पाइनै छाड्यो स्थानीय जातका कुखुरा
काठमाडौँ । पछिल्लो समय सिन्धुपाल्चोकमा स्थानीय जातका कुखुरा पाइनै छाडेको छ । क्रस, ब्वायलर र गिरिराज जातका कुखुरा गाउँगाउँमा पाइन्छ । तर स्थानीय जातका कुखुरा भने विरलै मात्रामा पाइन्छ । स्थानीय जातका कुखुराबाट आम्दानी हुन लामो समय कुर्नुपर्ने तर उन्नत र ब्वायलर कुखुराबाट छिटो आम्दानी हुने भएकाले पनि स्थानीय जातका कुखुरामा कमी आउन थालेको हो । जिल्लाको सुगम ठाउँमा मात्रै होइन, दुर्गम क्षेत्रमा समेत ब्वायलर, कोइलर र गिरिराज जातको कुखुराको चल्ला ल्याएर पाल्न थालेपछि स्थानीय जातका कुखुरामा कमी हुँदै आएको छ ।
स्थानीय जातका कुखुरा महँगो पर्नाका साथै हुर्कनका लागि समय लाग्ने भएकाले लेयर्स, ब्वायलर कोइलर, गिरिराज जातका कुखुरापालनप्रति किसानको आकर्षण बढेको मेलम्ची–७ का बिना भारतीले बताइन् । छिटो हुर्कने र सस्तो हुने भएकाले नयाँ जातका कुखुराको माग बढ्न थालेकाले स्थानीय जातको कुखुरामा कमी आएको उनले बताएकि छन् ।
कृषकहरुले घरघरमा खानकै लागि पनि आधुनिक जातका कुखुरापालन गरिरहेको इन्द्रावती–४ का नरमान श्रेष्ठले बताए । उनले नयाँ जातका कुखुराहरु छिटो हुर्कने र मनग्य आम्दानी गर्न सकिने भएपछि अधिकांशले आफू खान र केही खर्च जुटाउन पनि उन्नत जातका कुखुरा मात्रै पाल्ने गरेको जानकारी दिए । स्थानीय जातका विशेषगरी साकिनी, घाँटी खुइले र उल्टे प्वाँख जातका कुखुराभन्दा ब्वायलर कुखुरा दुई महिनाभित्र बजारमा लिएर आउने र बिक्री भएर आम्दानी हातमा पर्ने भएकाले स्थानीय जात हराउन थालेको स्थानीयहरुले बताएका छन् ।
स्थानीय जातको कुखुराको माग अत्यधिक हुने भए पनि उत्पादन हुन धेरै समय लाग्ने भएकाले स्थानीय जातका कुखुरापालनमा कृषकको आकर्षण कमी आएको मेलम्ची–१० का देवीबहादुर अधिकारीले बताइन् । अधिकारीका अनुसार पछिल्लो समय सस्तो मूल्यमा ब्वायलर, कोइलर, गिरिराज कुखुरा आउन थालेपछि किसानहरु उन्नत जातका कुखुराप्रति आकर्षित भएका छन् । स्थानीय जातका कुखुरापालनमा आकर्षित हुने कृषकको सङ्ख्या कमी भएको उनले बताइन् ।
अन्य कुखुराभन्दा लोकल कुखुरा महँगो पर्ने र लामो समय कुर्नुपर्ने भएकाले पनि स्थानीयहरु स्थानीय जातका कुखुरापालनमा आकर्षण घटेको उनले बताइन् । जिल्लाका प्रत्येक गाउँगाउँमा विभिन्न उन्नत जातका कुखुराको प्रचलन बढ्दै गएको छ । स्थानीय जातका कुखुरा संरक्षणमा र स्थानीय जातको कुखुराको उत्पादनमा वृद्धि गरी बजारीकरणमा सहजीकरण गर्न स्थानीय तहले सहजीकरण गर्नुपर्ने आवश्यकता रहेको छ ।
सम्बन्धित समाचार
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
कोका–कोलाको ‘भरौँ खुसी’ अभियान, हवाई र बस टिकट जित्ने मौका
वीरगंजमा नयाँ शोरूम संचालनमा ल्याउँदै कजारिया रमेश टायल्सको बजार विस्तार
नबिल बैंकको नबिल भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
इन्साइट टेक्नोलोजीलाई एएसओसिआईओ डिजिटल एआई अवार्ड २०२६ मा “एआई इन साइबरसिक्युरिटी” अवार्डद्वारा सम्मानित
