टर्कीमा खानी विस्फोटमा मृत्यु हुनेको संख्या ४० पुग्यो
काठमाडौँ । टर्कीको उत्तरी बार्टिन प्रान्तमा शुक्रबार राति भएको खानी विस्फोटमा परी मृत्यु हुने व्यक्तिको संख्या ४० पुगेको छ । सुरक्षा अधिकारीहरुले दिएको जानकारीअनुसार गत शुक्रबार राति भएको सो विस्फेटमा परी आतइबार बिहानसम्ममा कम्तीमा पनि ४० पुगेको बताइएको हो ।
टर्कीका आन्तरिक मामिलासम्बन्धी मन्त्री सुलेमल सोइलुले आइतबार सो जानकारी दिएका हुन्। उनका अनुसार सो खानीमा भएको विस्फोटमा परेर एक सय १० जना च्यापिएका थिए । तीमध्ये आइतबारसम्म कम्तीमा पनि ४० जनाको ज्यान गएको मन्त्री सोइलुले सो खानी विस्फोटमा परेर अरु केही व्यक्ति अझै हराइरहेका पनि जानकारी दिएका छन् ।
सो दुर्घटनामा परेर घाइते भएकाहरुको उपचार जारी रहेको बताइएको छ । खानीमा विस्फोट भएपछि आगा लागेको थियो । खानीमा नै आगलागी भएपछि केहीको जलेर मृत्यु भएको तियो भने अरु केही व्यक्तिलाई तत्कालै उद्धार गरेर खानीबाट बाहिर निकालिएको थियो ।
सो क्षेत्रमा रहेका खानीहरुमा आवश्यका मात्रामा सुरक्षाको प्रबन्ध हुन सक्दा नागरिकको ज्यान जाने क्रम भने रोकिएको छैन ।
सम्बन्धित समाचार
बाढीपीडितका लागि नाडाले १० लाख सहयोग गर्ने
ग्लोबल आइएमई बैंकद्वारा प्रधानमन्त्री राहत कोषमा ५ करोड रुपैयाँ सहयोग
पाँच अर्ब निकास गरेर बाढीपीडितको उद्दार र पुनर्निमाणमा लाग्यो चीन
रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या १६५ नाघ्यो
भारतबाट नेपाललाई दोस्रो चरणमा थप ३७.५ टन सहयोग
सेतो चिनीले साँच्चै बढाउँछ त डाइबिटिज ? जान्नुहोस वास्तविकता
ट्रेन्डिङ
२०८३ भदौं ११ गते बिहिवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा
नेपाल इको प्यानलद्धारा कर्मचारी तथा परिवारका सदस्यको वार्षिक स्वास्थ्य र आँखा परीक्षण


