नम्बर प्लेट स्पष्ट नराख्ने ४ सय ४६ र दिउँसै मापसे गरी सवारी साधन चलाउने ४ जना चालक कारबाहीमा
काठमाडौँ । आज गरिएको विशेष चेकिङको क्रममा काठमाण्डौ उपत्यकाका बिभिन्न स्थानबाट ट्राफिक नियम उल्घन गर्ने १ हजार ४ सय ७ जना चालकलाई ट्राफिक प्रहरीले कारवाही गरेको छ । नम्बर प्लेट स्पष्ट नभएका ४ सय ४६ जना, नम्बर प्लेट आकाशतिर फर्काउने ७ जना, दिउँसै मापसे गरी सवारी साधन चलाउने ४ जना, तिब्रगतीमा सवारी चलाउने १५५ जना, अनावश्यक हर्न बजाउँने ५ जना र ठुलो आवाज निकाल्ने २ ओटा मोटरसाइकलका चालक कारबाहीमा परेका हुन ।
त्यस्तै चेकिङकै क्रममा अन्य ट्राफिक नियम उल्घन गर्ने ७ सय ८८ जना चालक पनि कारवाहीमा परेका
छन् । स्पष्ट रुपमा नम्बरहरु नदेखिने र मापदण्ड अनुसार नम्बर प्लेट नराख्ने सवारी साधनको चेकजाँच अभियानलाई काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले हिजोदेखी तिब्रता दिएको हो । नम्बर प्लेट स्पष्ट नराखी सवारी साधन चलाउदा सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसारको कसूर हुनुको साथै
सवारी दुर्घटनाको अनुसन्धानमा समस्या हुने भएकाले स्पष्ट रुपमा देखिने र बुझिने गरी मापदण्ड अनुसारको नम्बर प्लेट बनाएर सवारी साधनको अगाडी र पछाडी राख्नुहुन काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका सह(प्रवक्ता एवं प्रहरी उपरीक्षक अवदेश बिष्ट क्षेत्रीले अनुरोध गर्नुभएको छ ।
सम्बन्धित समाचार
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
कोका–कोलाको ‘भरौँ खुसी’ अभियान, हवाई र बस टिकट जित्ने मौका
वीरगंजमा नयाँ शोरूम संचालनमा ल्याउँदै कजारिया रमेश टायल्सको बजार विस्तार
नबिल बैंकको नबिल भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
इन्साइट टेक्नोलोजीलाई एएसओसिआईओ डिजिटल एआई अवार्ड २०२६ मा “एआई इन साइबरसिक्युरिटी” अवार्डद्वारा सम्मानित
