पर्यटकले होमस्टे नै ‘हाउसफुल’
लमजुङ । लामो छुट्टीमा घुम्न जाने संस्कृति नेपालीहरुमा समेत बढ्न थालेको छ । दशैंमा हुने लामो विदामा धेरै व्यक्तिहरु बिभिन्न स्थानमा घुम्न निस्किन्छन् । लमजुङमा पछिल्लो समय होमस्टे घुम्न गएर दशैं मनाउने आन्तरिक पर्यटकहरुको संख्या पनि बढेको छ । दशै र तिहार विदालाई धुमधामका साथ मनाउने प्रचलन बढ्न थालेपछि स्वदेशी पर्यटक पनि होमस्टे तिर लागेका छन ।
सुखी गाउँ घलेगाउँ र नेपालकै नमुना गाउँ काउलेपानीमा यतिबेला दशै र तिहार विदा मनाउन आएका पर्यटकले होमस्टे नै ‘हाउसफुल’ भएको छ । विदा मनाउनका लागि समुह समुह बनेर आउने क्रम जारी छ, काउलेपानी पर्यटन ब्यवस्थापन समितिका अध्यक्ष देबबहादुर गुरुङले भने, ‘गाउँका सवै होमस्टे घरहरु पर्यटकले भरिएका छन् ।’ उनका अनुसार होमस्टेमा दशै मनाउनका लागी ५०र६० जना आन्तरिक पर्यटक आएका छन ।
पर्यटकको आगमन बढेसँगै होमस्टे सञ्चालकहरुको ब्यस्तता पनि बढ्न थालेको होमेस्टे सञ्चालक कबिन्द्र गुरुङले बताए । “कुनै घरपनि खाली छैन हामीलाई भ्याई नभ्याई भएको छ, उनले भने, ‘राती बास बस्न नपाउनेहरु विहान मात्रै आएका छन । सुखी गाउँ घलेगाउँमा पनि डेढ सय भन्दा बढि पर्यटक घलेगाउँ आएको घलेगाउँ पर्यटन व्यावस्थापन समितीका अध्यक्ष प्रेम बहादुर घलेले बताए । उनले भने दशै र तिहार विदा मनाउन आएका पर्यटकले होमस्टे प्याक भएको छ ।
होमस्टे, प्राकृतिक दृश्यावलोकनका लागि पर्यटकीय गाउँहरुमा पर्यटकको ओईरो लागेको हो । घलेगाउँ, काउलेपानी सहित राइनासकोट होमस्टेमा पनि पर्यटक भरिएका छन् । घलेगाउँ, काउलेपानी ,राइनासकोट होमस्टे मात्र हैन बेसीशहरको खासुर, खुदीको सिउरुङ, ताघ्रिङको छापा, घेर्मुको रकगार्डेनमा पर्यटकको ओईरो लागेको स्थानियले बताएका छन् ।
गाउँमा पर्यटकको चाप बढेर भ्याई नभ्याई भएपनि गाउँलेहरु भने खुशी भएका छन् । पर्यटकीय गाउँहरुमा कृषिसँगै पर्यटन नै मुख्य पेशा रहेको छ । पर्यटकहरुको स्वागत सत्कार गरेरनै स्थानियले मनग्ये आम्दानी गर्ने गरेका छन् ।
सम्बन्धित समाचार
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
कोका–कोलाको ‘भरौँ खुसी’ अभियान, हवाई र बस टिकट जित्ने मौका
वीरगंजमा नयाँ शोरूम संचालनमा ल्याउँदै कजारिया रमेश टायल्सको बजार विस्तार
नबिल बैंकको नबिल भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
इन्साइट टेक्नोलोजीलाई एएसओसिआईओ डिजिटल एआई अवार्ड २०२६ मा “एआई इन साइबरसिक्युरिटी” अवार्डद्वारा सम्मानित
