• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        सोमबार, पुष १४, २०८२
सोमबार, पुष १४, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

लुम्बिनी प्रदेशमा अधिकृत तहका पदपूर्तिका लागि आवेदन खुला

२०८२ साल पौष १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

नेप्से आज घट्यो कि बढ्यो ?

आईकार भी२३ को पहिलो ग्राहक बनिन् चर्चित मोडेल तथा इन्फ्लुएन्सर इभा गिरी

सुपर खुदी हाइड्रोपावरको आईपीओ पुस २१ देखि

यामाहा नेपालकै ठूलो पप-कल्चर फेस्टिभलमा सह-प्रायोजकको रूपमा सहभागीता

क्वालिटी काठमाडौं स्कुल्सको (क्यु के एस) पाँचौं एथलेटिक्स प्रतियोगिता सम्पन्न, खेलमा गणितको नवीन प्रयोग

सुनको मूल्यमा नयाँ रेकर्ड कायम, कतिमा हुँदैछ कारोबार ?

कोशी र गण्डकी प्रदेशमा वर्षासहित हिमपातको सम्भावना

लोकप्रिय समाचार

  • १. २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • २. २०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ३. २०८२ साल पौष ०८ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ४. २०८२ साल पौष ०९ गते बुधबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ५. २०८२ साल पौष १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • ६. रोमाञ्चक फाइनल राउण्डसँगै यामाहाद्वारा प्रस्तुत एनआरआरसी २०२५ को सुखद समापन

  • ७. शरीरमा देखिने यी लक्षणले दिन्छन् ठूलो बिरामीको संकेत

  • ८. आज पनि बढ्यो सुनचाँदीको मूल्य, निरन्तर बनाउँदै नयाँ रेकर्ड

  • ९. २०८२ साल पौष १३ गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

  • १०. पुष्प खेतीमा आधुनिकता : ग्लोबल आइएमई बैंकले दिने भयो ‘हरितगृह कर्जा’

कृष्णपुरमा छाडा चौपाया व्यवस्थापनको काम अगाडि बढदै

काठमाडौँ । छाडा चौपाया व्यवस्थापनका लागि कृष्णपुर नगरपालिकाले काम अगाडि बढाएको छ । नगरपालिकाको प्रत्येक वडामा गौशाला निर्माण गरी छाडा चौपाया व्यवस्थापनको काम अगाडि बढाएको हो ।

“लामो समयदेखि समस्याका रुपमा रहेको छाडा चौपाया व्यवस्थापन गर्दैछौंँ”, नगरप्रमुख हेमराज ओझाले भने, “तिहारको लक्ष्मीपूजाको दिनसम्म अस्थायी रुपमै भए पनि छाडा चौपाया गौशालामा जम्मा गरी पूजा गर्ने गरी काम अगाडि बढाएका छौँं ।”

छाडा चौपाया र घरमै पालिएका गाईलाई फरक फरक रङगको ‘ट्यागिङ’को कार्य भइरहेको उनले बताए । उनका अनुसार वडा नं ४ बाट ट्यागिङको सुुरु गरी नौ वटै वडामा गरिने छ । “ट्यागिङले घरमै पालिएका गाई र बाह्य क्षेत्रमा छाडिएका गाईको पहिचान गर्न सहज हुन्छ”, उनले भने, “गाईगोरु छाडा रुपमा छाडने व्यक्तिको पहिचान हुन्छ, छाडा रुपमा गाईगोरु छाडनेको पहिचान गरी नगरपालिकाको प्रचलित कानुन अनुसार कारबाही गर्छ ।”

छाडा चौपाया व्यवस्थापनका लागि नगरपालिकाले घाँस, चारो, पानी र हेरालाको व्यवस्था गर्न योजना बनाएको छ । “छाडा चौपायालाई व्यवस्थापन गरी मल, दूध बिक्री गरी आम्दानी गर्ने र चौपायालाई सहज रुपमा दाना पानी र घाँसको व्यवस्था कसरी गर्ने भन्नेबारे गहन रुपमा छलफल गरी योजना निर्माण गर्नमा लागेका छौँ”, नगरप्रमुख ओझाले भने, “गौशालामा राखिने गाईगोरुको उपचारमा सघाउ पु¥याउन दक्ष पशु प्राविधिकको व्यवस्था गछौँ ।”

हालसम्म वडा नं ४ र ५ मा गौशाला निर्माणको काम सकिएको छ । अन्य वडामा सो सम्बन्धी काम अगाडि बढाइएको छ । नगरपालिकाले चालू आवमा छाडा चौपाया व्यवस्थापनका लागि रु ४० लाख बजेटको व्यवस्था गरेको छ । स्थानीय बासिन्दाका अनुसार छाडिएका चौपाया जङ्गली भइसकेका छन् । मान्छे देख्ने वित्तिकै कान ठाडो पारेर जङ्गलतर्फ भाग्ने गरेका ती गाईगोरु गौशालामा व्यवस्थापन गर्न नगरपालिकालाई चुनौती छ ।

छाडा चौपायाका कारण स्थानीयवासीले निकै हैरानी खेप्दै आएका छन् । खेतबारीमा लगाएको धान, गहुँ, मकै, दलहनजन्य बाली, उखु, केरा र तरकारी बालीमा छाडा चौपायाले निकै नोक्सानी पु¥याउँदै आएको स्थानीय सुरेन्द्र चौधरीले बताए ।

“हुलका हुल छाडा चौपाया खेतबारीमा पसेर निकै नोक्सानी पु¥याउँदै आएका छन्”, उनले भने, “विगतमा छाडा चौपाया व्यवस्थापनको काम अगाडि बढाइएको थियो, त्यो सफल हुनसकेन, दीगो रुपमा छाडा चौपाया व्यवस्थापन गर्न नगरपालिकाले एक वडा एक गौशालाको योजना ल्याएको छ, त्यसमा सहयोग गर्न तत्पर छौंँ ।”

रातिका बेला छाडा चौपाया जङ्गली जनावरझै स्थानीय किसानका खेतबारीमा चर्न पुग्छन् । स्थानीयवासीले खेतबाट धपाएपछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध हुनेगरी बस्ने गरेका छन् । जसबाट सवारी दुर्घटनासँगै ट्राफिकको समस्या बढदो रुपमा रहेको छ । कृष्णपुर नगरपालिका जस्तै छाडा चौपायाको समस्या बेदकोट, भीमदत्त नगरपालिकामा छ ।

दुवै नगरपालिकाले छाडा चौपाया व्यवस्थापनको योजना निर्माणमा जुटेका छन । शुक्लाफाँटा नगरपालिकामा भने व्यवस्थित गौशाला निर्माण गरी चार वर्ष अघिनै छाडा चौपाया व्यवस्थापनको कार्य गरिएको छ ।

जैविक तटबन्ध निर्माण प्राथमिकतामा

कृष्णपुर नगरपालिकाले जैविक तटबन्ध निर्माणको कार्यलाई प्राथमिकतामा राखेको छ । नगरपालिका भएर बग्ने नदीहरुले गर्ने भू–क्षय रोक्न योजना बनाएर जैविक तटबन्ध निर्माण अगाडि बढाइएको छ । थोरै लगानीमा निर्माण हुने जैविक तटबन्ध भू–क्षय रोक्न प्रभावकारी देखिएको नगरप्रमुख ओझाले बताए ।

उनका अनुसार नगरपालिका–७ मोहना नदीमा शान्तिपुर र गोदावरी नगरपालिका जोडने झोलुङ्गे पुल जोगाउन जैविक तटबन्ध निर्माण गरिएको छ । यसैगरी, नगरपालिका–८ मज्गाउँ र धनगढी उपमहानगरपालिका १३ जोडने झोलङ्गे पुल जोगाउन र नगरपालिका–१ बण्ड खोलाले भू–क्षय गरिरहेको सत्याल फाँटमा जैविक तटबन्ध निर्माण गरिएको छ ।

तीन वटै क्षेत्रमा एक सयदेखि एक सय ५० मिटरका तटबन्ध निर्माण गरिएका छन । तटबन्ध निर्माणका लागि स्थाानीय बासिन्दाले श्रमदान गरेको नगरप्रमुख ओझाको भनाइ छ । जैविक तटबन्ध बाँसको प्रयोग गरी निर्माण गरिएको छ । “ढुङ्गाको तटबन्ध भन्दा जैविक तटबन्धको लागत निकै कम भएकाले यसको निर्माणमा जोड दिन थालेका छौँ”, उनले भने, “यो तटबन्ध भरपर्दो रहेको छ ।”

तटबन्ध निर्माणसँगै नदीका बगर संरक्षण गर्ने, वृक्षरोपण गर्ने कार्यलाई अगाडि बढाइएको उनले बताए । “तटबन्ध निर्माण गर्न बाँसको निकै अभाव खेप्नुप¥यो” उनले भने, “तटबन्ध निर्माणका लागि बाँसको अभाव नहोस् भनेर हरियाली सामुदायिक वनसँग सम्झौत गरी एक बिघा जग्गामा बाँसका बिरुवा रोपेका छौँ, अन्य सामुदायिक, निजी र कबुलियत वन क्षेत्रसँग सहकार्य गरी बाँस रोप्ने योजना बनाइएको छ ।” नगरपालिकाभित्र रहेका विभिन्न नदीमा बर्सेनि आउने बाढीले भूक्षय गर्दै आएको छ । अस्थायी रुपमा भूक्षयको रोक्न वडा नं १, २, ३, ७ र ८ मा जैविक तटबन्ध निर्माणका कार्य गरिएका छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    लुम्बिनी प्रदेशमा अधिकृत तहका पदपूर्तिका लागि आवेदन खुला
    नेप्से आज घट्यो कि बढ्यो ?
    आईकार भी२३ को पहिलो ग्राहक बनिन् चर्चित मोडेल तथा इन्फ्लुएन्सर इभा गिरी

    लोकप्रिय

    २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष १२ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०८ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०९ गते बुधबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

    ताजा

    लुम्बिनी प्रदेशमा अधिकृत तहका पदपूर्तिका लागि आवेदन खुला

    २०८२ साल पौष १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

    नेप्से आज घट्यो कि बढ्यो ?

    आईकार भी२३ को पहिलो ग्राहक बनिन् चर्चित मोडेल तथा इन्फ्लुएन्सर इभा गिरी

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    हालैका पोस्टहरू

    • लुम्बिनी प्रदेशमा अधिकृत तहका पदपूर्तिका लागि आवेदन खुला
    • २०८२ साल पौष १४ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल
    • नेप्से आज घट्यो कि बढ्यो ?
    • आईकार भी२३ को पहिलो ग्राहक बनिन् चर्चित मोडेल तथा इन्फ्लुएन्सर इभा गिरी
    • सुपर खुदी हाइड्रोपावरको आईपीओ पुस २१ देखि

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.