काठमाडौंको छुट्टाछुट्टै स्थानबाट १६ जना जुवाडे पक्राउ
काठमाडौँ । काठमाडौंको विभिन्न स्थानबाट जुवातास खेलिरहेको अवस्थामा प्रहरीले १६ जनालाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–१३ बाफलस्थित वीरगन्ज खाजा घरभित्र जुवातास खेलिहेको अवस्थामा ५ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो । प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई तास खेलिरहेको अवस्थामा नगद २९ हजार ६ सय ७० रूपैयाँ र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी काठमाडौं महानगरपालिका–२६ गोगंबुस्थित वीरेन्द्र ऐश्वर्य मार्ग नजिक रहेको होटल ब्ल्याक स्टोनमा जुवातास खेलिरहेको अवस्थामा ११ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौं, प्रहरी वृत्त महाराजगञ्ज र प्रहरी प्रभाग बलम्बुबाट खटिएको संयुक्त प्रहरी टोलीले उक्त होटलको कोठा नम्बर ५०१ मा जुवातास खेलिरहेका उनीहरूलाई नगद ४ लाख २५ हजार रूपैयाँ र २१ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।
सम्बन्धित समाचार
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
कोका–कोलाको ‘भरौँ खुसी’ अभियान, हवाई र बस टिकट जित्ने मौका
वीरगंजमा नयाँ शोरूम संचालनमा ल्याउँदै कजारिया रमेश टायल्सको बजार विस्तार
नबिल बैंकको नबिल भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
इन्साइट टेक्नोलोजीलाई एएसओसिआईओ डिजिटल एआई अवार्ड २०२६ मा “एआई इन साइबरसिक्युरिटी” अवार्डद्वारा सम्मानित
