• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१५ बैशाख २०८३, मङ्गलबार
१५ बैशाख २०८३, मङ्गलबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८३ वैशाख १७ गते बिहीबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १३ घण्टा 

नेप्सेमा २५.८१ अंकको गिरावट
  • १३ घण्टा 

यात्रुका लागि ठूलो झट्का : फेरी बढ्यो सार्वजनिक यातायातको भाडा
  • १४ घण्टा 

सुनचाँदीको मूल्यमा गिरावट, कतिमा हुदैँछ कारोबार ?
  • १८ घण्टा 

एभरेष्ट कलरको आईपीओ आजदेखि खुला
  • २० घण्टा 

आज साँझदेखि तीव्र हावाहुरी र वर्षा : यी जिल्लामा उच्च सतर्कता अपनाउन आग्रह
  • २१ घण्टा 

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
  • २२ घण्टा 

२०८३ वैशाख १६ गते बुधबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • २२ घण्टा 

गर्मी छल्न क्रम्टनले ल्यायो नयाँ एयर कुलर : “गर्मीले होइन,अब क्रोप्टोनले जित्छ” भन्ने नयाँ अफर सार्वजनिक
  • २ दिन 

लोकप्रिय समाचार

  • १. २०८३ वैशाख १४ गते सोमबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • २. नेपालमा वायु प्रदूषणको जोखिम बढ्दो  : ११६ वर्षको विरासत बोकेको ब्ल्याक+डेकरद्वारा घरभित्रको शुद्धताका लागि विशेष पहल

  • ३. २०८३ वैशाख १५ गते मंगलबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ४. २०८३ वैशाख १२ गते शनिबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ५. एभरेष्ट कलरको आईपीओ आजदेखि खुला

  • ६. आज हिमाल–पहाडमा बादल, तराईमा तातो लहरको सम्भावना

  • ७. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • ८. कस्तो छ आजको मौसम पूर्वानुमान ?

  • ९. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • १०. कुनै विवरण लिक नभएको नबिल बैँकको दाबी गलत प्रचार नगर्न आग्रह

कृष्णपुरमा छाडा चौपाया व्यवस्थापनको काम अगाडि बढदै

जानकारी केन्द्र २०७९, आश्विन, ३०

काठमाडौँ । छाडा चौपाया व्यवस्थापनका लागि कृष्णपुर नगरपालिकाले काम अगाडि बढाएको छ । नगरपालिकाको प्रत्येक वडामा गौशाला निर्माण गरी छाडा चौपाया व्यवस्थापनको काम अगाडि बढाएको हो ।

“लामो समयदेखि समस्याका रुपमा रहेको छाडा चौपाया व्यवस्थापन गर्दैछौंँ”, नगरप्रमुख हेमराज ओझाले भने, “तिहारको लक्ष्मीपूजाको दिनसम्म अस्थायी रुपमै भए पनि छाडा चौपाया गौशालामा जम्मा गरी पूजा गर्ने गरी काम अगाडि बढाएका छौँं ।”

छाडा चौपाया र घरमै पालिएका गाईलाई फरक फरक रङगको ‘ट्यागिङ’को कार्य भइरहेको उनले बताए । उनका अनुसार वडा नं ४ बाट ट्यागिङको सुुरु गरी नौ वटै वडामा गरिने छ । “ट्यागिङले घरमै पालिएका गाई र बाह्य क्षेत्रमा छाडिएका गाईको पहिचान गर्न सहज हुन्छ”, उनले भने, “गाईगोरु छाडा रुपमा छाडने व्यक्तिको पहिचान हुन्छ, छाडा रुपमा गाईगोरु छाडनेको पहिचान गरी नगरपालिकाको प्रचलित कानुन अनुसार कारबाही गर्छ ।”

छाडा चौपाया व्यवस्थापनका लागि नगरपालिकाले घाँस, चारो, पानी र हेरालाको व्यवस्था गर्न योजना बनाएको छ । “छाडा चौपायालाई व्यवस्थापन गरी मल, दूध बिक्री गरी आम्दानी गर्ने र चौपायालाई सहज रुपमा दाना पानी र घाँसको व्यवस्था कसरी गर्ने भन्नेबारे गहन रुपमा छलफल गरी योजना निर्माण गर्नमा लागेका छौँ”, नगरप्रमुख ओझाले भने, “गौशालामा राखिने गाईगोरुको उपचारमा सघाउ पु¥याउन दक्ष पशु प्राविधिकको व्यवस्था गछौँ ।”

हालसम्म वडा नं ४ र ५ मा गौशाला निर्माणको काम सकिएको छ । अन्य वडामा सो सम्बन्धी काम अगाडि बढाइएको छ । नगरपालिकाले चालू आवमा छाडा चौपाया व्यवस्थापनका लागि रु ४० लाख बजेटको व्यवस्था गरेको छ । स्थानीय बासिन्दाका अनुसार छाडिएका चौपाया जङ्गली भइसकेका छन् । मान्छे देख्ने वित्तिकै कान ठाडो पारेर जङ्गलतर्फ भाग्ने गरेका ती गाईगोरु गौशालामा व्यवस्थापन गर्न नगरपालिकालाई चुनौती छ ।

छाडा चौपायाका कारण स्थानीयवासीले निकै हैरानी खेप्दै आएका छन् । खेतबारीमा लगाएको धान, गहुँ, मकै, दलहनजन्य बाली, उखु, केरा र तरकारी बालीमा छाडा चौपायाले निकै नोक्सानी पु¥याउँदै आएको स्थानीय सुरेन्द्र चौधरीले बताए ।

“हुलका हुल छाडा चौपाया खेतबारीमा पसेर निकै नोक्सानी पु¥याउँदै आएका छन्”, उनले भने, “विगतमा छाडा चौपाया व्यवस्थापनको काम अगाडि बढाइएको थियो, त्यो सफल हुनसकेन, दीगो रुपमा छाडा चौपाया व्यवस्थापन गर्न नगरपालिकाले एक वडा एक गौशालाको योजना ल्याएको छ, त्यसमा सहयोग गर्न तत्पर छौंँ ।”

रातिका बेला छाडा चौपाया जङ्गली जनावरझै स्थानीय किसानका खेतबारीमा चर्न पुग्छन् । स्थानीयवासीले खेतबाट धपाएपछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध हुनेगरी बस्ने गरेका छन् । जसबाट सवारी दुर्घटनासँगै ट्राफिकको समस्या बढदो रुपमा रहेको छ । कृष्णपुर नगरपालिका जस्तै छाडा चौपायाको समस्या बेदकोट, भीमदत्त नगरपालिकामा छ ।

दुवै नगरपालिकाले छाडा चौपाया व्यवस्थापनको योजना निर्माणमा जुटेका छन । शुक्लाफाँटा नगरपालिकामा भने व्यवस्थित गौशाला निर्माण गरी चार वर्ष अघिनै छाडा चौपाया व्यवस्थापनको कार्य गरिएको छ ।

जैविक तटबन्ध निर्माण प्राथमिकतामा

कृष्णपुर नगरपालिकाले जैविक तटबन्ध निर्माणको कार्यलाई प्राथमिकतामा राखेको छ । नगरपालिका भएर बग्ने नदीहरुले गर्ने भू–क्षय रोक्न योजना बनाएर जैविक तटबन्ध निर्माण अगाडि बढाइएको छ । थोरै लगानीमा निर्माण हुने जैविक तटबन्ध भू–क्षय रोक्न प्रभावकारी देखिएको नगरप्रमुख ओझाले बताए ।

उनका अनुसार नगरपालिका–७ मोहना नदीमा शान्तिपुर र गोदावरी नगरपालिका जोडने झोलुङ्गे पुल जोगाउन जैविक तटबन्ध निर्माण गरिएको छ । यसैगरी, नगरपालिका–८ मज्गाउँ र धनगढी उपमहानगरपालिका १३ जोडने झोलङ्गे पुल जोगाउन र नगरपालिका–१ बण्ड खोलाले भू–क्षय गरिरहेको सत्याल फाँटमा जैविक तटबन्ध निर्माण गरिएको छ ।

तीन वटै क्षेत्रमा एक सयदेखि एक सय ५० मिटरका तटबन्ध निर्माण गरिएका छन । तटबन्ध निर्माणका लागि स्थाानीय बासिन्दाले श्रमदान गरेको नगरप्रमुख ओझाको भनाइ छ । जैविक तटबन्ध बाँसको प्रयोग गरी निर्माण गरिएको छ । “ढुङ्गाको तटबन्ध भन्दा जैविक तटबन्धको लागत निकै कम भएकाले यसको निर्माणमा जोड दिन थालेका छौँ”, उनले भने, “यो तटबन्ध भरपर्दो रहेको छ ।”

तटबन्ध निर्माणसँगै नदीका बगर संरक्षण गर्ने, वृक्षरोपण गर्ने कार्यलाई अगाडि बढाइएको उनले बताए । “तटबन्ध निर्माण गर्न बाँसको निकै अभाव खेप्नुप¥यो” उनले भने, “तटबन्ध निर्माणका लागि बाँसको अभाव नहोस् भनेर हरियाली सामुदायिक वनसँग सम्झौत गरी एक बिघा जग्गामा बाँसका बिरुवा रोपेका छौँ, अन्य सामुदायिक, निजी र कबुलियत वन क्षेत्रसँग सहकार्य गरी बाँस रोप्ने योजना बनाइएको छ ।” नगरपालिकाभित्र रहेका विभिन्न नदीमा बर्सेनि आउने बाढीले भूक्षय गर्दै आएको छ । अस्थायी रुपमा भूक्षयको रोक्न वडा नं १, २, ३, ७ र ८ मा जैविक तटबन्ध निर्माणका कार्य गरिएका छन् ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
नेप्सेमा २५.८१ अंकको गिरावट
यात्रुका लागि ठूलो झट्का : फेरी बढ्यो सार्वजनिक यातायातको भाडा
सुनचाँदीको मूल्यमा गिरावट, कतिमा हुदैँछ कारोबार ?

ताजा

२०८३ वैशाख १७ गते बिहीबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

नेप्सेमा २५.८१ अंकको गिरावट

यात्रुका लागि ठूलो झट्का : फेरी बढ्यो सार्वजनिक यातायातको भाडा

सुनचाँदीको मूल्यमा गिरावट, कतिमा हुदैँछ कारोबार ?

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.