काठमाडौँ । प्रहरीले विभिन्न जिल्लामा गरेर १० जना मृत अवस्थामा फेला परेको जनाएको छ । प्रहरीको केन्द्रिय बुलेटिन अनुसार विभिन्न जिल्लामा विभिन्न उमेर समुहका १० जना मृत अवस्थामा फेला परेको जनाएको हो ।
मृत अस्थामा फेला पर्नेहरुमा सर्लाहीको बलरा नगरपालिका(८ बलुवाभारस्थित पोखरीमा हाल नाम, थर, वतन नखुलेकी करिब ३५ वर्षीया महिला बुधबार मृत अवस्थामा फेला परेकी छिन् ।
यस्तै झापाको मेचीनगर नगरपालिका(१४ स्थित हडिया खोलामा सोही नगरपालिका(१३ सुगम टोल बस्ने ४१ वर्षीय बिष्णु राजवंशी बुधबार मृत अवस्थामा फेला परेका छन् ।
मोरङ, कटहरी गाउँपालिका(३ सिक्टी बस्ने २२ वर्षीया निसा सिंह सोही नगरपालिकास्थित आफ्नै माईती घरमा बुधबार मृत अवस्थामा फेला परेकी छिन् ।
उता इलामको चुलाचुली गाउँपालिका(१ श्रीगंगा टोल बस्ने ७१ वर्षीया की बुद्दरानी लिम्बु सोही गाउँपालिकास्थित कुलोमा बुधबार मृत अवस्थामा फेला परेकी छिन् ।
यस्तै कास्की, पोखरा महानगरपालिका(१५ अमिनतारास्थित सेती नदीको किनारमा हाल नाम, थर, वतन नखुलेका करिब ३५ वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् ।
दाङ, गडवा गाउँपालिका(२ स्थित राप्ती नदीको किनारमा हाल नाम, थर, वतन नखुलेकी १३ वर्षिया बालिका बुधबार मृत अवस्थामा फेला परेकी छिन् ।
चितवन, भरतपुर महानरपालिका(२६ हिरापुरस्थित नारायणी नदीको बगरमा हाल नाम, थर, वतन नखुलेका करिब ३५ वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी चितवन, भरतपुर महानगरपालिका(१८ बाङ्गेघाटस्थित नारायणी नदीको किनारमा हाल नाम, थर, वतन नखुलेका पुरुषको बुधबार सडिगलेको अवस्थामा शव फेला परेको छ ।
स्याङ्जा, गल्याङ नगरपालिका(११ निमाघाटस्थित कालिगण्डकी नदीको किनारमा हाल नाम, थर, वतन नखुलेका पुरुषको बुधबार सडिगलेको अवस्थामा शव फेला परेको छ ।
रुपन्देही, तिलोत्तमा नगरपालिका(१७ मुडियारीस्थित पानीको कुलोमा हाल नाम, थर, वतन नखुलेका करिब ३० वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।




