च्याम्पियन्स लिगको समूहचरणबाटै बाहिरिने संघारमा बार्सिलोना
काठमाडौँ । स्पेनिस क्लब बार्सिलोना च्याम्पियन्स लिगको जारी सिजनको समूह चरणबाटै बाहिरिने संघारमा पुगेको छ। बुधबार राति भएको खेलमा इन्टर मिलानसँग ३–३ गोल अन्तरको बराबरी खेलेसँगै बार्सिलोनाको लागि माथिल्लो चरणको यात्रा कठिन बनेको हो। नोउ क्याम्पमा भएको खेल बराबरीमा सकिएसँगै समूह सीमा रहेको बार्सिलोना इन्टर मिलानभन्दा ३ अंकले पछि परेको छ।
अब यी दुवै टोलीले बार्यन म्युनिख र भिक्टोरिया प्लजेनसँग खेल्न बाँकी छ। यस्तोमा बार्सिलोनाले दुवै खेलमा जित हात पारेको र इन्टर मिलानले दुवै खेल हारेको वा दुवैमा बराबरी गरेको अवस्थामा मात्र बार्सिलोना माथिल्लो चरणमा पुग्नेछ। बुधबारको खेलको ४० औं मिनेटमा औस्माने डेम्बेलेले गोल गर्दै टोलीलाई अग्रता दिलाए पनि खेलको ५० औं मिनेटमा निकोलो बरेला र ६३ औं मिनेटमा लाउरेटो मार्टिनेजको गोलमा इन्टर मिलानले नतिजा उल्ट्याउँदै खेल २–१ को अवस्थामा ल्याएको थियो।
खेलको ८२ औं मिनेटमा बार्सिलोनाका लागि रोबर्ट लेवान्डोस्कीले बराबरी गोल फर्काए पनि खेलको ८९ औं मिनेटमा इन्टरका लागि रोबिन गोसेन्सले अर्को गोल गरेका थिए। खेलको इन्ज्युरी समयमा लेवान्स्डोस्कीले थपेको अर्को गोलबाट बार्सिलोना हारबाट बचेको थियो।
सम्बन्धित समाचार
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
कोका–कोलाको ‘भरौँ खुसी’ अभियान, हवाई र बस टिकट जित्ने मौका
वीरगंजमा नयाँ शोरूम संचालनमा ल्याउँदै कजारिया रमेश टायल्सको बजार विस्तार
नबिल बैंकको नबिल भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
इन्साइट टेक्नोलोजीलाई एएसओसिआईओ डिजिटल एआई अवार्ड २०२६ मा “एआई इन साइबरसिक्युरिटी” अवार्डद्वारा सम्मानित
