• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
११ असार २०८३, बिहीबार
११ असार २०८३, बिहीबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

ट्राफिक नियम तोड्नेलाई अब महँगो पर्ने, जरिवाना ५० गुणासम्म बढाउने प्रस्ताव
  • ८ घण्टा 

जी.ओ. अटोमोबाइल्स र जेएसडब्लूएमजी मोटर इन्डियाद्वारा नेपालमा एमजी कम्युट ईभी सार्वजनिक, मूल्य ३४ लाख ९९ हजार रुपैयाँ
  • ८ घण्टा 

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
  • २१ घण्टा 

प्लाटाको निर्णायक गोलमा जर्मनीमाथि इक्वेडरको रोमाञ्चक पुनरागमन जित, अन्तिम ३२ मा प्रवेश
  • २१ घण्टा 

यस्तो छ आजको मौसम पुर्वानुमान
  • २२ घण्टा 

२०८३ असार १२ गते शुक्रबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • २२ घण्टा 

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च शिक्षा क्षेत्र सुदृढ बनाउन रणनीतिक सहकार्य
  • २ दिन 

काठमाडौंको सफलतापछि सीजी मोटर्सको ‘महा मेला एक्सचेन्ज कार्निभल’ पोखरामा सुरु
  • २ दिन 

वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन
  • २ दिन 

लोकप्रिय समाचार

  • १. शाहरूखलाई पछि पार्दै रणवीर सिंहले लिए सबैभन्दा बढी पारिश्रमिक

  • २. तराई क्षेत्रमा तापक्रम निरन्तर बढ्दो, सतर्कता अपनाउन आग्रह

  • ३. २०८३ असार ०७ गते आईतवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ४. एकैदिन ट्राफिक कारबाहीबाट २२ लाख ९६ हजार राजस्व सङ्कलन, २ हजार ६ सय ४१ चालक कारबाहीमा

  • ५. दृष्टिविहीन छात्रावासका लागि कामना सेवा विकास बैंकको सहयोग, कुलर र ब्रेल पेपर प्रदान

  • ६. बैंक तथा वित्तीय संस्थाका लागि नक्सा सेवा अब ‘मेरोकित्ता’ बाट मात्र प्रदान गरिने

  • ७. रोनाल्डो चम्किँदा पोर्चुगलद्धारा उज्वेकिस्तान ५–० ले पराजित

  • ८. २०८३ असार ०६ गते शनिवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ९. फिफा विश्वकपमा भाग लिएको ९२ बर्ष पछि इजिप्टको पहिलो जीत

  • १०. नक्कली गहनाले भाँडियो विवाह, बेहुलीबिनै जन्ती फर्कियो

नागरिकता पीडितका समस्या निर्वाचन घोषणापत्रमा सम्बोधन गर्न माग

जानकारी केन्द्र २०७९, आश्विन, ३०

काठमाडौँ । बाबुआमाको जन्मसिद्ध नागरिकताको प्रमाणपत्र भएर पनि वर्षौंदेखि नागरिकता नपाएका पीडितले यो विषयलाई आगामी निर्वाचनको घोषणापत्रमा समावेश गर्न माग गरेका छन् । महिला, कानून र विकास मञ्चले आज यहाँ आयोजना गरेको ‘आसन्न निर्वाचनका सन्दर्भमा नागरिकताबाट बञ्चित व्यक्तिको सरोकार’ विषयक सञ्चारकर्मीसँगको छलफल कार्यक्रममा नागरिकता पीडितले समस्या समाधान गर्ने सम्बन्धमा राजनीतिक दलको विचार घोषणापत्रमै उल्लेख हुनुपर्नेमा जोड दिएका हुन् । धनुषाको गणेशनाथ नगरपालिका वडा नं ३ भरतपुरका २९ वर्षीय इन्द्रजीत साफी डेरा र होटलमा बास बस्नसमेत नागरिकता चाहिने अवस्थामा नागरिकता पीडितले पाइलापाइलामा समस्या भोग्ने गरेको गुनासो गरे ।

यो समस्याका विषयमा राष्ट्रपति, प्रधानमन्त्री, गृहमन्त्रीलगायतलाई ज्ञापनपत्र दिइए पनि समस्या समाधान नभएकाले राजनीतिक दलले नागरिकता पीडितका समस्या समाधान गर्नेबारेमा ठोस नीति ल्याउन आवश्यक रहेको उनले बताए । नागरिकता पीडितले साफीको नेतृत्वमा सङ्घर्ष समिति गठन गरेर १५ जिल्लाका नागरिकताविहीनलाई सङ्गठित गरेका छन् । उक्त समितिले पनि विभिन्न दबाबमूलक कार्यक्रम आयोजना गर्दै आएको छ ।

उनले भने, “माइतीघरमा धर्नामा बस्दा भारतीय भनेर हाम्रो आत्मसम्मान र स्वाभिमानमा ठेस लगाउने काम भयो, संसद्को दुवै सदनबाट पारित विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्नुभएन, विसं २०७८ जेठमा यही विषय अध्यादेशबाट आउँदा केही छिनमै स्वीकृति दिने राष्ट्रपतिले संसद्बाट दुईपटक पारित भएको विधेयक भने प्रमाणीकरण गरेनन् ।”

खोटाङका २२ वर्षीय प्रतीक सुनारको समस्या पनि उस्तै छ । सुनारका बाबुको वंशजको नागरिकता भए पनि हाल हङ्कङमा रहेकाले सनाखत गर्न आउन नसकेर उनले नागरिकता पाएको छैन । आमा नेपालमै भए पनि सनाखतका लागि जिल्ला प्रशासन कार्यालयले बाबुलाई नै खोजेको छ । बाबुको नागरिकताको प्रमाणपत्रको प्रतिलिपिका आधारमा अरुले सनाखत गरेकाले उनले नागरिकता पाउन सकेनन् ।

झापाका २५ वर्षीय परहत बानुले राम्रो रोजगारी पाउने आशामा एयर होस्टेसको कोर्स पूरा गरे पनि नागरिकताको अभावमा अहिलेसम्म बेरोजगार भौँतारिन बाध्य हुनुपरेको छ । सानी छोरीलाई विद्यलायमा भर्ना गर्न जन्मदर्ता खोजेको र नागरिकता नहुँदा विवाह एवं जन्मदर्ताको प्रमाणपत्र पाउन नसकेकाले समस्या भोग्न बाध्य हुनुपरेको उनले सुनाए।

नागरिकता नपाएर पीडित हुने यी तीन त प्रतिनिधि पात्रमात्र हुन् । जन्मसिद्ध नागरिकता पाएकाका सन्तति पाँच लाख र एकल आमाका सन्तान छ लाख गरी ११ लाख नागरिक अहिले नागरिकताविहीन रहेको मञ्चका कार्यकारी निर्देशकसमेत रहनुभएका अधिवक्ता सविन श्रेष्ठले बताए । यो समस्या समाधानका लागि आगामी निर्वाचनअघि जारी हुने घोषणापत्रका माध्यमबाट सम्बोधन गर्न आग्रह गरिएको पनि उनले सुनाए ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
ट्राफिक नियम तोड्नेलाई अब महँगो पर्ने, जरिवाना ५० गुणासम्म बढाउने प्रस्ताव
जी.ओ. अटोमोबाइल्स र जेएसडब्लूएमजी मोटर इन्डियाद्वारा नेपालमा एमजी कम्युट ईभी सार्वजनिक, मूल्य ३४ लाख ९९ हजार रुपैयाँ
आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

ताजा

ट्राफिक नियम तोड्नेलाई अब महँगो पर्ने, जरिवाना ५० गुणासम्म बढाउने प्रस्ताव

जी.ओ. अटोमोबाइल्स र जेएसडब्लूएमजी मोटर इन्डियाद्वारा नेपालमा एमजी कम्युट ईभी सार्वजनिक, मूल्य ३४ लाख ९९ हजार रुपैयाँ

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

प्लाटाको निर्णायक गोलमा जर्मनीमाथि इक्वेडरको रोमाञ्चक पुनरागमन जित, अन्तिम ३२ मा प्रवेश

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.