Jankari Kendra
३० आश्विन २०८३, शुक्रबार

मानवबस्ती छिरेर सताउने बाघ नियन्त्रणमा

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, आश्विन, २५
मानवबस्ती छिरेर सताउने बाघ नियन्त्रणमा

काठमाडौँ । मानवबस्तीमा छिरेर सताउने बाघलाई नियन्त्रणमा लिइएको छ। चितवन राष्ट्रिय निकुञ्जको प्राविधिकसहितको टोलीले माडी नगरपालिका(२ सितलपुरबाट सोमबार राति १० बजे बाघ नियन्त्रणमा लिएको हो। उक्त बाघले असोज २३ गते स्थानीय उमनाथ पौडेलको गोठमा बाँधेको पाडो मारेको थियो। बाघ पुनः सोही क्षेत्रमा आएपछि डार्ट गरेर नियन्त्रणमा लिइएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले जानकारी दिए।

उनले एक महिनादेखि बाघ पटक(पटक गाउँमा पसेका कारण नियन्त्रणमा लिनुपरेको बताए। नियन्त्रणमा लिइएको बाघलाई कसरामा रहेको खोरमा राखिएको छ। बाघको स्वास्थ्य अवस्था र आनीबानी हेरिसकेपछि निकुञ्जको निगरानी रहने स्थानमा छाडिने संरक्षण अधिकृत आचार्यले जानकारी दिए।

Top Changing Nepal

ट्रेन्डिङ

युट्युब सट्स