‘किशोरीको दुईवटा जन्मदर्ता भेटिएको दाबी’
काठमाडौं । नाबालिकमाथि बलात्कार अभियोगमा पक्राउ परेका नेपाली क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेमाथि अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले सात दिनका लागि म्याद थप गरेको छ ।
१७ वर्षीया एक किशोरीले लामिछानेविरुद्ध बलात्कार अभियोगमा गत २१ भदौमा प्रहरी वृत्त गौशालामा उजुरी गरेकी थिइन् । लामिछाने त्यतिबेला क्यारेबियन लिग क्रिकेट खेल्नका लागि बाहिर गएका थिए । प्रहरीमा उजुरी परेसँगै लामिछानेलाई पक्राउ गर्नका लागि अदालतसँग अनुमति लिएको थियो । तर, लामो समयसम्म लामिछाने नफर्किएपछि प्रहरीले इन्टरपोल मार्फत पक्राउ गरेर नेपाल ल्याउने तयारी गरिरहेका बेला दसैंको टीकाको भोलिपल्ट नेपाल आएका थिए । उनलाई प्रहरीले विमानस्थलबाटै पक्राउ गरेको थियो ।
काठमाडौँको गौशालास्थित एक होटलको कोठामा राखेर सन्दीपले आफूलाई बलात्कार गरेको आरोप ति किशोरीले लगाएकी छिन् । २० असोजमा पक्राउ परेका लामिछानेलाई सोमबार जिल्ला अदालत काठमाडौंमा म्याद थपका लागि लगिएको थियो । अदालतमा उपस्थित भएका उनले आफू निर्दोष भएको बताएका छन् । न्यायाधीश समक्ष सन्दिपले आफूले जाहेरवालाकै आग्रहमा भेटेको बताएका छन् ।
सन्दीपले बयानमा आफ्नो चरित्रहत्या भएको र गोपनियता कायम नराखेको भन्दै न्यायाधीश दण्डपाणि नेउपानेसमक्ष गुनासो गरेका थिए । तर, न्यायाधीशले यो विषय र त्यो विषय फरक भएको भन्दै अहिले यो विषय मात्र कुरा गर्न र गोपनियताको विषय अर्कै भएको बताएका थिए ।
सन्दीपका वकिल सरोजकृष्ण घिमिरेले भने ‘इजालास समक्ष सन्दीप लामिछानेले आफू निर्दोष रहेको सम्पूर्ण विवरण प्रस्तुत गर्नु भयो ।’ उनले जाहेरीवालीले १९ वर्षको भएको बताएको सन्दीपले अदालतमा राखेको जानकारी दिए । अधिवक्ता सुधा रिजालले किशोरीको दुईवटा जन्मदर्ता भेटिएको भन्दै सन्दीपलाई फसाउने प्रयास देखिएको बताइन् ।
सम्बन्धित समाचार
रसुवा बाढीमा अहिलेसम्म ७२ जनाको शव फेला
नामी भिगोको विशेष अफर समाप्त, नयाँ बुकिङ एमआरपीमै
स्कोडाद्वारा नेपालमा नयाँ जेनेरेसन कोडियाक सार्वजनिक: “रियल लक्जरी, एज इट सुड बी”
तिब्बतबाट रसुवामा पस्यो ठूलो बाढी,नदी आसपसका क्षेत्रमा जोखिम
नाडा अटो शो २०२६ मा यामाहा नेपालले नयाँ एक्सएसआर १५५ को अनावरण गर्ने
अत्याधुनिक फिचरले भरिएको फराइजनको भी ७ ई ईभी भ्यान नाडा अटो शोमा सार्वजनिक
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा


