थुम्पाखरमा व्यावसायिक कालिजपालन
काठमाडौँ । जङ्गलीमा पाइने कालिजको चोरी सिकारी रोक्न घरेलु कालिजपालन सुरु गरिएको छ । पछिल्लो समय आकर्षणमा रहेको जङ्गली कालिजको चोरीशिकारी हुन थालेपछि घरमै व्यावसायिकरुपमा पालन सुरु गरिएको हो ।
विशेष गरी पहाडी भेगभन्दा माथिल्लो स्थानमा पाइने जङ्गली कुखुरा ९कालिज०को मासुको माग स्थानीयस्तरमा बढेको छ । लेक तथा पहाडी जङ्गलीमा पाइने जडीबुटी खाएर हुर्कने कालिजको चोरी सिकारी हुँदा लोप हुने अवस्थामा पुगेपछि स्थानीय युवाले घरमै कालिजको व्यावसायिक पालन गरेका हुन् । गाउँमै रोजगारीको वातावरण सिर्जना पनि हुने र युवालाई विदेश पलायन रोक्ने उद्देश्यले कालिजपालन सुरु गरिएको हो । स्थानीय युवा मिलेर सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–६ थुम्पाखरमा कालिज व्यवसाय थालनी गरिएको रामचन्द्र कार्कीले जानकारी दिए । उनले भने ,“जङ्गलीमा पाइने कालिजलाई लुकीछिपी चोरी सिकारी हुन्छ, यसको रोकथाम हुनुपर्छ भन्ने हामीले ठानेका छौँ । ” उनले जङ्गली कालिजकै स्वाद दिलाउने हेतुले घरमै कालिजपालन सुरु गरिएको बताए । गाउँकै अन्नलाई दानाको रुपमा प्रयोग गरेकाले जङ्गलीमा पाइने कालिजको जस्तै स्वाद पाइने उनको दाबी छ ।
यो व्यवसाय गाउँमै रहेका सात कार्की परिवारका युवा मिलेर गरेका हुन् । उनीहरुले व्यवसायलाई भगवती वाइल्ड एण्ड क्याटल प्रोडक्ट प्रालि नामकरण गरेका छन् । साँगाबाट रिङनेट जातको कालिजको ५३ चल्ला ल्याएर सुरु गरिएको हो । कालिज अहिले मासुका लागि योग्य भइसकेको जनाइएको छ । जङ्गलीमा देखेको कालिज काभ्रेको साँगा र पोखरामा रहेको साथीहरुको फार्ममा पालेको देखेपछि हाइड्रोपावर व्यवसायी रामचन्द्रको मनमा पनि आफ्नो गाउँमा कालिज पालन व्यवसाय गर्ने सोच पलाएपछि आफ्ना दाजुभाइको सल्लाहअनुसार व्यवसाय सुरु भएको हो ।
उहाँका अर्का साझेदार यज्ञराज कार्कीका अनुसार मासुका लागि कालिज मात्र नभएर अण्डा र चल्लासमेत उत्पादन गर्ने लक्ष्यका साथ व्यवसायमा सुरु गरिएको हो । “हामी मासुका लागि कालिजसहित चल्ला र अण्डा उत्पादनलाई पनि जोड दिन्छौँ”, उनले भने, “हामी मात्रै नभएर सिङ्गो गाउँ र आसपासलाई कालिजको हब बनाउने हाम्रो लक्ष्य हो ।”
राजधानीका विभिन्न रेष्टुराँमा मात्र नभई जिल्लाकै सुकुटेलगायतका पर्यटकीय क्षेत्रका होटलले कालिज उपलब्ध गराउन आग्रह गरेको अर्का सञ्चालक मधुराम कार्की बताउछन् । राम्रो उत्पादन नै सुरु नभई पर्याप्त माग आउन थालेको उनले बताए । उनीहरु कालिज हेर्न आउने आन्तरिक पर्यटकलाई होमस्टेको व्यवस्था गरी घरमै कालिजको मासु खाने प्रबन्ध मिलाउने तयारीमा समेत लागेका छन् ।
कालिज पालन सुरु गरेसँगै उनीहरुले केही समस्या पनि झेलिरहेका छन् । कालिजको उपचार गर्ने छुट्टै विशेषज्ञ नहुँदा कुखुरालाई गर्ने उपचार गराउनुपरेको रामचन्द्रले गुनासो गरे । अन्य मुलुकमा कालिजको उपचार गर्ने छुट्टै विशेषज्ञ भए पनि नेपालमा अझै यसको व्यवस्था हुन नसकेको उनको गुनासो थियो । कालिजको बिमा गर्ने व्यवस्था नहुँदा जोखिमसमेत आफैँले व्यहोर्नुपर्ने अवस्था रहेको यज्ञले बताए ।
“कालिजको बिमा गर्ने कुरा गर्दा ब्रोइलर कुखुराको मूल्यमा गर्नुपर्ने रहेछ”, उनले भने “त्यो मूल्यमा बिमा गर्दा त कालिजको मूल्यको पाँच प्रतिशत पनि जोखिम बहन हुँदैन ।” उपचार सेवा र बिमाको व्यवस्था गर्न उनीहरुले सरकारसँग माग गरेका छन् ।
सम्बन्धित समाचार
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
कोका–कोलाको ‘भरौँ खुसी’ अभियान, हवाई र बस टिकट जित्ने मौका
वीरगंजमा नयाँ शोरूम संचालनमा ल्याउँदै कजारिया रमेश टायल्सको बजार विस्तार
नबिल बैंकको नबिल भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ
इन्साइट टेक्नोलोजीलाई एएसओसिआईओ डिजिटल एआई अवार्ड २०२६ मा “एआई इन साइबरसिक्युरिटी” अवार्डद्वारा सम्मानित
