहरुको दिगो विकास गर्न आवश्यकता छ ।’

मन्त्री भुसालले विश्वमा हाइड्रोजन ऊर्जा उत्पादनको लागि नेपालले अग्रणी भुमिका निर्वाह गर्न सक्नुपर्ने बताइन् । उनले नेपालको जलश्रोतलाई जलविद्युतमा विकास गरी जलविद्युतको प्रयोग मार्फत जलश्रोतलाई हरित हाइड्रोजनका रुपमा विकास गरेर नेपालको आर्थिक समृद्धि, ऊर्जा तथा खाद्य सुरक्षाका साथै दिगो विकासको दृष्टिले निकै महत्वपूर्ण हुने बताइन् । उनले हरित उर्जामा सबै नेपाली जनताको पहुँच पुर्याउनका लागि जलविद्युत आयोजनाहरुको दिगो विकास गर्न आवश्यकता औंल्याइन् ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
प्लाटाको निर्णायक गोलमा जर्मनीमाथि इक्वेडरको रोमाञ्चक पुनरागमन जित, अन्तिम ३२ मा प्रवेश
यस्तो छ आजको मौसम पुर्वानुमान

ताजा

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

प्लाटाको निर्णायक गोलमा जर्मनीमाथि इक्वेडरको रोमाञ्चक पुनरागमन जित, अन्तिम ३२ मा प्रवेश

यस्तो छ आजको मौसम पुर्वानुमान

२०८३ असार १२ गते शुक्रबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.