Jankari Kendra
३० आश्विन २०८३, शुक्रबार

आर्मीका दीपकलाई राष्ट्रिय कीर्तिमानसहित १० हजार मिटरमा स्वर्ण

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, आश्विन, ३०
आर्मीका दीपकलाई राष्ट्रिय कीर्तिमानसहित १० हजार मिटरमा स्वर्ण

काठमाडौँ । त्रिभुवन आर्मी क्लबका दीपक अधिकारीले नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत एथ्लेटिक्सको १० हजार मिटर दौडमा राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक हात पारेका छन्। आइतबार बिहान पोखरा रंगशालाको एथलेटिक्स ट्र्याकमा भएको खेलमा उनले निर्धारित दूरी ३० मिनेट १०.३० सेकेन्डमा पूरा गर्दै ८ वर्ष पुरानो गोपीचन्द्र पार्कीको कीर्तिमान भङ्ग गरे।

गोपीले २०१४ मा दक्षिण कोरियामा भएको एसियन गेम्समा ३० मिनेट ३०.९९ सेकेन्डको साथ १० हजार मिटरमा राष्ट्रिय कीर्तिमान कायम गरेका थिए। यस्तै, दोस्रो भएका एपीएफका गोपीचन्द्र पार्कीले ३० मिनेट ३८.३२ सेकेन्डको समय निकालेका थिए। आर्मीका गजेन्द्र राईले ३० मिनेट ४९.५० सेकेन्डको समय निकाल्दै तेस्रो भए।

आफ्नो पहिलो राष्ट्रिय खेलमा नै राष्ट्रिय रेकर्ड बनाएका दीपकले आफ्नो अभ्यासका कारण सफलता मिलेको बताए।‘मलाई यो पटक स्वर्ण जित्छु भन्नेमा विश्वस्त थिएँ। किनकि मेरो अभ्यासमा मलाई विश्वास थियो’, उनले भने।

Top Changing Nepal

ट्रेन्डिङ

युट्युब सट्स